२९ जेठ, हुम्ला । हुम्लाकोे मध्यभेगमा पर्ने सर्केगाड गाउँपालिका–७ रोडीकोटका ३२ वर्षे धनकौरा शाहीको हेलिकोप्टरबाट उद्धार गरिएको छ । तीन दिनदेखि उच्च रक्तश्रावबाट थलिएकी उनको स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि आज विहान नेपाली सेनाको हेलिकोप्टरमार्फत सुर्खेत पठाइएको हो । गर्भवती शाहीको शरीरबाट अत्यधिक रक्तस्रावका कारण अवस्था गम्भीर भएपछि सर्केगार्ड गाउँपालिका, स्वास्थ्य
२९ जेठ, एजेन्सी । साउदी अरबले एक सुरक्षा अधिकारीको हत्या गरेको र ‘आतङ्कवादी समूह’ खडा गरेको अभियोगमा आइतबार तीन आफ्ना नागरिकलाई मृत्युदण्ड दिएको छ । एएफपीका अनुसार यस वर्षको सुरुदेखि अहिलेसम्म साउदी अधिकारीहरूले ५२ जनालाई मृत्युदण्ड दिइसकेका छन्, जसमा २० जना आतङ्कवादसँग सम्बन्धित अपराधमा संलग्न छन् । साउदी अरबको गृह मन्त्रालयले
२९ जेठ, काठमाडाैँ । अर्थमन्त्री डा प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र चलायमान बनाउने ढङ्गले वजेट निर्माण भएको बताएका छन् । नेपाली काँग्रेस काठमाडौँ क्षेत्र नं ५ ले आज विहान यहाँ आयोजना गरेको क्षेत्रीय सम्मेलनमा उहाँले देश र जनतालाई केन्द्रविन्दूमा राखेर अर्थतन्त्रलाई चलायमान बनाउने ढङ्गले बजेट निर्माण भएको दाबी गरेका छन् ।
२९ जेठ, दार्चुला । दार्चुलाको व्यास गाउँपालिका–१, छाङरुमा चुच्चे नक्सा अङ्कित राष्ट्रिय स्तम्भमा नेपाली झन्डा फहराइएको छ। शनिबार व्यास गाउँपालिकाले १५ फिट अग्लो राष्ट्रिय स्तम्भमा नेपाली झन्डा राखेको हो। “व्यास गाउँपालिकाले २०७९ असोजमा करिब १५ लाख रुपियाँ बढीको लगानीमा छाङरुमा चुच्चे नक्सा अङ्कित राष्ट्रिय स्तम्भ बनाएको थियो। यसअघि राखिएको झन्डा च्यातिएकाले
२९ जेठ, चितवन । लम्पीस्किन’ रोग प्रभावित क्षेत्रका पाँच हजार गाईभैँसीलाई लम्पीस्किनविरुद्धको औषधि दिइएको छ । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भरतपुरका पशु विकास अधिकृत डा रामचन्द्र अधिकारीका अनुसार रोग न्यूनीकरणका लागि मल्हम, स्प्रे, ज्वरो नियन्त्रणका लागि औषधि, पोटास, फिनेल, भिरकोनजस्ता औषधि वितरण गरिएको हो । कार्यालयले जिल्लाका प्रभावित
२९ जेठ, एजेन्सी । श्रीलङ्कामा डेङ्गुका बिरामीमध्ये करिब २५ प्रतिशत व्यक्ति विद्यालय जाने बालबालिका रहेको यहाँको स्वास्थ्य क्षेत्रमा काम गर्ने अधिकारीले आइतबार बताएका छन् । राष्ट्रिय डेङ्गु नियन्त्रण एकाइका निर्देशक नलिन अरियारत्नेका अनुसार श्रीलङ्कामा यस वर्ष अहिलेसम्म ४२ हजारभन्दा बढी डेङ्गुका बिरामी भेटिएका छन् । श्रीलङ्काका विद्यालयहरू नयाँ शैक्षिक सत्रका लागि
२९ जेठ, एजेन्सी । पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा भारी वर्षापछि आएको हावाहुरीका कारण आठ बालबालिकासहित कम्तीमा २७ जनाको मृत्यु भएको अधिकारीहरूले आइतबार बताएका छन् । खैबर पख्तुनख्वा प्रान्तका चार जिल्लामा शनिबार राति आएको आँधीका कारण दुईदेखि ११ वर्ष उमेर समूहका पाँच जना दाजुभाइको मृत्यु भएको छ । प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता
२९ जेठ, एजेन्सी । सुडानको राजधानी खार्तुममा २४ घण्टे युद्धविरामको अन्त्यपछि आइतबार देखि गोलाबारी र गोली हानाहान पुनः सुरु भएको प्रत्यक्षदर्शीहरुले बताएका छन् । गत अप्रिलको मध्यदेखि उत्तरपूर्वी अफ्रिकी देशमा सेना प्रमुख अब्देल फत्ताह अल बुरहान र अर्धसैनिक सपोर्ट फोर्सेज (आरएसएफ) को नेतृत्व सम्हालिरहेका उहाँका पूर्व सहयोगी मोहमद हमदान डग्लोको समूहबीच
२९ जेठ, म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिकालाई बालमैत्री पालिका बनाउने प्रतिबद्धता पत्र जारी गरिएको छ । बालमैत्री शासकीय व्यवस्थाको अवलम्बन गर्नका लागि गर्भावस्थादेखि १८ वर्ष उमेर नपुगेका बालबालिकाको बाल संरक्षण, बाल विकास, बाल बचाउ, बाल सहभागितासम्बन्धी ५१ सूचकलाई पूरा गर्न आवश्यक तयारी सुरु गरिएको हो । सामाजिक विकास कार्यालयको आयोजना, गाउँपालिकाको
२९ जेठ, महोत्तरी । जलेश्वर नगरपालिकाले नगर क्षेत्रभित्रका पानीका स्रोत कम भएपछि ट्याङ्करबाट पानी वितरण गर्न थालेको छ । पछिल्लो समय यहाँका धारा, चापाकल र अन्य पानीका स्रोतबाट पानी आउन छाडेको छ । जलेश्वर नगरपालिकाका प्रमुख सुरेश साह सोनारले नगरको विभिन्न वडामा ट्याङ्करबाट पानी वितरण भइरहेको जानकारी दिए । १२