Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१३ माघ २०८२, मंगलवार
१३ माघ २०८२, मंगलवार

कालापानी क्षेत्रमा फहराइयो नेपालको राष्ट्रिय झण्डा


२९ जेठ, दार्चुला । दार्चुलाको व्यास गाउँपालिका–१, छाङरुमा चुच्चे नक्सा अङ्कित राष्ट्रिय स्तम्भमा नेपाली झन्डा फहराइएको छ। शनिबार व्यास गाउँपालिकाले १५ फिट अग्लो राष्ट्रिय स्तम्भमा नेपाली झन्डा राखेको हो।

“व्यास गाउँपालिकाले २०७९ असोजमा करिब १५ लाख रुपियाँ बढीको लगानीमा छाङरुमा चुच्चे नक्सा अङ्कित राष्ट्रिय स्तम्भ बनाएको थियो। यसअघि राखिएको झन्डा च्यातिएकाले नयाँ झन्डा राखेका छौँ,” व्यास गाउँपालिकाका अध्यक्ष धामीले भने, “त्यसमा यसअघि नै चुच्चे नक्सा राखिएको छ।”

छाङरु र टिङ्करमा राज्यको बलियो उपस्थिति देखाउनुका साथै देश विदेशमा नेपाल चिनाउन स्तम्भ बनाइएको अध्यक्ष धामीले बताए। भारतद्वारा अतिक्रमित नेपाली भूमि कालापानीमुनिका बस्ती छाङरु र टिङ्कर पुग्न नेपाली भूमिमा बाटो नहुँदा भारतको बाटो प्रयोग गर्नु पर्ने त्यहाँका स्थानीयको बाध्यता छ।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा भारतले अतिक्रमण गरेको नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा जारी गरिएको थियो। कालापानी क्षेत्र समेटेर नक्सा जारी भए पनि त्यो क्षेत्र अझै नेपालले पाएको छैन।


प्रकाशित मिति: २९ जेष्ठ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?