Trending
>>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा >>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

कालापानी क्षेत्रमा फहराइयो नेपालको राष्ट्रिय झण्डा


२९ जेठ, दार्चुला । दार्चुलाको व्यास गाउँपालिका–१, छाङरुमा चुच्चे नक्सा अङ्कित राष्ट्रिय स्तम्भमा नेपाली झन्डा फहराइएको छ। शनिबार व्यास गाउँपालिकाले १५ फिट अग्लो राष्ट्रिय स्तम्भमा नेपाली झन्डा राखेको हो।

“व्यास गाउँपालिकाले २०७९ असोजमा करिब १५ लाख रुपियाँ बढीको लगानीमा छाङरुमा चुच्चे नक्सा अङ्कित राष्ट्रिय स्तम्भ बनाएको थियो। यसअघि राखिएको झन्डा च्यातिएकाले नयाँ झन्डा राखेका छौँ,” व्यास गाउँपालिकाका अध्यक्ष धामीले भने, “त्यसमा यसअघि नै चुच्चे नक्सा राखिएको छ।”

छाङरु र टिङ्करमा राज्यको बलियो उपस्थिति देखाउनुका साथै देश विदेशमा नेपाल चिनाउन स्तम्भ बनाइएको अध्यक्ष धामीले बताए। भारतद्वारा अतिक्रमित नेपाली भूमि कालापानीमुनिका बस्ती छाङरु र टिङ्कर पुग्न नेपाली भूमिमा बाटो नहुँदा भारतको बाटो प्रयोग गर्नु पर्ने त्यहाँका स्थानीयको बाध्यता छ।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा भारतले अतिक्रमण गरेको नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा जारी गरिएको थियो। कालापानी क्षेत्र समेटेर नक्सा जारी भए पनि त्यो क्षेत्र अझै नेपालले पाएको छैन।


प्रकाशित मिति: २९ जेष्ठ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?