Trending
>>   मधेसवादी नेता काठमाडौंमा प्रधानमन्त्रीको पूजा गर्छन्, मधेस पुगेर विरोध : अनिल झा >>   स्वास्थ्य सेवाका कर्मचारीहरुलाई पनि निजामति सेवा विधेयकमा समेट्नुपर्छः सांसद भट्टराई >>   संघीयता कार्यान्वयनमा संघीय निजामती सेवा विधेयक महत्वपूर्ण दस्तावेजः मन्त्री न्यौपाने >>   नेपालको जैविक विविधता संकटमा छः राष्ट्रपति >>   चाँदी आयातमा डलर सटहीको सीमा बढ्यो, अब प्रतिपटक पाँच लाख डलर साट्न पाइने >>   कैलालीमा खुटिया खोलामा डुबेर बालकको मृत्यु >>   तरुण दलले सार्वजनिक गर्‍यो पाँचौ महाधिवेशनको कार्यतालिका >>   बूढानीलकण्ठमा मोटरसाइकल र स्कुटर ठोक्किँदा दुईको मृत्यु, तीन घाइते >>   आइटी दैनिक जनजीवनका लागि अपरिहार्यः प्रधानमन्त्री ओली >>   आज मिति २०८२ साल भदौ ०२ गते सोमबार,हेर्नूहोस् आजको राशिफल
Logo
१ भाद्र २०८२, सोमबार
१ भाद्र २०८२, सोमबार

श्रीलङ्कामा डेङ्गुका बिरामीमध्ये एक चौथाइ विद्यालय जाने बालबालिका


२९ जेठ, एजेन्सी । श्रीलङ्कामा डेङ्गुका बिरामीमध्ये करिब २५ प्रतिशत व्यक्ति विद्यालय जाने बालबालिका रहेको यहाँको स्वास्थ्य क्षेत्रमा काम गर्ने अधिकारीले आइतबार बताएका छन् ।

राष्ट्रिय डेङ्गु नियन्त्रण एकाइका निर्देशक नलिन अरियारत्नेका अनुसार श्रीलङ्कामा यस वर्ष अहिलेसम्म ४२ हजारभन्दा बढी डेङ्गुका बिरामी भेटिएका छन् ।

श्रीलङ्काका विद्यालयहरू नयाँ शैक्षिक सत्रका लागि खुल्नुभन्दा एक दिनअघि पत्रकारहरूलाई सम्बोधन गर्दै उनले विद्यालय तहमा डेङ्गुको फैलावटलाई कम गर्नुपर्नेमा जोड दिए ।

श्रीलङ्काको सबैभन्दा बढी जनसङ्ख्या भएको पश्चिमी प्रान्तमा करिब ५० प्रतिशत डेङ्गुका बिरामी फेला परेको र सन् २०२३ मा डेङ्गुुको प्रकोप फैलिने चिन्ता महामारी विशेषज्ञहरूले व्यक्त गरेका छन् ।

श्रीलङ्कामा सन् २०२२ मा ७६ हजारभन्दा बढी डेङ्गुका बिरामी फेला परेको सरकारी तथ्याङ्कले देखाएको छ ।


प्रकाशित मिति: २९ जेष्ठ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?