Trending
>>   ‘बंगलादेशको निर्वाचन–सडकको जोस र सत्ताको होस’ >>   एन्ड्रयु विरुद्ध कानुनी घेराबन्दी: राजा बन्ने बाटो बन्द गर्ने तयारी >>   अमेरिकी सर्वोच्च अदालतद्वारा ट्रम्प प्रशासनका ट्यारिफहरू गैरकानूनी ठहर >>   आगलागीको त्रास: दुई दिनमै देशभर १२ विपद्, एकको मृत्यु >>   सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशमा निर्वाचन मतपत्र ढुवानीको काम सम्पन्न >>   कामनपा वडा-१९, यटखा बहालमा फायर हाइड्रेन्ट पोइन्ट पाइपलाइनको उद्घाटन (तस्बिरसहित) >>   धरहराको सञ्चालन तथा व्यवस्थापन काठमाडौं महानगरपालिकाले गर्ने >>   वागमती प्रादेशिक ललितकला प्रदर्शनी शुरु (तस्बिरसहित) >>   बैंक खाता खोल्ने काममा ढिलाई नगर्न उम्मेदवारहरुलाई निर्वाचन आयोगको ताकेता >>   ‘संविधान कार्यान्वयन नगर्ने राजनीतिक दलहरूले चुनावी घोषणापत्र कसरी कार्यान्वयन गर्छन् ?’
Logo
९ फाल्गुन २०८२, शनिबार
९ फाल्गुन २०८२, शनिबार

समाचार


दुई हजार पशुलाई ‘लम्पी स्किन’विरुद्ध खोप दिइयो

११ असार, स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिकाले दुई हजार पशुलाई लम्पी स्किनविरुद्ध खोप लगाइदिएको छ । नगरभित्रका विभिन्न वडामा लम्पी स्किनबाट सङ्क्रमित पशुको सङ्ख्या बढ्दै गएपछि नगरपालिकाले खोप खरिद गरी निःशुल्क लगाइदिएको हो । पशुमा सङ्क्रमण बढ्दै गएपछि रोकथाम तथा नियन्त्रण गर्न पालिका आँफैले खोप खरिद गरेर सम्भावित जोखिमका क्षेत्रमा

उपचारका लागि लैजाँदै गर्दा वडाध्यक्षको मृत्यु

११ असार, दार्चुला । दार्चुलाको दुहु गाउँपालिका–५ का वडाध्यक्ष मनोरथ भट्टको निधन भएको छ । उपचारका लागि कैलालीको धनगढी लैजाँदै गर्दा उहाँको बाटोमै निधन भएको हो । आइतबार स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि ४८ वर्षीय भट्टलाई जिल्ला अस्पताल भर्ना गरिएको थियो । जिल्ला अस्पतालमा सम्भव नभएपछि उनलाई आज थप उपचारका लागि

होन्डुरसमा लागूऔषधसम्बन्धी गोली काण्डमा ११ जनाको मृत्यु, कर्फ्यु जारी

११ असार, एजेन्सी । लागूऔषध तस्करहरूले बिलियर्ड हलमा ११ जनाको गोली हानी हत्या गरेपछि राष्ट्रपति सिओमारा क्यास्ट्रोले होन्डुरसको एक क्षेत्रमा आइतबार कर्फ्युको घोषणा गरेका छन् । गरिबी, सामूहिक हिंसा र लागूपदार्थको ओसारपसारबाट ग्रस्त यस देशको दोस्रो ठूलो शहर सान पेड्रो सुला नजिकैको शहर चोलोमामा सामूहिक गोलीकाण्ड भएको थियो । राष्ट्रिय

लागुऔषध दुरुपयोगको असरसँग जुध्न गृहमन्त्रीको आह्वान

११ असार, काठमाडाैँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले लागुऔषध दुरुपयोगबाट पर्ने बहुआयामिक असरसँग जुध्नका लागि सबै एकजुट हुनुपर्ने बताएका छन् । लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस २०२३ का अवसरमा गृह मन्त्रालयद्वारा आज यहाँ आयोजित कार्यक्रममा स्वस्थ, सभ्य र समुन्नत समाज निर्माणमा लागुऔषधको दुरुपयोगमा सचेत रहनुपर्नेमा जोड

उकालो लाग्दै अण्डाको मूल्य

११ असार, काठमाडाैँ । किसानले अण्डाको मूल्य पाउन थालेका छन् । कोभिडपछि खस्किएको बजार क्रमशः उकालो लाग्न थालेको छ । लागत मूल्यभन्दा निकै कममा बिक्री भइरहेको अण्डाको मूल्य बढ्न थालेको हो । बजारमा माग बढ्दै गएपछि अहिले चितवनलाई आधार मानेर बजार मूल्य ठूलो अण्डा ३० गोटा (एक क्रेट) को रु चार

अफगानिस्तानमा २१ जना अपराधी पक्राउ 

११ असार, एजेन्सी । अफगानिस्तानको प्रहरीले शनिबार अफगानिस्तानका ३४ प्रान्तमध्ये छ वटा प्रान्तबाट आपराधिक गतिविधिमा संलग्न भएको आरोपमा २१ जनालाई पक्राउ गरेको छ । आन्तरिक मामिला मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै पक्राउ परेका हत्या, डकैती, किर्ते, चोरी, लागुऔषध ओसारपसार र देशमा शान्ति सुरक्षा खलबल पार्नेजस्ता गैरकानुनी गतिविधिमा संलग्न रहेको जनाएको छ

वाग्नरको विद्रोह रोक्ने घोषणा, आइतबार नै शिविरमा फर्किए

११ असार, एजेन्सी । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना नेतालाई राजद्रोहको आरोपबाट बच्न र बेलारूसमा निर्वासन स्वीकार्न सहमत भएपछि वाग्नर भनिने रूसी भाडाका सैनिकहरू आइतबार शिविरमा फर्केका छन् । यो सम्झौताले येभगेनी प्रिगोजिनको निजी सेनाले मस्कोमा आक्रमण गर्न सक्ने तत्कालको खतराको अन्त्य गरेको छ, तर विश्लेषकहरूले वाग्नरको विद्रोहले पुटिनको शासनलाई सोचेभन्दा

आधा दर्जन इन्टरनेट सेवा प्रदायक कम्पनीलाई कारबाही

११ असार, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले आधा दर्जन इन्टरनेट तथा केबल सेवा प्रदायक कम्पनीलाई कारबाही गरेको छ । पटक पटक तार व्यवस्थापनका लागि समय दिँदा पनि बेवास्ता गरेपछि महानगरपालिकाले छ इन्टरनेट तथा केबल सेवा प्रदायक कम्पनीलाई कारबाही गरेको हो । महानगरपालिकाले तार व्यवस्थापनका लागि काम गरिरहेको र आ–आफ्नो तार व्यवस्थापनका

गायक प्रकाश सपुतमाथि स्टेजमै बोतल प्रहार

११ असार, काठमाडाैँ । गायक प्रकाश सपुतमाथि बोतल प्रहार भएको छ । रोमानियामा सांगितिक प्रस्तुति दिइरहेको बेला स्टेजमै उनीमाथि बोतल प्रहार भएको हो । कार्यक्रममा उपस्थित एक दर्शकले बोतल प्रहार गरेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । देश तथा विदेशमा रहेका कलाकारहरूले उक्त व्यवहारको भर्त्सना गरेका छन् ।

रूस सङ्कटले पुटिनको अधिकारमा प्रश्न उठेको ब्लिन्केनको भनाइ

११ असार, एजेन्सी । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले क्रेमलिनविरुद्ध रूसी लडाकु समूहले गरेको विद्रोहले राष्ट्रपति भ्लादिमिर पुटिनको अधिकारमा ‘वास्तविक दरार’ देखिएको बताएका छन् । निजी वाग्नर समूह र यसका विद्रोही नेता येवगेनी प्रिगोजिनले सप्ताहन्तमा गरेको विद्रोहले ’पुटिनको अधिकारलाई प्रत्यक्ष चुनौती दिएको छ,’ ब्लिन्केनले सीबीएस न्यूजको ‘फेस द नेसन’ कार्यक्रमका लागि

सम्वन्धित समाचारहरु