Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
४ कार्तिक २०८३, मंगलवार
४ कार्तिक २०८३, मंगलवार

अफगानिस्तानमा २१ जना अपराधी पक्राउ 


११ असार, एजेन्सी । अफगानिस्तानको प्रहरीले शनिबार अफगानिस्तानका ३४ प्रान्तमध्ये छ वटा प्रान्तबाट आपराधिक गतिविधिमा संलग्न भएको आरोपमा २१ जनालाई पक्राउ गरेको छ ।

आन्तरिक मामिला मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै पक्राउ परेका हत्या, डकैती, किर्ते, चोरी, लागुऔषध ओसारपसार र देशमा शान्ति सुरक्षा खलबल पार्नेजस्ता गैरकानुनी गतिविधिमा संलग्न रहेको जनाएको छ ।

यस्तै कारबाहीमा प्रहरीले गत हप्ता कुन्दुज, बल्ख, तखार, हेरात, समङ्गन, काबुल र कान्दाहार प्रान्तमा ८० जना अपराधीलाई पक्राउ गरेको थियो ।

अफगानिस्तानको सरकारले देशमा शान्ति र सुव्यवस्था सुनिश्चित गर्नका लागि आपराधिक तत्वमाथि कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।


प्रकाशित मिति: ११ असार २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?