Trending
>>   नेपाली तयारी पोशाकलाई विश्व बजारमा पुर्‍याउन ‘ऊलमार्क’ सँग सहकार्य, उच्च मूल्यका उत्पादनमा जोड >>   मध्यपूर्वको तनावले पर्यटकीय सिजनमै छैनन् पोखरामा पर्यटक >>   १ अर्ब ३४ करोड लागतमा बाह्रबिसे–कोदारी सडक स्तरोन्नति शुरु, तीन वर्षभित्र सक्ने तयारी >>   चैती छठ अन्तर्गत आज अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरिँदै >>   कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै त्रि–चन्द्रका विद्यार्थी आन्दोलित >>   रवि लामिछानेको अभियोगपत्र संशोधनसम्बन्धी मुद्दा ‘हेर्दाहेर्दै’ मा मंगलबारका लागि सारियो >>   विश्वविद्यालयमा तालाबन्दी अन्त्य र ‘सेन्ट्रल स्कलरसिप पोर्टल’ नेविसंघको नयाँ एजेण्डा >>   नेपाली चलचित्र पहाडको ‘मोहनी लगाउने’ सार्वजनिक >>   रवि लामिछाने विरुद्ध मुद्दा फिर्ता गर्ने निर्णयसम्बन्धी रिटमाथि आज सर्वोच्च अदालतमा बहस हुँदै >>   पुरानै राजनीतिक संस्कार बोकेर हिँड्यौँ भने जनताले पाँच वर्ष भन्दा टिक्न दिँदैनन्ः सांसद पोखरेल
Logo
१० चैत्र २०८२, मंगलवार
१० चैत्र २०८२, मंगलवार

होन्डुरसमा लागूऔषधसम्बन्धी गोली काण्डमा ११ जनाको मृत्यु, कर्फ्यु जारी


११ असार, एजेन्सी । लागूऔषध तस्करहरूले बिलियर्ड हलमा ११ जनाको गोली हानी हत्या गरेपछि राष्ट्रपति सिओमारा क्यास्ट्रोले होन्डुरसको एक क्षेत्रमा आइतबार कर्फ्युको घोषणा गरेका छन् ।

गरिबी, सामूहिक हिंसा र लागूपदार्थको ओसारपसारबाट ग्रस्त यस देशको दोस्रो ठूलो शहर सान पेड्रो सुला नजिकैको शहर चोलोमामा सामूहिक गोलीकाण्ड भएको थियो ।

राष्ट्रिय प्रहरीका प्रवक्ता मिगुएल मार्टिनेजका अनुसार हलमा जन्मदिन मनाइरहेका समय बन्दुकधारीहरु भित्र पसेर गोली चलाएपछि १० जना पुरुष र एक महिला गरी ११ जनाको मृत्यु भएको थियो । प्रत्यक्षदर्शीहरूले पूल हलमा रगताम्य शवहरूको भिडियो अनलाइनमा पोस्ट गरेका देख्न सकिन्छ ।

क्यास्ट्रोले ट्वीटरमा चोलोमा र सान पेड्रो सुलामा आइतबार राति ९ बजेदेखि बिहान ४ बजेसम्म लागू हुने गरी कर्फ्यु आदेश जारी गरिएको बताएका छन् ।

कास्त्रोले सुला भ्याली भनिने समस्याग्रस्त क्षेत्रमा लागूऔषध कारोबारीद्वारा प्रशिक्षित र निर्देशित भाडाका हत्याराहरूले गरेको क्रूर र निर्मम आतङ्कवादी हमलापछि आफूले यस्तो कदम चालेको बताएका छन् ।

राजधानी तेगुसिगाल्पा नजिकैको एक कारागारमा प्रतिद्वन्द्वी समूहबीच भएको भिडन्तमा कम्तीमा ४६ महिलाको मृत्यु भएको एक हप्तापछि उक्त आक्रमण भएको हो ।

अधिकारी र प्रत्यक्षदर्शीका अनुसार ब्यारियो १८ समूहका सदस्यहरू प्रतिद्वन्द्वी मारा साल्भाट्रुचा (एमएस–१३) समूहको इलाकामा पसेर उनीहरूमाथि गोली प्रहार गरी आगजनी गरेपछि हिंसा भड्किएको हो ।


प्रकाशित मिति: ११ असार २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?