Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
४ कार्तिक २०८३, मंगलवार
४ कार्तिक २०८३, मंगलवार

वाग्नरको विद्रोह रोक्ने घोषणा, आइतबार नै शिविरमा फर्किए


११ असार, एजेन्सी । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना नेतालाई राजद्रोहको आरोपबाट बच्न र बेलारूसमा निर्वासन स्वीकार्न सहमत भएपछि वाग्नर भनिने रूसी भाडाका सैनिकहरू आइतबार शिविरमा फर्केका छन् ।

यो सम्झौताले येभगेनी प्रिगोजिनको निजी सेनाले मस्कोमा आक्रमण गर्न सक्ने तत्कालको खतराको अन्त्य गरेको छ, तर विश्लेषकहरूले वाग्नरको विद्रोहले पुटिनको शासनलाई सोचेभन्दा बढी कमजोर रूपमा उजागर गरेको बताएका छन् ।

मस्कोमा आइतबार पनि ‘आतङ्कवाद विरोधी अभियान’ अन्तर्गत लगाइएका सुरक्षा उपायहरू यथावत् छन् र प्रिगोजिन कहाँ रहेका भन्ने स्पष्ट जानकारी छैन ।

उनी अन्तिम पटक शनिबार अबेर राति रोस्तोभ–अन–डनबाट निस्केको एसयूभीमा देखिएका थिए । उक्त स्थानमा उनका लडाकूहरूले कारको झ्यालबाट हात मिलाउन आएका युवा नागरिक दर्शकहरूको एक समूहको जयजयकारसँगै सैन्य मुख्यालय कब्जा गरेका थिए ।

बख्तरबन्द गाडी बोकेका ट्रक र लडाकुहरूसहित युवाहरू उनको कारको पछि लागेका थिए ।

पछिल्लो निर्णयसँगै अहिले प्रिगोजिनका सेनाले रोस्तोभ सैन्य मुख्यालय छोडेका छन् र मस्कोको उत्तरमा भोरोनिश र लिपेत्स्क क्षेत्रका अधिकारीहरूले वाग्नर एकाइहरू पनि पछाडि फर्केको बताएका छन् ।

वाग्नर लडाकुहरू मस्कोबाट ४०० किलोमिटरको दूरीमा आइपुगेको खबरहरू आएका थिए भने प्रिगोजिन आफैले ‘२४ घण्टामा हामी मस्कोको २०० किलोमिटर टाढा पुगेको’ दाबी गरेका थिए ।

युक्रेनमा रूसी कारबाहीलाई लिएर सेनाका उच्च अधिकारीहरूसँग लामो समयदेखि चलेको उनको विवाद शनिबार वाग्नर सेनाले रोस्तोभ सैन्य शिविर कब्जा गरेर राजधानीतर्फ अघि बढेपछि टुङ्गिएको थियो ।

पुटिनले यस कार्यलाई देशद्रोहको संज्ञा दिएका थिए। साथै उनले अपराधीहरूलाई दण्डित गर्ने प्रतिज्ञा गरेका थिए । उनीहरूले रूसलाई गृहयुद्ध निम्त्याउन खोजेकोे आरोप पुटिनले लगाएका थिए ।

तर, सम्झौतापछि पुटिनले वाग्नर समूह र मस्कोको दशकौंको सबैभन्दा गम्भीर सुरक्षा सङ्कटलाई रोक्नको लागि प्रिगोजिनविरुद्ध लगाइएको ‘सशस्त्र विद्रोह’ को आरोप फिर्ता लिने र वाग्नर सेनामाथि मुद्दा नचलाउन सहमत भएका छन् ।

प्रिगोजिनले ‘रूसी रगत बग्न नदिन’ आफ्नो सेना शिविरमा फर्कने आश्चर्यजनक घोषणा गरेको केही घण्टामै क्रेमलिनले पुटिनको पूर्व सहयोगी बेलारुस प्रस्थान गर्ने जनाएको छ ।

रूसले प्रिगोजिनविरुद्ध लगाइएको ‘सशस्त्र विद्रोह’ को आरोप फिर्ता लिने र वाग्नर सेनामाथि मुद्दा नचलाउने बताएको छ ।

विश्लेषकहरूले यो सम्झौताले रूसी राष्ट्रपतिको सत्तामा पकडको कमजोरी उजागर गरेको पनि बताएका छन् ।

बेलारुसका नेता अलेक्जेन्डर लुकासेन्कोले प्रिगोजिनसँग युद्धविरामका लागि वार्ता भएको बताएका छन् । मस्कोले सामान्यतया पुटिनको एक साझेदारको रूपमा हेर्ने लुकासेन्कोलाई प्रिगोजिनसँग युद्धविराम वार्ताका लागि धन्यवाद दिएको छ ।

सम्झौताको बारेमा थोरै मात्र थाहा छ, मिन्स्कले ‘दिनभरि वार्ता जारी रहेकोे’ भनेर मात्र जानकारी गराएको छ । यसबारे बिस्तृतमा केही बताएको छैन ।

प्रिगोजिनलाई बेलारुस जान पाउने ग्यारेन्टी दिइएको छ कि छैन भन्ने प्रश्नमा क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले स्थानीय सञ्चारमाध्यमसँग भने, “यो रुसका राष्ट्रपतिको कुरा हो ।”

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका वरिष्ठ सहयोगी माइकाइलो पोडोल्याकले ट्वीट गर्दै भनेका छन् , “प्रिगोजिनले पुटिन र राज्यलाई अपमानित गरेका छन् र हिंसामा अब एकाधिकार छैन भन्ने देखाएका छन् ।”


प्रकाशित मिति: ११ असार २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?