Trending
>>   नेपाली तयारी पोशाकलाई विश्व बजारमा पुर्‍याउन ‘ऊलमार्क’ सँग सहकार्य, उच्च मूल्यका उत्पादनमा जोड >>   मध्यपूर्वको तनावले पर्यटकीय सिजनमै छैनन् पोखरामा पर्यटक >>   १ अर्ब ३४ करोड लागतमा बाह्रबिसे–कोदारी सडक स्तरोन्नति शुरु, तीन वर्षभित्र सक्ने तयारी >>   चैती छठ अन्तर्गत आज अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरिँदै >>   कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै त्रि–चन्द्रका विद्यार्थी आन्दोलित >>   रवि लामिछानेको अभियोगपत्र संशोधनसम्बन्धी मुद्दा ‘हेर्दाहेर्दै’ मा मंगलबारका लागि सारियो >>   विश्वविद्यालयमा तालाबन्दी अन्त्य र ‘सेन्ट्रल स्कलरसिप पोर्टल’ नेविसंघको नयाँ एजेण्डा >>   नेपाली चलचित्र पहाडको ‘मोहनी लगाउने’ सार्वजनिक >>   रवि लामिछाने विरुद्ध मुद्दा फिर्ता गर्ने निर्णयसम्बन्धी रिटमाथि आज सर्वोच्च अदालतमा बहस हुँदै >>   पुरानै राजनीतिक संस्कार बोकेर हिँड्यौँ भने जनताले पाँच वर्ष भन्दा टिक्न दिँदैनन्ः सांसद पोखरेल
Logo
१० चैत्र २०८२, मंगलवार
१० चैत्र २०८२, मंगलवार

वाग्नरको विद्रोह रोक्ने घोषणा, आइतबार नै शिविरमा फर्किए


११ असार, एजेन्सी । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना नेतालाई राजद्रोहको आरोपबाट बच्न र बेलारूसमा निर्वासन स्वीकार्न सहमत भएपछि वाग्नर भनिने रूसी भाडाका सैनिकहरू आइतबार शिविरमा फर्केका छन् ।

यो सम्झौताले येभगेनी प्रिगोजिनको निजी सेनाले मस्कोमा आक्रमण गर्न सक्ने तत्कालको खतराको अन्त्य गरेको छ, तर विश्लेषकहरूले वाग्नरको विद्रोहले पुटिनको शासनलाई सोचेभन्दा बढी कमजोर रूपमा उजागर गरेको बताएका छन् ।

मस्कोमा आइतबार पनि ‘आतङ्कवाद विरोधी अभियान’ अन्तर्गत लगाइएका सुरक्षा उपायहरू यथावत् छन् र प्रिगोजिन कहाँ रहेका भन्ने स्पष्ट जानकारी छैन ।

उनी अन्तिम पटक शनिबार अबेर राति रोस्तोभ–अन–डनबाट निस्केको एसयूभीमा देखिएका थिए । उक्त स्थानमा उनका लडाकूहरूले कारको झ्यालबाट हात मिलाउन आएका युवा नागरिक दर्शकहरूको एक समूहको जयजयकारसँगै सैन्य मुख्यालय कब्जा गरेका थिए ।

बख्तरबन्द गाडी बोकेका ट्रक र लडाकुहरूसहित युवाहरू उनको कारको पछि लागेका थिए ।

पछिल्लो निर्णयसँगै अहिले प्रिगोजिनका सेनाले रोस्तोभ सैन्य मुख्यालय छोडेका छन् र मस्कोको उत्तरमा भोरोनिश र लिपेत्स्क क्षेत्रका अधिकारीहरूले वाग्नर एकाइहरू पनि पछाडि फर्केको बताएका छन् ।

वाग्नर लडाकुहरू मस्कोबाट ४०० किलोमिटरको दूरीमा आइपुगेको खबरहरू आएका थिए भने प्रिगोजिन आफैले ‘२४ घण्टामा हामी मस्कोको २०० किलोमिटर टाढा पुगेको’ दाबी गरेका थिए ।

युक्रेनमा रूसी कारबाहीलाई लिएर सेनाका उच्च अधिकारीहरूसँग लामो समयदेखि चलेको उनको विवाद शनिबार वाग्नर सेनाले रोस्तोभ सैन्य शिविर कब्जा गरेर राजधानीतर्फ अघि बढेपछि टुङ्गिएको थियो ।

पुटिनले यस कार्यलाई देशद्रोहको संज्ञा दिएका थिए। साथै उनले अपराधीहरूलाई दण्डित गर्ने प्रतिज्ञा गरेका थिए । उनीहरूले रूसलाई गृहयुद्ध निम्त्याउन खोजेकोे आरोप पुटिनले लगाएका थिए ।

तर, सम्झौतापछि पुटिनले वाग्नर समूह र मस्कोको दशकौंको सबैभन्दा गम्भीर सुरक्षा सङ्कटलाई रोक्नको लागि प्रिगोजिनविरुद्ध लगाइएको ‘सशस्त्र विद्रोह’ को आरोप फिर्ता लिने र वाग्नर सेनामाथि मुद्दा नचलाउन सहमत भएका छन् ।

प्रिगोजिनले ‘रूसी रगत बग्न नदिन’ आफ्नो सेना शिविरमा फर्कने आश्चर्यजनक घोषणा गरेको केही घण्टामै क्रेमलिनले पुटिनको पूर्व सहयोगी बेलारुस प्रस्थान गर्ने जनाएको छ ।

रूसले प्रिगोजिनविरुद्ध लगाइएको ‘सशस्त्र विद्रोह’ को आरोप फिर्ता लिने र वाग्नर सेनामाथि मुद्दा नचलाउने बताएको छ ।

विश्लेषकहरूले यो सम्झौताले रूसी राष्ट्रपतिको सत्तामा पकडको कमजोरी उजागर गरेको पनि बताएका छन् ।

बेलारुसका नेता अलेक्जेन्डर लुकासेन्कोले प्रिगोजिनसँग युद्धविरामका लागि वार्ता भएको बताएका छन् । मस्कोले सामान्यतया पुटिनको एक साझेदारको रूपमा हेर्ने लुकासेन्कोलाई प्रिगोजिनसँग युद्धविराम वार्ताका लागि धन्यवाद दिएको छ ।

सम्झौताको बारेमा थोरै मात्र थाहा छ, मिन्स्कले ‘दिनभरि वार्ता जारी रहेकोे’ भनेर मात्र जानकारी गराएको छ । यसबारे बिस्तृतमा केही बताएको छैन ।

प्रिगोजिनलाई बेलारुस जान पाउने ग्यारेन्टी दिइएको छ कि छैन भन्ने प्रश्नमा क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले स्थानीय सञ्चारमाध्यमसँग भने, “यो रुसका राष्ट्रपतिको कुरा हो ।”

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका वरिष्ठ सहयोगी माइकाइलो पोडोल्याकले ट्वीट गर्दै भनेका छन् , “प्रिगोजिनले पुटिन र राज्यलाई अपमानित गरेका छन् र हिंसामा अब एकाधिकार छैन भन्ने देखाएका छन् ।”


प्रकाशित मिति: ११ असार २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?