काठमाडौँ। विश्व बैंकले नेपाललाई १५० मिलियन डलर उपलव्ध गराउने भएको छ । विश्व बैंकको कार्यकारी निर्देशकहरूको बोर्ड बैठकले नेपालका रणनीतिक सडक सञ्जाल बिस्तारका लागि सो वित्तीय सहायता दिने निर्णय गरेको हो । सडक विभागमार्फत परिचालन हुने यो सहायताबाट रणनीतिक सडक बिस्तार गरिनेछ भने पुलहरूको मर्मत सम्भारमा समेत उपयोग गरिनेछ ।
एजेन्सी। शुक्रवार म्यानमारको मण्डले क्षेत्रमा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प र त्यसपछि केही मिनेटमै ६.४ म्याग्निच्युडको परकम्प गएको थियो । जसले धेरै देशहरूमा ठूलो हताहत र क्षति पुर्याएको छ । शनिवारसम्म विपत्तिले म्यानमारमा मात्र १ हजार २ जनाको मृत्यु भएको छ, २ हजार ३७६ जना घाइते भएका छन् । ३० जना
काठमाडौँ। अराजकता र हिंसालाई निरुत्साहित गर्न माग गर्दै नागरिक समाजले धर्ना दिएको छ । आईतवार बिहान काठमाडौंको माईतीघर मण्डलामा नागरिक समाजले लोकतन्त्र, मानव अधिकार र शान्तिका पक्षमा अभिमत प्रकट गर्दै अराजकता र हिंसालाई निरत्साहित गर्न माग गर्दै धर्ना दिएको हो । उनीहरुले गणतन्त्रको जग सबल बनाऔँ, अराजकतालाई नियन्त्रण गर, आर्थिक
काठमाडौँ। नेपाली काँग्रेसले तीनकुनेमा भएको घटनाको सम्पूर्ण जिम्मेवारी पूर्वराजा ज्ञानेन्द्र शाहले लिनुपर्ने निस्कर्ष निकालेको छ । शनिवार पार्टीको पदाधिकारी बैठकको निर्णयका बारेमा जानकारी दिँदै प्रवक्ता डा. प्रकाशशरण महतले उक्त घटना पूर्वराजाकै निर्देशनमा भएकाले घटनाको जिम्मेवारी पनि उनले नै लिनुपर्ने निस्कर्ष निकालेको बताएका छन् । उनले पूर्वराजाको आयोजनामा समिति गठन गरेर
काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पक्राउ गरेर देखाउन सरकारलाई चुनौती दिएका छन् । शनिवार पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा पत्रकारहरुले सोधेको जिज्ञासामा उनले पूर्वराजा शाहलाई पक्राउ गरेर देखाउन चुनौति दिएका हुन । उनले आफूले चुनाव जित्ने बहानाले मात्रै राजाको नाम नलिएको
आज मिति २०८१ साल चैत्र १७ गते आइतबार ( Mar 30 2025) चैत्र शुक्लपक्ष,प्रतिपदा १४:४४ बजेसम्म, त्यसपछी द्वितिय मेष – शुभ समाचारले मनमा थप उत्साह जगाउनेछ। सामाजिक काम गरी नाम तथा दाम कमाउन सकिनेछ भने समाजमा सम्मानित हुने योग रहेकोछ । पढन पाढनमा मन जाने हुनाले स्कूल तथा कलेजमा तपार्ईँको
काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले तपाईंको आदेश प्रहरी प्रशासनले नमानेको हो ? भन्दै गृहमन्त्री रमेश लेखकलाई प्रश्न गरेका छन् । शनिवार नेकपा (एकीकृत समाजवादी) को पार्टी कार्यालय आलोकनगरमा शुक्रवार आन्दोलनकारीहरुले तोडफोड गरी पु¥याएको क्षतिको अनुगमन गर्न पुगेका गृहमन्त्री लेखकलाई उनले यस्तो प्रश्न गरेका हुन् । शुक्रवार राजावादीहरुले
पर्सा। वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ स्थित इलाका प्रहरी कार्यालय नगवा अगाडि एक महिलाको शव फेला परेको छ । शनिवार बिहान फेला परेको मृतकको पहिचान वीरगञ्ज वडा नम्बर ४, नर्सिङ क्याम्पस क्षेत्रमा बस्ने अनसुइया अग्रवालको रूपमा भएको जिल्ला प्रहरी कार्यालय पर्साले पुष्टि गरेको छ । प्रहरीकाअनुसार अग्रवालको मृत्युको कारण हालसम्म
एजेन्सी। स्पेनी प्रधानमन्त्री पेड्रो सान्चेजले शुक्रवार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नयाँ कर लगाउने बारेमा पुनर्विचार गर्न र वर्णन गरेको अर्थहीन व्यापार युद्ध अन्त्य गर्न आह्वान गरेका छन् । ट्रम्पले सान्चेजले युरोपेली संघमा लगाइएको अहिलेसम्मकै उच्चतम कर भनेर पुष्टि गरेको दुई दिनपछि म्याड्रिडमा आयोजित एक कार्यक्रममा बोल्दै स्पेनी नेताले वाशिंगटनलाई वार्तामा
एजेन्सी। म्यानमारको सागाइङबाट १६ किलोमिटर उत्तर–पश्चिममा शुक्रवार ७.७ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ । १०.० किलोमिटर गहिराइमा रहेको भूकम्पको केन्द्रबिन्दु शुरुमा २२.०१ डिग्री उत्तर अक्षांश र ९५.९२ डिग्री पूर्वी देशान्तरमा रहेको अनुमान गरिएको छ । यङ्गुनमा भूकम्पको धक्का तिब्र रूपमा महशुस गरिएको थियो । उक्त केही भवनहरू