Trending
>>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो
Logo
२४ माघ २०८२, शनिबार
२४ माघ २०८२, शनिबार

उर्जामा टेक एण्ड पेको अवधारणालाई समीक्षा गरेर सच्याउनुपर्छः सांसद कार्की


काठमाडौँ। नेपाली काँग्रेसका सांसद एवं पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपालको विकास मोडलको बारेमा एक पटक छलफल गर्न जरुरी रहेको बताएका छन् ।

प्रतिनिधि सभाको आईतवारको बैठकमा विनियोजित बजेटमाथिको छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले कम अवधिमा कसरी छिमेकी देशहले तिब्रतर रुपले विकासलाई अघि बढाए र नेपालले त्यसबाट सिकेर कसरी अघि बढ्ने भन्नेबारेमा अध्ययन गर्न जरुरी रहेको बताए । मुलुकमा जलश्रोतको क्षेत्रमा भइरहेको विकास र उत्साहलाई निरन्तरता दिन जरुरी रहेको बताए । उजा क्षेत्रको प्रवद्र्धन र विकासले नै भारतसँगको व्यापार घाटालाई हटाउन सकिने जिकिर गरे ।

उनले भने, ‘हाम्रो विकास मोडलको बारेमा एक पटक छलफल गर्न जरुरी छ । कसरी छिटो अवधिमा हाम्रा छिमेकी देशहरुले तिब्रतर रुपले विकासलाई अघि बढाइरहेका छन् । त्यसबारेमा गहन अध्ययन हुनु जरुरी छ । अहिले हाम्रो मुलुकमा जलश्रोतको क्षेत्रमा जुन विकास भइरहेको छ, जुन उत्साह देखिएको छ, यो उत्साहलाई निरन्तरता दिनसक्यो भने भोलिका दिनमा, अब आउने केही वर्षपछि हामीले पूर्वाधारका निमित्त हाम्रो भारतसँग जति व्यापार घाटा छ, त्यो व्यापार घाटालाई कम गरेर हाम्रो विकास निर्माणमा, पूर्वाधारमा त्यसलाई खर्च गर्ने अवस्थामा हामी पुग्नसक्छौँ । त्यस दिशामा अहिले जलश्रोतको क्षेत्र, उर्जाको क्षेत्र अघि बढेको छ । उर्जामा लगानी निजी क्षेत्रबाट करिव ८० प्रतिशत लगानी भएको छ । त्यो लगानी प्रोत्साहित गर्नुपर्छ ।’

सांसद कार्कीले उर्जामा टेक एण्ड पेको अवधारणालाई समीक्षा गरेर सच्याउनुपर्ने बताए ।


प्रकाशित मिति: ८ असार २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?