Trending
>>   ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ >>   जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना >>   ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन >>   हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा >>   सम्पदा र संस्कृति संरक्षणका लागि आवश्यक कानून निर्माणमा पहल गर्छुः सभामुख अर्याल >>   कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ >>   काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा >>   सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा >>   हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी >>   बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह
Logo
१८ आश्विन २०८३, आईतवार
१८ आश्विन २०८३, आईतवार

महामन्त्री थापाको प्रश्तावः तीन दशक यता पार्टीबाट सरकारमा गएका सबैको सम्पती छानविन गर्न आयोग गठन गरौँ


काठमाडौँ। नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले पछिल्लो तीन दशकमा पार्टीबाट सरकारमा गएका सबै जनप्रतिनिधिहरुको सम्पती छानविन गर्न पूर्वन्यायाधीशको संयोजकत्वमा शक्तिशाली आयोग गठन गर्ने प्रश्ताव राखेका छन् ।

आईतवार ‘जेन जी पुस्ता र लोकतान्त्रिक विचार’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो प्रश्ताव पार्टीको बैठकबाट पारित गर्न प्रश्ताव राखे । भ्रष्टाचार र अनियमितता विरुद्धको स्पष्ट मापदण्ड स्थापित नगरी नयाँ पुस्ता (जेन–जीको भरोसा जित्न नसकिने उनको भनाइ छ । उनले कनैपनि दलप्रति पूर्वाग्रही नभएको व्यक्तिलाई आयोगको नेतृत्व दिएर २०४६ सालपछिका सबै नेताको सम्पती छानविन गर्ने अधिकार दिनुपर्ने बताए । उनले छानविनका क्रममा जजसको नाम आए पनि आयोगको प्रतिवेदन स्वीकार्ने आँट पार्टीले गनसक्ने मात्र जेन–जी पुस्ताले आफूहरुका कुरा सुन्ने जिकिर गरे । उनले नयाँ पुस्ताको अपेक्षा भ्रष्टाचारमुक्त र सदाचारयुक्त राजनीतिप्रति केन्द्रित रहेको समेत उल्लेख गरे ।

उनले भने, ‘२०४६ सालको अन्दोलनपछि नेपाली काँग्रेस सत्तामा आएको हो । नेपाली काँग्रेस पार्टी सत्तामा आएपछि वडाको सत्तादेखि केन्द्रको सत्तासम्म हामी जो–जोले जिम्मेवारी लिएका छौँ । वितेका ३० वर्षभन्दा लामो समयको संसदबाटै पूर्वन्यायाधीशको संयोजकमा छानविन आयोग बनाउँ । देशले पत्याएको पूर्वन्यायाधीश छानौँ । निष्पक्ष काम गर्ने मान्छे छानौँ । यस्तो मान्छे छानौँ कि त्यो एमाले, काँग्रेस माओवादी केही पनि नहोस् । र त्यो व्यक्तिलाई २०४६ सालपछिका जिम्मेवारीमा बसेका सबै नेताको सम्पत्ती छानविन गर्न भनौँ । र त्यो छानविन गराउँदै गर्दा जो जनो मान्छे पर्छ, जतिसुकै शक्तिशाली मान्छे परेपनि आयोगले जे कुरा लिएर आउँछ त्यो कुरालाई मान्छ भनेर हामी आँट गर्यौं भने बल्ल जेन–जी पुस्ताले हाम्रो कुरा सुन्छ । यो पुस्ताको गुनासो सम्बोधन नगरीकन अब हामी उनीहरुका बीचमा जान सक्दैनौँ । यो नेपाली काँग्रेसका लागि सबैभन्दा ठूलो चुनौती हो ।’

विगतमा देशका लागि लडेकै आधारमा अब नेताहरुलाई परिवारको लागि कमाउ भन्ने पक्षमा नयाँ पुस्ता नरहेको उनको जिकिर छ ।


प्रकाशित मिति: ८ असार २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?