Trending
>>   ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ >>   जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना >>   ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन >>   हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा >>   सम्पदा र संस्कृति संरक्षणका लागि आवश्यक कानून निर्माणमा पहल गर्छुः सभामुख अर्याल >>   कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ >>   काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा >>   सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा >>   हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी >>   बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह
Logo
१७ आश्विन २०८३, शनिबार
१७ आश्विन २०८३, शनिबार

पिताजीको नामका योजनाबाट देश अघि बढ्न सक्दैनः सांसद थापा


काठमाडौँ। नेकपा एमाले सांसद सूर्यबहादुर थापा क्षेत्रीले बजेट विनियोजनमा शहरी विकास मन्त्रालय आज सबैभन्दा अस्तव्यस्त र लथालिङ्ग मन्त्रालय देखिएको बताएका छन् ।

आईतवारको प्रतिनिधि सभा बैठकमा विनियोजित बजेटमाथिको छलफलका क्रममा उनले यस्तो बताएका हुन् । उनले जनताको जीवनस्तर उठाउनेतिर ध्यान जान नसकेको बताए । ससाना टुक्रे योजना राख्ने काम भएको र आफ्ना पिताजीको नामका योजनाबाट देश अघि बढ्न नसक्ने बताए । टुक्रे योजनाहरु फालिनुपर्ने भन्दै तीन करोडका योजना सांसदहरुको सिफारिसका लागि मात्र नभइ संघीय विनियोजनका निम्ति सबैमा लागू हुनुपर्ने बताए ।

सांसद थापाले भने, ‘शहरी विकास मन्त्रालय आज सबैभन्दा अस्तव्यस्त र लथालिङ्ग मन्त्रालय देखिएको छ । जनताको जीवनस्तर उठाउनेतिर ध्यान गएको छैन । ससाना टुक्रा र नेताको अझ आफ्ना पिताजीको नामका योजनाबाट देश अघि बढ्छ । बजारमा चर्चा त्यो पनि चर्चा छ है । टुक्रे योजनाहरु फालिनुपर्छ । तीन करोडका योजना सांसदहरुको सिफारिसका लागि मात्र होइन संघीय विनियोजनका निम्ति सबैमा लागू हुनुपर्छ । तीन करोड भन्दा कमीका योजना छुट्याइएका छन् भने निमर्मतापूर्वक शहरी विकास मन्त्रालय जुनसुकै मन्त्रालय, पर्यटन, खेलकुद, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय जुनसुकैमा पनि छ भने ति कार्यान्वयन गर्न हुँदैन, रोक्नुपर्छ ।’

सांसद थापाले सांसदहरुलाई देखाउन तीन करोडको सीमा तोक्ने र आफूले मनपरी गर्ने काम गर्न नहुने बताएका छन् ।


प्रकाशित मिति: ८ असार २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?