Trending
>>   प्रतिनिधिसभा निर्वाचनको पछिल्लो परिणाम : प्रत्यक्षमा रास्वपाको भारी जित, समानुपातिकमा पनि अग्रता >>   राष्ट्रिय सभा खारेज गर्ने विषयमा पनि छलफल गर्न सकिन्छः रामकुमारी झाँक्री >>   राष्ट्रिय लिगमा शिर्ष स्थानको एपिएफ बराबरीमा रोकियो >>   नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरू को कस्ता ? >>   ४ मध्ये २ यातायात व्यवसायीले प्रतिनिधि सभा निर्वाचन जिते >>   इरानमाथिको अमेरिकी–इजरायली आक्रमणविरुद्ध वासिङ्टनमा प्रदर्शन >>   खर्बपति उद्योगीदेखि मुलुकको ढुकुटी चलाएका पूर्वअर्थमन्त्रीसम्मै पराजित >>   धुवाँ र धुलोको कचौरामा काठमाडौंः सास फेर्नै सकस (फोटो फिचर) >>   अब बन्ने सरकारसँग सहकार्य गर्न निजी क्षेत्र आतुर >>   महिलामाथि हुने विभेद राज्यको माथिल्लो तहसम्मै छः पूर्वमुख्यसचिव गड्तौला
Logo
२६ फाल्गुन २०८२, मंगलवार
२६ फाल्गुन २०८२, मंगलवार

बजेटप्रति प्रतिपक्ष भन्दा सत्तापक्षका सांसदहरु बढी असन्तुष्ट छन्ः सांसद शाही


काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का सांसद महेन्द्रबहादुर शाहीले सही बजेट विनियोजन हुन निर्वाचन प्रणाली बदल्नुपर्ने बताएका छन् ।

आईतवारको प्रतिनिधि सभा बैठकमा विनियोजित बजेटमाथिको छलफलका क्रममा उनले यस्तो बताएका हुन् । उनले निर्वाचन प्रणाली नबदलीकन बजेट नबदलिने जिकिर गरे । उनले चुनावमा जाँदा सांसदहरुले विद्यालय बनाउँछु, सडक बनाउँछु, शिक्षा, स्वास्थ्य लगायतका पूर्वाधार विकास, गरिबीको अन्त्य गर्ने, रोजगारी सिर्जना गर्ने विकास निर्माणका तमाम विषयहरु पूरा गर्छौं भनेर जनताबाट निर्वाचित भएर आएका हुने तर बजेट नपर्ने समस्या रहेको बताए । बजेटप्रति प्रतिपक्ष भन्दा पनि बढी असन्तुष्टि सत्ता पक्षका सांसदहरु रहेको दाबी गरे ।

उनले भने, ‘यो निर्वाचन प्रणाली नै बदलौँ । निर्वाचन प्रणाली नबदलीकन बजेट बदलिँदैन । यो परम्परागत भइरहन्छ । किनभने यो बजेट बनाउने दबाब त्यही हो । सरकारलाई आउने दबाब भनेकै निर्वाचन प्रणालीकै दबाब हो । चुनावमा जाँदा सांसदहरुले विद्यालय बनाउँछु, सडक बनाउँछु, शिक्षा, स्वास्थ्य लगायतका पूर्वाधार विकास, गरिबीको अन्त्य गर्ने, रोजगारी सिर्जना गर्ने विकास निर्माणका तमाम विषयहरु पूरा गर्छौं भनेर जनताबाट निर्वाचित भएर आएका सांसद हुन् । बजेटप्रति प्रतिपक्ष भन्दा पनि बढी असन्तुष्टि सत्ता पक्षका सांसदहरु छन् । किनकी कोशिस त धेरै गरेकै हो । सत्तापक्षका सांसदहरुलाई खुशी पारौँ भनेर धेरै कोशिस सरकारले गरेको हो । तर सकेन । यसलाई परिवर्तन गरौँ ।’

उनले अर्थमन्त्रीसँग राष्ट्रनिर्माणको सबैभन्दा ठूलो भुमिका हुने जिकिर गरे ।


प्रकाशित मिति: ८ असार २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?