Trending
>>   ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ >>   जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना >>   ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन >>   हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा >>   सम्पदा र संस्कृति संरक्षणका लागि आवश्यक कानून निर्माणमा पहल गर्छुः सभामुख अर्याल >>   कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ >>   काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा >>   सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा >>   हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी >>   बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह
Logo
१८ आश्विन २०८३, आईतवार
१८ आश्विन २०८३, आईतवार

शहरी विकास मन्त्रीले काठमाडौंमा गाई जात्रा गरेः प्रकाश ज्वाला


काठमाडौँ। नेकपा (एकीकृत समाजवादी)का सांसद प्रकाश ज्वालाले सहरी विकास मन्त्री प्रकाशमान सिंहले स्वर्गीय गणेशमान सिंहको अपमान गरेको टिप्पणी गरेका छन् ।

आईतवार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले गणेशमानको नाममा करिव ५७ करोड बजेट विनियोजन भएको भन्दै आपत्ति जनाए । उनले उत्पादनमूलक र युवाहरूलाई रोजगारी दिने कार्यक्रममा नभई अनुत्पादक संरचनाहरू बनाउने नाममा प्रकाशमानले गणेशमानको बदनाम गरेको बताए । उनले मन्त्री सिंहले सबैले सम्मान गर्ने गणेशमान र मङ्गलादेवीको अपमान गरेको बताउँदै रोष्टमबाट माफी माग्न समेत आग्रह गरे । उनले शहरी विकास मन्त्रालयले परिभाषा अनुसारको काम नगरेको आरोप लगाउँदै आफ्ना रुचि, आसेपासे र वरिपरिका मान्छेका लागि विभिन्न शीर्षकमा योजनाहरू थुपारिएको बताएका छन् । उनले सहरी विकास मन्त्रालय भरौटेहरूलाई पाल्ने र विचौलियाहरूले कमाइ खाने भाँडो बनाइएको भन्दै ज्यादती र बेथिति भइरहेको जिकिर गरे ।

उनले भने, “आज सहरी विकास मन्त्रालयको पनि विषय रहेछ । परिभाषा अनुसारकै काम गरिरहेको छैन सहरी विकास मन्त्रालयले । आफ्ना रुचिका, आफ्ना आसेपासेका लागि, आफ्ना वरिपरिका मान्छेहरूका लागि कहाँ कहाँबाट घुमाएर पैसा हाल्न सकिन्छ, जुन सुकै शीर्षकमा पनि योजनाहरू थुपारेर आफ्ना भरौटेहरूलाई पाल्ने, पोस्ने र बिचौलियाहरूले कमाइ खाने भाँडो बनाइएको छ, सहरी विकास मन्त्रालय । यस्तो खालको ज्यादती, बेथिति, यसको पनि एउटा हद हुन्छ नि । माननीय मन्त्री ज्यू सिनियर हुनुहुन्छ, के गर्नुभएको ? गणेशमानको नाममा करिब ५७ करोड बजेट ? कुनै उत्पादनमूलक काममा होइन, युवाहरूलाई रोजगारी दिने कार्यक्रममा होइन, अनुत्पादक संरचनाहरू बनाउने नाममा गणेशमानलाई बदमान गर्नुभयो तपाईँले । तपाईँ माग्नुस्, यो रोष्टमबाट । गणेशमानलाई सबैले सम्मान गर्छन्, तपाईँले अपमान गर्नुभयो । मङ्गलादेवीलाई तपाईँले अपमान गर्नुभयो ।”

उनले स्वर्गीय पुष्पलालको नाममा ७० लाख विनियोजन गरेर शहरी विकास मन्त्रीले काठमाडौंमा गाई जात्रा गरेको टिप्पणी समेत गरे ।


प्रकाशित मिति: ८ असार २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?