९ असार, काठमाडाैँ । गीतकार शान्तिराम भट्टराईको ‘पीपलको शितल छायाँले’ बोलको गीत सार्वजनिक भएको छ। शुक्रबार ‘आमा पवित्र इन्टरटेन्मेन्ट’ युट्युब च्यानलमार्फत उक्त गीत सार्वजनिक भएको हो । गीतकार भट्टराईको शब्द रचनामा रूपक डोटेलले स्वर भरेका छन् । सङ्गीतकार शक्ति बल्लभले गीतमा सङ्गीत दिएका छन् । साउन्ड डिजाइन स्टुडियोमा रेकर्ड गरिएको
९ असार, एजेन्सी । टाइटानिक जहाजको भग्नावशेष नजिकै हराएको पनडुब्बीमा सवार पाँचै जनाको मृत्यु भएको अमेरिकी तटरक्षक बलले बिहीबार जनाएको छ । चार दिनअघि उत्तरी एटलान्टिक महासागरमा यो सानो पर्यटकीय जहाज (पनडुब्बी) हराएपछि विश्वलाई मोहित पार्ने बहुराष्ट्रिय खोज तथा उद्धार अभियानको अन्त्य भएको छ । रियर एडमिरल जोन मौगरले बोस्टनमा पत्रकारहरूसँग
९ असार, बर्दिया । बर्दियाको मधुवन नगरपालिका–८ टिसियन फाँटामा ‘सेनिटाइजर’जस्तो देखिने तरल पदार्थ सेवन गर्दा दुई जनाको मृत्यु भएको छ । मृत्युहुनेमा ७० वर्षीया गौरी रजनी र ४० वर्षीया कमला सुनार रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक हिक्मतबहादुर बोहराले बताए । साथै तरल पदार्थ सेवन गरेका एकै परिवारका
९ असार, सिन्धुपाल्चोक । नेपाली कांग्रेस सिन्धुपाल्चोकका निवर्तमान सभापति विकास लामाको निधन भएको छ । लामो समयदेखि ‘क्यान्सर’ पीडित ६४ वर्षीय लामाको उपचारको क्रममा गए राति १२.४५ बजे वीर अस्पतालमा निधन भएको कांग्रेस सिन्धुपाल्चोकका सभापति जङ्गबहादुर तामाङले जानकारी दिए । कांग्रेसमा सादगी नेताको रुपमा परिचित लामा कांग्रेसको १४ औँ महाधिवेशनमा
९ असार, काठमाडाैँ । कान्तिलोकपथ अन्तर्गत ललितपुरको भट्टेडाँडास्थित प्रहरीचौकीको करिब पाँच सय मिटर दक्षिणतर्फ आज बिहान पहिरो जाँदा यातायात सेवा अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बिहानैदेखि पानी परिरहेकाले पहिरो पन्छाउन समस्या भएको छ । त्यस्तै, मकवानपुर जिल्लास्थित त्रिभुवन राजपथ, पूर्व–पश्चिम राजमार्ग र भीमफेदी कुलेखानी सडकखण्डअन्तर्गत कुलेखानी चित्लाङतर्फको
९ असार, कास्की । कास्कीको मादी गाउँपालिकाले पालिकाका एकल पुरुषलाई सामाजिक सुरक्षाबापत मासिक भत्ता दिने भएको छ । पालिकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा ६० देखि ६८ वर्षका विपन्न एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता दिने घोषणा गरिएको छ । गाउँपालिका अध्यक्ष देवीजङ्ग गुरुङले अध्यक्षसँग विदुर कार्यक्रमअन्तर्गत विपन्न विदुरको सामाजिक सुरक्षाका
९ असार, गोरखा । गोरखाको पालुङटार नगरपालिकाले नगरपालिकाभित्र नश्ल सुधारमार्फत मासु उत्पादन वृद्धि गर्न किसानलाई अनुदानमा ‘बोयर’ जातका ब्याड बोका वितरण गरेको छ । मासुमा नगरपालिकालाई आत्मानिर्भर बनाउन प्रयास गर्दै आएको पालुङटारले बाख्रामा नश्ल सुधार गर्दै मासु उत्पादन वृद्धि गर्न सहयोग पुर्याउने उद्देश्यसहित व्यावसायिक बाख्रापालक किसानलाई उन्नत जातको व्याड बोका वितरण
९ असार, म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ फुर्केरुख खर्कमा चट्याङ लागेर ४५ भेडा मरेका छन् । अन्नपूर्ण–३ ठाडाका छकबहादुर पुनको गोठमा चट्याङ परेर भेडा मरेका हुन् । अन्नपूर्ण गाउँपालिकाको पशु सेवा शाखाका प्राविधिक प्रकाश जिसीले आज विहान १ बजेतिर परेको चट्याङले लागेर ४५ भेडा मरेका जानकारी दिए । “बिहानै कृषकले ४५
९ असार ,झापा । वातावरण संरक्षण केन्द्र नेपालले मेचीनगरको छ माध्यमिक विद्यालयलाई शुद्ध पिउने पानीको सुविधाका लागि रु ३६ लाख मूल्य बराबरको अत्याधुनिक फिल्टर मेसिन प्रदान गरेको छ । एक हजार लिटर क्षमताको एउटा फिल्टरको मूल्य रु छ लाख रहेको छ । केन्द्रले विद्यालयलाई निःशुल्करुपमा फिल्टर दिएको केन्द्रका झापा प्रतिनिधि
९ असार ,काभ्रे । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले पछिल्लो समय आफ्नो सेवा प्रवाहमा सरलीकरण गरेको जनाएको छ । यसबाट सेवाग्रहीलाई धेरै समय कुर्नुपर्ने अवस्थाको अन्त्य समेत भएको छ । चालु आर्थिक वर्षको ११ महिनाको समीक्षाका क्रममा प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले कार्यालयभित्रका प्रशासनिक सेवा प्रवाहलाई सहज बनाइएको बताए । उनका