Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

भारतले दियो ५० स्कूलबस र ३४ एम्बुलेन्स


३१ असार, काठमाडौं ।  भारत सरकारले नेपाललाई ५० वटा स्कूल बस र ३४ वटा एम्बुलेन्स हस्तान्तरण गरेको छ । आइतबार काठमाडौंस्थति भारतीय राजदूतावास आयोजित कार्यक्रममा ५० वटा स्कूल र ३४ वटा स्वास्थ्य संस्थालाई सवारीसाधन उपलब्ध गराइएको हो । यी सबै सवारीसाधन उपहारमा प्राप्त भएका हुन् । आइतबार नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवको उपस्थितिमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कुमार राईलाई उक्त सवारीसाधन हस्तान्तरण गरिएको थियो । राजदूत श्रीवास्तवले मन्त्री राईलाई चाबी हस्तान्तरण गरेपछि मन्त्री राईले सबै स्कूलहरुलाई चाबी हस्तान्तरण गरेका थिए । दुर्गम तथा राजधानीका स्कूलहरुलाई ती बस उपलब्ध गराइएको हो । सवारीसाधन हस्तान्तरण कार्यक्रममा राजदूत श्रीवास्तवले एम्बुलेन्स तथा स्कुुल बसको हस्तान्तरणपछि नेपालको शिक्षा र स्वास्थ्य पूर्वाधारमा सहयोग मिल्ने बताए । उनले उनले यहाँको शिक्षा र स्वास्थ्य थप सुविधायुक्त हुने बताउँदै आगामी दिनमा नेपाल भारत साझेदारी निरन्तर रहिरहने जानकारी दिए । सवारीसाधन हस्तान्तरण कार्यक्रममा विभिन्न जिल्लाका जनप्रतिनिधि, प्रधानाध्यापक, शिक्षक, विद्यालय व्यवस्थापन समितिका प्रतिनिधिलगायतको उपस्थिति थियो । भारतले सन् १९९४ देखि नेपाललाई एम्बुलेन्स तथा स्कुल बस उपहार दिँदै आइरहेको छ । आइतबार हस्तान्तरण गरेकोसहित भारतले हालसम्म २३४ वटा स्कूल बस र ९७४ वटा एम्बुलेन्स नेपाललाई हस्तान्तरण गरेको छ ।


प्रकाशित मिति: ३१ असार २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?