Trending
>>   एमालेले विधान संशोधन नगर्ने, १५ पदाधिकारी र २५१ जनाको केन्द्रिय कमिटी रहने >>   ७६ हजार १७० पिस ट्रामाडोल लागुऔषधसहित वीरगञ्जबाट ४ जना पक्राउ >>   आम नागरिकलाई सुशासनको अनुभुति हुनेगरी काम गर्नेछुः नवनियुक्त श्रममन्त्री भण्डारी >>   एमाले महाधिवेशन प्रतिनिधिहरु सूर्यअंकित रातो ढाका टोपीमा सजिए >>   राजसंस्था जनमत संग्रहबाट होइन, सबैको सहमतिबाटै पुनःस्थापित गर्नुपर्छः राप्रपा >>   लैङ्गिक हिंसा न्युनिकरणको लागि एकीकृत कानून निर्माणको तयारीमा सरकार >>   निर्वाचन निर्वाध सम्पन्न गरी अहिलेको अवस्थालाई सहज निकास दिन आवश्यकः राष्ट्रपति >>   साहित्यले समाजको पथप्रर्दशकको काम गर्नुपर्दछः ओली >>   सशस्त्र प्रहरी प्रमुख अर्यालको तीन वर्षे उपलब्धिसँगै निर्वाचनलक्षित सुरक्षा रणनीति सार्वजनिक >>   आफ्नो वरिपरिकालाई मात्रै नेतृत्वका लागि योग्य ठान्ने ओली प्रवृत्ति अन्त्य गर्न चाहन्छौँः सुरेन्द्र पाण्डे
Logo
२६ मंसिर २०८२, शुक्रबार
२६ मंसिर २०८२, शुक्रबार

भारतले दियो ५० स्कूलबस र ३४ एम्बुलेन्स


३१ असार, काठमाडौं ।  भारत सरकारले नेपाललाई ५० वटा स्कूल बस र ३४ वटा एम्बुलेन्स हस्तान्तरण गरेको छ । आइतबार काठमाडौंस्थति भारतीय राजदूतावास आयोजित कार्यक्रममा ५० वटा स्कूल र ३४ वटा स्वास्थ्य संस्थालाई सवारीसाधन उपलब्ध गराइएको हो । यी सबै सवारीसाधन उपहारमा प्राप्त भएका हुन् । आइतबार नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवको उपस्थितिमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कुमार राईलाई उक्त सवारीसाधन हस्तान्तरण गरिएको थियो । राजदूत श्रीवास्तवले मन्त्री राईलाई चाबी हस्तान्तरण गरेपछि मन्त्री राईले सबै स्कूलहरुलाई चाबी हस्तान्तरण गरेका थिए । दुर्गम तथा राजधानीका स्कूलहरुलाई ती बस उपलब्ध गराइएको हो । सवारीसाधन हस्तान्तरण कार्यक्रममा राजदूत श्रीवास्तवले एम्बुलेन्स तथा स्कुुल बसको हस्तान्तरणपछि नेपालको शिक्षा र स्वास्थ्य पूर्वाधारमा सहयोग मिल्ने बताए । उनले उनले यहाँको शिक्षा र स्वास्थ्य थप सुविधायुक्त हुने बताउँदै आगामी दिनमा नेपाल भारत साझेदारी निरन्तर रहिरहने जानकारी दिए । सवारीसाधन हस्तान्तरण कार्यक्रममा विभिन्न जिल्लाका जनप्रतिनिधि, प्रधानाध्यापक, शिक्षक, विद्यालय व्यवस्थापन समितिका प्रतिनिधिलगायतको उपस्थिति थियो । भारतले सन् १९९४ देखि नेपाललाई एम्बुलेन्स तथा स्कुल बस उपहार दिँदै आइरहेको छ । आइतबार हस्तान्तरण गरेकोसहित भारतले हालसम्म २३४ वटा स्कूल बस र ९७४ वटा एम्बुलेन्स नेपाललाई हस्तान्तरण गरेको छ ।


प्रकाशित मिति: ३१ असार २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?