Trending
>>   सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल बर्खास्त >>   दीपक भट्टको मानव अधिकार रक्षाको माग गर्दै परिवार पुग्यो आयोगमा >>   प्रधानमन्त्री साहको भारत भ्रमणबारे गृहकार्य भइरहेको छ: परराष्ट्र मन्त्रालय >>   ‘काठमाडौं फिल्म फेस्टिबल’ अगामी कात्तिक १३ गतेदेखि >>   तातोपानी र कोराला नाका सुचारु गर्न चीनसँग समन्वय भइरहेको छः परराष्ट्र मन्त्रालय >>   पोखरामा स्कुल बस दुर्घटनाः छानबिनका लागि ५ सदस्यीय समिति गठन >>   काठमाडौंमा अवैध सुन प्रशोधन कारखाना फेलाः तीन चिनियाँ नागरिक साढे ५४ करोडको सुनसहित पक्राउ >>   भोटेकोशी बाढीको प्रतिवेदन वागमती प्रदेश सरकारलाई पेश >>   एमालेले अगामी मंसिर पहिलो हप्ता काठमाडौंमा राष्ट्रिय भेला गर्ने >>   यस वर्ष त्रिविका ९५ हजार ५४० विद्यार्थी दिक्षित हुँदै
Logo
२४ आश्विन २०८३, शनिबार
२४ आश्विन २०८३, शनिबार

प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित


३१,असार ,काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अवरोधका कारण प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ ।

केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८०” लाई बैठकमा पेश गरेपछि सो पार्टीले विरोध जनाएको हो । रास्वपाका सांसदहरू आसनबाट उभिएर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले सो पार्टीका प्रमुख सचेतक सन्तोष परियारलाई बोल्न समय दिएका थिए ।

प्रमुख सचेतक परियारले सो विधेयक सभामुखबाट निर्णयार्थ प्रस्तुत नभएको भन्दै आपत्ति जनाएका थिए । सभामुख घिमिरेले प्रतिनिधिसभा नियमावलीअनुसार नै प्रक्रिया बढाएको जानकारी गराएका थिए ।

तर रास्वपाका सांसदले विरोध जनाइरहेपछि सभामुखले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् ।


प्रकाशित मिति: ३१ असार २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?