Trending
>>   घर, गाडी र सहज शिक्षा र स्वास्थ्यको पहुँच नै नेपाली युवाको आशाः कुलमान घिसिङ >>   हनुमानढोका दरबार संग्रहालयको दिगो संरक्षण र प्रवर्द्धन गर्नुपर्नेमा जोड >>   स्वास्थ्य परीक्षण शुल्क वृद्धि खारेजको निर्णय कार्यान्वयन गर्न माग >>   कानूनी शासन स्थापित नगरी जेन–जी का माग पूरा गर्न सकिँदैनः अर्थमन्त्री खनाल >>   लघुवित्तले बिना धितो ऋण दिएर गरिबी घटायोः उपाध्यक्ष श्रेष्ठ >>   सञ्चारमन्त्रीलाई देउवाले भनेः काँग्रेसको प्राथमिकता संसद पुनःस्थापना होइन, निर्वाचन हो >>   प्रधानमन्त्रीलाई विप्लवको प्रश्नः चुनाव गर्न चाहेको को कि युद्ध ? >>   ‘निर्वाचन हुन्छ कि हुँदैन’ भन्ने बहस सकियोः रामप्रसाद भण्डारी >>   विप्लव नेतृत्वको माओवादीले शुरु गर्‍यो आन्दोलन >>   निर्वाचनसम्बन्धी गतिविधिबारे जानकारी दिन निर्वाचन आयोगमा मिडिया सेन्टर स्थापना
Logo
१२ पुष २०८२, शनिबार
१२ पुष २०८२, शनिबार

समाचार


मिटर व्याजीलाई कारबाही गर्ने अध्यादेश स्वीकृत

२७ वैशाख ,काठमाडौँ । प्रतिनिधिसभाबाट ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८०’ सर्वसम्मतरुपमा स्वीकृत भएको छ । सभाको आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ¬का तर्फबाट अर्थमन्त्री डा प्रकाशशरण महतले सो अध्यादेशलाई स्वीकृत गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए । बैठकमा सभामुख देवराज घिमिरेले सो अध्यादेशलाई

सहमतिमा प्रदेशको नाम ‘कोशी’ राखिएको हो : मुख्यमन्त्री कार्की

२७ वैशाख ,मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरुको सहमतिमा प्रदेशको नाम ‘कोशी’ राखिएको दाबी गरेका छन् । नगेन्द्रप्रसाद–आशालता रिजाल प्रतिष्ठान विराटनगरद्वारा आज यहाँ आयोजित पुरस्कार तथा सम्मान समर्पण छैटौँ संस्करणको–२०८० को उद्घाटन गर्दै उनले दुई तिहाइ बहुमतद्वारा राखिएको नामको विरोधमा केही पहिचानवादीले हिंसागत गतिविधि एवं

पाथीभरा तीर्थयात्रीलाई तोकिएकोभन्दा बढी सवारी भाडा लिन नपाइने

२७ वैशाख ,ताप्लेजुङ । ताप्लेजुङस्थित पाथीभरा मन्दिर आउने दर्शनार्थी एवं पर्यटकलाई तोकिएकोभन्दा बढी सवारी भाडा लिन नपाइने भएको छ । दर्शनार्थीका लागि गाडी तथा यात्रा व्यवस्थापनका सम्बन्धमा यसअघि भएको निर्णय कडाइका साथ कार्यान्वयन गर्न सरोकारवालाले पुनःध्यानाकर्षण गराएका छन् । जिल्ला प्रशासन कार्यालयको अगुवाइमा बसेको सर्वपक्षीय बैठकले पाथीभरा आउने दर्शनार्थीको सहजताका

आधारभूत आवश्यकता पूर्ति गर्ने बजेट ल्याउन सुझाव

२७ वैशाख ,काठमाडौँ । विनियोजन विधेयक २०८०/८१ को सिद्धान्त र प्राथमिकतामाथि प्रतिनिधिसभामा चलिरहेका छलफलमा भाग लिदै सांसदहरुले नागरिकका आधारभूत आवश्यकता र मौलिक हक पूरा गर्ने बजेट ल्याउन सरकारलाई सुझाव दिएका छन् । सांसद रामहरि खतिवडाले विगतका वर्षका महत्वाकाङ्क्षी योजना ल्याएर जनतालाई ठूला सपना देखाउने बजेट आउने गरेको उल्लेख गर्दै नागरिकका

पूर्वगृहमन्त्री खाँणलाई तीन दिन हिरासतमा राख्न अनुमति

२७ वैशाख ,काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँण र उहाँका स्वकीय सचिव नरेन्द्र केसीलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ । नक्कली शरणार्थी बनाई अमेरिका पठाउने लोभ देखाएर करोडौँको रकम ठगी गरेको घटनामा जोडिएपछि आजै उनलाई प्रहरीले नियन्त्रणमा लिएको

अडियो ‘फेक’ भन्दै सांसद डा राणाले दिईन् साइबर ब्यूरोमा निवेदन

२७ वैशाख ,काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद डा आरजु राणा देउवाले नक्कली भूटानी शरणार्थी प्रकरणमा आफ्नो नाम जोडेर आएको अडियो ‘फेक’ भएको भन्दै छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेकि छन् । उनले आज सो माग गर्दै नेपाल प्रहरीको साइबर ब्यूरोमा निवेदनसमेत दिएकि छन् । उनले साइबर

भ्रष्टाचार नियन्त्रण सरकारको प्राथमिकतामा : उपप्रधानमन्त्री श्रेष्ठ

२७ वैशाख ,काठमाडौँ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकमा लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउन तथा सुशासन कायम गर्न भ्रष्टाचारको नियन्त्रणलाई सरकारले मूल प्राथमिकतामा राखेको बताएका छन् । आज गृह मन्त्रालयमा नेपाली कांग्रेसका नेताहरूसँगको भेटघाटका क्रममा उनले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणलाई प्राथमिकता राखेर काम गरेको र यस कार्यमा संलग्नहरुलाई पूर्वाग्रह नराखी

उद्योगमन्त्रीसँग अमेरिकी राजदूतको भेट

२७ वैशाख ,काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालसँग नेपालका लागि अमेरिकी राजदूत डिनआर थम्पसनले शिष्टाचार भेटवार्ता गरेका छन् । आज मन्त्रालयमा भएको भेटमा द्विपक्षीय सम्बन्ध, व्यापार तथा लगानीलगायत विविध विषयमा विचारविमर्श भएको थियो । भेटमामन्त्री रिजालले नेपालको विकासलगायत विविध क्षेत्रमा अमेरिकाले गर्दै आएको सहयोग सह्रानीय रहेको बताए ।

सामान्य अङ्कले घट्यो नेप्से

२७ वैशाख ,काठमाडौँ । शेयर बजारमा आज सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दुई दशमलव ४३ अङ्कले घटेर एक हजार आठ सय ४१ दशमलव ९३ अङ्कमा कायम भएको हो । आज दुई सय ६५ वटा कम्पनीको १९ लाख ४२ हजार छ सय २६ कित्ता

पेस्तोलसहित एक पक्राउ

२७ वैशाख ,नेपालगञ्ज । बाँकेको नेपालगञ्जबाट प्रहरीले पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ । नेपालगञ्जको धम्बोजी नजिक सुर्खेतरोडमा रहेको एउटा डान्सबारबाट निस्किँदै गर्दा बर्दिया बाँसगढी नगरपालिका–८ का २८ वर्षीय सुमन रिजाललाई गएराति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ । उनको साथबाट मेडइन युएसए लेखिएको एक राउण्ड गोली समेत

सम्वन्धित समाचारहरु