Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

उद्योगमन्त्रीसँग अमेरिकी राजदूतको भेट


२७ वैशाख ,काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालसँग नेपालका लागि अमेरिकी राजदूत डिनआर थम्पसनले शिष्टाचार भेटवार्ता गरेका छन् ।

आज मन्त्रालयमा भएको भेटमा द्विपक्षीय सम्बन्ध, व्यापार तथा लगानीलगायत विविध विषयमा विचारविमर्श भएको थियो । भेटमामन्त्री रिजालले नेपालको विकासलगायत विविध क्षेत्रमा अमेरिकाले गर्दै आएको सहयोग सह्रानीय रहेको बताए ।

आगामी दिनमा पनि द्विपक्षीय सम्बन्ध थप सुदृढ हुँदै जानेमा आफू विश्वस्त रहेको उनले स्पष्ट पारे । नेपालमा लगानी भित्र्याउन अमेरिकी राजदूतको पूर्णसहयोगको अपेक्षा गरेको जनाउँदै मन्त्री रिजालले लगानीको वातावरण बनाउन सरकार सदैव तयार रहेको स्पष्ट पारे ।

भेटमा अमेरिकी राजदूत थम्पसनले नेपालको आर्थिक वृद्धिमा नीतिगत रुपमा सहयोग गर्ने बताए । लगानीको वातावरण थप सुदृढ गराउन जोड दिँदै उनले नेपालको विकासमा अमेरिकी सरकारको हर सहयोग रहने विश्वाससमेत दिलाए ।


प्रकाशित मिति: २७ बैशाख २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?