Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
३० आश्विन २०८३, शुक्रबार
३० आश्विन २०८३, शुक्रबार

उद्योगमन्त्रीसँग अमेरिकी राजदूतको भेट


२७ वैशाख ,काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालसँग नेपालका लागि अमेरिकी राजदूत डिनआर थम्पसनले शिष्टाचार भेटवार्ता गरेका छन् ।

आज मन्त्रालयमा भएको भेटमा द्विपक्षीय सम्बन्ध, व्यापार तथा लगानीलगायत विविध विषयमा विचारविमर्श भएको थियो । भेटमामन्त्री रिजालले नेपालको विकासलगायत विविध क्षेत्रमा अमेरिकाले गर्दै आएको सहयोग सह्रानीय रहेको बताए ।

आगामी दिनमा पनि द्विपक्षीय सम्बन्ध थप सुदृढ हुँदै जानेमा आफू विश्वस्त रहेको उनले स्पष्ट पारे । नेपालमा लगानी भित्र्याउन अमेरिकी राजदूतको पूर्णसहयोगको अपेक्षा गरेको जनाउँदै मन्त्री रिजालले लगानीको वातावरण बनाउन सरकार सदैव तयार रहेको स्पष्ट पारे ।

भेटमा अमेरिकी राजदूत थम्पसनले नेपालको आर्थिक वृद्धिमा नीतिगत रुपमा सहयोग गर्ने बताए । लगानीको वातावरण थप सुदृढ गराउन जोड दिँदै उनले नेपालको विकासमा अमेरिकी सरकारको हर सहयोग रहने विश्वाससमेत दिलाए ।


प्रकाशित मिति: २७ बैशाख २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?