Trending
>>   दोहोराे मित्रताका प्रतीक बने खगेन्द्रप्रसाद र रुद्रकली >>   महाधिवेशनले पार्टीलाई संगठनात्मक र वैचारिक रुपमा पुनःव्यवस्थित गर्दै परिवर्तनको अपेक्षा पूरा गर्छः ईश्वर पोखरेल >>   ट्रान्सपोर्ट र नासरिन जितविहीन रहँदै बाहिरिए >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की >>   निर्वाचनमार्फत नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की >>   जेन–जीहरुले निर्वाचन हुन दिन्न भन्न पाइदैंन :मेयर महर्जन >>   वैदेशिक लगानी प्रतिवद्धता प्रत्येक महिना बढ्दोः पाँच महिनामै ३८ अर्ब ५९ करोडको प्रतिवद्धता >>   प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट >>   तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानमा बोलाउने तयारी >>   जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न
Logo
२ पुष २०८२, बुधबार
२ पुष २०८२, बुधबार

सामान्य अङ्कले घट्यो नेप्से


२७ वैशाख ,काठमाडौँ । शेयर बजारमा आज सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दुई दशमलव ४३ अङ्कले घटेर एक हजार आठ सय ४१ दशमलव ९३ अङ्कमा कायम भएको हो ।

आज दुई सय ६५ वटा कम्पनीको १९ लाख ४२ हजार छ सय २६ कित्ता शेयर रकम रू ५८ करोड ९१ लाखमा कारोबार भएको छ । विभिन्न समूहको उपसूचक हेर्दा आज निर्जीवन बीमा समूह ३० दशमलव ८३ अङ्क र उत्पादन तथा प्रशोधन समूह २६ दशमलव ०३ अङ्कले बढेको छ ।

त्यस्तै, वित्त समूह तीन दशमलव २६ र जलविद्युत् समूह दुई दशमलव १२ अङ्कले बढेको छ । सबैभन्दा धेरै होटल तथा पर्यटन समूहमा १४ दशमलव ३९ अङ्कको गिरावट देखिएको छ ।

बैंकिङ समूह दुई दशमलव ६३, विकास बैंक समूह आठ दशमलव ९०, लगानी समूह शून्य दशमलव २३ र जीवन बीमा समूह नौ दशमलव २० अंकले घटेको छ । त्यस्तै, म्युचुअल फन्ड शून्य दशमलव ०६, व्यापार समूह चार दशमलव ७४ र अन्य समूह १० दशमलव ७८ अङ्कले घटेको छ ।

हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिडेडको शेयर मूल्य सबैभन्दा धेरै आठ दशमलव २४ प्रतिशतले बढेको छ भने सबैभन्दा धेरै शेयर मूल्य घट्नेमा एनसिसी डिभेन्चर २०८६ को शेयर मूल्य सात दशमलव २४ प्रतिशत छ ।

कारोबार रकम र कारोबार भएको शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै हिमाल दोलखा हाइड्रोपावर लिमिटेडको रू तीन करोड ५६ लाख १० हजार आठ सय ८७ बराबरको दुई लाख १९ हजार पाँच सय ५२ कित्ता शेयर किनबेच भएको छ ।


प्रकाशित मिति: २७ बैशाख २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?