Trending
>>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

पाथीभरा तीर्थयात्रीलाई तोकिएकोभन्दा बढी सवारी भाडा लिन नपाइने


२७ वैशाख ,ताप्लेजुङ । ताप्लेजुङस्थित पाथीभरा मन्दिर आउने दर्शनार्थी एवं पर्यटकलाई तोकिएकोभन्दा बढी सवारी भाडा लिन नपाइने भएको छ ।

दर्शनार्थीका लागि गाडी तथा यात्रा व्यवस्थापनका सम्बन्धमा यसअघि भएको निर्णय कडाइका साथ कार्यान्वयन गर्न सरोकारवालाले पुनःध्यानाकर्षण गराएका छन् ।

जिल्ला प्रशासन कार्यालयको अगुवाइमा बसेको सर्वपक्षीय बैठकले पाथीभरा आउने दर्शनार्थीको सहजताका लागि यसअघि भएका निर्णय पूर्णरुपमा कार्यान्वयन गर्ने, गराउनेसहितका केही थप निर्णय गरेको छ ।

अघिल्लो सर्वपक्षीय बैठकमा सदरमुकाम फुङ्लिङदेखि पाथीभरा क्षेत्रमा पर्ने काफ्लेपाटीसम्मको यातायात भाडा प्रतिव्यक्ति रु चार सयभन्दा बढी लिन नपाइने निर्णय गरेको थियो । तर पछिल्ला दिनमा भाडा बढी लिने गरेको भन्दै गुनासो आएपछि उक्त निर्णय कडाइका साथ कार्यान्वयन गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

पाथीभरा मन्दिरमा खटिएका पुजारी, कर्मचारी, सुरक्षाकर्मी र स्वयंसेवकले दर्शनार्थीलाई लाइनमा व्यवस्थित गरी पूजाआजामा सहयोग पुर्याउने, शिष्ट र मर्यादित व्यवहार गर्नेसमेत निर्णय भएको छ ।

सुकेटार–काफ्लेपाटी सडकखण्ड स्तरोन्नति गर्ने कार्य सुस्त गतिमा भएकाले सम्बन्धित निर्माण कम्पनीलाई चाँडो गर्न ध्यानाकर्षण गराउने पनि निर्णय भएको छ । प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङको अध्यक्षतामा बसेको बैठकमा प्रतिनिधिसभा सदस्य लीलादेवी बोखिम र फुङ्लिङ नगरपालिका प्रमुख अमीर मादेनसमेत सहभागी भएका थिए ।

बैठकमा उपस्थित सरोकारवाला सङ्घसंस्थाका प्रतिनिधिले ताप्लेजुङमा आउने पर्यटकलाई सहजता सिर्जना गर्न आआफ्नो क्षेत्रबाट भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन् ।


प्रकाशित मिति: २७ बैशाख २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?