Trending
>>   निर्णय नलिने प्रोजेक्ट म्यानेजरलाई छानविन गरेर कारबाही गर्नुपर्छः कुलमान घिसिङ >>   लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न(तस्बिरसहित) >>   इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ >>   देशभरका भन्सार कार्यालयमा पेन डाउन, जाँचपास सेवा पूर्णरूपमा ठप्प >>   यो चुनावी सरकार मात्र होइन,कसैको धम्कीबाट डराउँदैनौँः प्रधानमन्त्री कार्की >>   सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय >>   प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईंः फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ >>   आगामी निर्वाचनमा दुई तिहाई बहुमत ल्याउछौँः वामदेव गौतम >>   ईश्वर पोखरेलले पार्टी कार्यालयमा बुझाए पार्टी महाधिवेशनका लागि तयार पारिएको अवधारणा पत्र >>   देशको खाद्य सुरक्षा कायम गर्न सरकार लागिपरेको छः मन्त्री परियार
Logo
२३ मंसिर २०८२, मंगलवार
२३ मंसिर २०८२, मंगलवार

पाथीभरा तीर्थयात्रीलाई तोकिएकोभन्दा बढी सवारी भाडा लिन नपाइने


२७ वैशाख ,ताप्लेजुङ । ताप्लेजुङस्थित पाथीभरा मन्दिर आउने दर्शनार्थी एवं पर्यटकलाई तोकिएकोभन्दा बढी सवारी भाडा लिन नपाइने भएको छ ।

दर्शनार्थीका लागि गाडी तथा यात्रा व्यवस्थापनका सम्बन्धमा यसअघि भएको निर्णय कडाइका साथ कार्यान्वयन गर्न सरोकारवालाले पुनःध्यानाकर्षण गराएका छन् ।

जिल्ला प्रशासन कार्यालयको अगुवाइमा बसेको सर्वपक्षीय बैठकले पाथीभरा आउने दर्शनार्थीको सहजताका लागि यसअघि भएका निर्णय पूर्णरुपमा कार्यान्वयन गर्ने, गराउनेसहितका केही थप निर्णय गरेको छ ।

अघिल्लो सर्वपक्षीय बैठकमा सदरमुकाम फुङ्लिङदेखि पाथीभरा क्षेत्रमा पर्ने काफ्लेपाटीसम्मको यातायात भाडा प्रतिव्यक्ति रु चार सयभन्दा बढी लिन नपाइने निर्णय गरेको थियो । तर पछिल्ला दिनमा भाडा बढी लिने गरेको भन्दै गुनासो आएपछि उक्त निर्णय कडाइका साथ कार्यान्वयन गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

पाथीभरा मन्दिरमा खटिएका पुजारी, कर्मचारी, सुरक्षाकर्मी र स्वयंसेवकले दर्शनार्थीलाई लाइनमा व्यवस्थित गरी पूजाआजामा सहयोग पुर्याउने, शिष्ट र मर्यादित व्यवहार गर्नेसमेत निर्णय भएको छ ।

सुकेटार–काफ्लेपाटी सडकखण्ड स्तरोन्नति गर्ने कार्य सुस्त गतिमा भएकाले सम्बन्धित निर्माण कम्पनीलाई चाँडो गर्न ध्यानाकर्षण गराउने पनि निर्णय भएको छ । प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङको अध्यक्षतामा बसेको बैठकमा प्रतिनिधिसभा सदस्य लीलादेवी बोखिम र फुङ्लिङ नगरपालिका प्रमुख अमीर मादेनसमेत सहभागी भएका थिए ।

बैठकमा उपस्थित सरोकारवाला सङ्घसंस्थाका प्रतिनिधिले ताप्लेजुङमा आउने पर्यटकलाई सहजता सिर्जना गर्न आआफ्नो क्षेत्रबाट भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन् ।


प्रकाशित मिति: २७ बैशाख २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?