Trending
>>   नेपालका बाढीपीडितको सम्झनामा फ्राङ्कफर्टमा दीप प्रज्वलन >>   ‘युरेनियम, रणनीतिक र रेडियोधर्मी खनिजमा विभागले अहिलेसम्म अनुमति दिएको छैन’- नापित >>   प्रधानमन्त्री साहलाई गगन थापाको सुझाव– महासभामा नेपालको जलवायु मुद्दा प्रमाणसहित उठाउनू >>   ‘अमेरिकी दलालहरुले ३५ वर्षमा केही पनि गरेनन् भन्ने भाष्य निर्माण गरेर जनतालाई भ्रमित पारे’ >>   १३ देशका लागि राजदूत सिफारिस, भारतमा निश्चलनाथ र चीनमा कल्याणराज >>   सहकारीको ब्याजदर १३ प्रतिशतमा सीमित,सेवा शुल्क भन्दै थप पैसा पनि माग्न नमिल्ने ! >>   रास्वपाले दुवै सदनको मत जोडेर दुईतिहाइ पुर्‍याउने उद्देश्य राखेको छैन >>   संविधान कार्यान्वयन अझै अधुरो, अबको दशक पूर्ण कार्यान्वयनमा केन्द्रित हुनुपर्छ–अध्यक्ष दाहाल >>   समुन्द्री जैविक विविधता संरक्षणमा नेपालको सहभागिता आवश्यकः मन्त्री गौतम >>   महाधिवेशनमा सबैलाई समेट्न काँग्रेसले अन्तिम समयसम्म पहल गर्ने
Logo
२ आश्विन २०८३, शुक्रबार
२ आश्विन २०८३, शुक्रबार

भ्रष्टाचार नियन्त्रण सरकारको प्राथमिकतामा : उपप्रधानमन्त्री श्रेष्ठ


२७ वैशाख ,काठमाडौँ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकमा लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउन तथा सुशासन कायम गर्न भ्रष्टाचारको नियन्त्रणलाई सरकारले मूल प्राथमिकतामा राखेको बताएका छन् ।

आज गृह मन्त्रालयमा नेपाली कांग्रेसका नेताहरूसँगको भेटघाटका क्रममा उनले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणलाई प्राथमिकता राखेर काम गरेको र यस कार्यमा संलग्नहरुलाई पूर्वाग्रह नराखी काम गर्ने बताए ।

नक्कली शरणार्थी बनाई अमेरिका पठाउने लोभ देखाएर ठगीमा संलग्न भएका जो कोहीलाई कारबाही हुने उनले स्पष्ट पारे । गृहमन्त्रीसँगको भेटमा कांग्रेस नेताहरूले भ्रष्टाचारविरुद्ध उनले चालेको कदमको प्रशंसा गरेका थिए ।

नक्कली शरणार्थीसम्बन्धी यो पछिल्लो अनियमितताको अझै अनुसन्धान गरी दोषीलाई कानुनको दायरामा ल्याएर तार्किक निष्कर्षमा पुर्याउनसमेत नेताहरूले अनुरोध गरेका थिए ।

कांग्रेसका नेताहरु गुरुराज घिमिरे, मधु आचार्य, रञ्जीत कर्ण, भूपेन्द्रजङ शाही, नरेश यादव, डा गोविन्द पोखरेललगायत आज अपराह्न गृह मन्त्रालय पुगेका थिए।


प्रकाशित मिति: २७ बैशाख २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?