Trending
>>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

सहमतिमा प्रदेशको नाम ‘कोशी’ राखिएको हो : मुख्यमन्त्री कार्की


२७ वैशाख ,मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरुको सहमतिमा प्रदेशको नाम ‘कोशी’ राखिएको दाबी गरेका छन् । नगेन्द्रप्रसाद–आशालता रिजाल प्रतिष्ठान विराटनगरद्वारा आज यहाँ आयोजित पुरस्कार तथा सम्मान समर्पण छैटौँ संस्करणको–२०८० को उद्घाटन गर्दै उनले दुई तिहाइ बहुमतद्वारा राखिएको नामको विरोधमा केही पहिचानवादीले हिंसागत गतिविधि एवं तोडफोड गरेको आरोप लगाए ।

सरकारको गठन भएको ५२ दिन एवं प्रदेशसभाको १३ औँ बैठकबाट पाँच वर्षसम्म राख्न नसकिएको प्रदेशको नाम टुङ्ग्याएको बताउँदै मुख्यमन्त्री कार्कीले कोशी नाम ठीक छ भने नगरका बुद्धिजीवी, प्रौढ एवं नगरवासीले यसको समर्थनमा शान्तिपूर्णरुपमा सडकमा आउन आग्रहसमेत गरे । उनले बहुभाषिक, बहुजातीय, विविध भौगोलिकता र एक सय २८ जातजाति बसोबास गर्ने यो मुलुकको हो भन्दै विविधताबीच एकता नै नेपालको गहना भएको प्रष्ट पारे । मुख्यमन्त्री कार्कीले भने, “नेपालमा सबै जातजातिले एक अर्काको भाषा, धर्म र संस्कृत सम्मान गर्ने हामीहरुको एतिहासिक परिचय रहेको छ ।”

सरकारले विराटनगरको एतिहासिक पहिचानलाई कायम राखी आधुनिक पहिलो सहरको रुपमा बनाउनका लागि उपलब्ध स्रोत र साधनले भ्याएसम्म आवश्यक भौतिक संरचना निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले समाजको प्रगति, शान्ति, विकासमा योगदान नागरिकसँग आग्रह गरे । पूर्वमन्त्री एवं जनता समाजवादी पार्टीका नेता जयराम यादवले प्रदेशको नामकरण कानुनसम्मत रहेको छ भन्दै सत्यको पक्षमा नगरवासी लाग्नुपर्नेमा जोड दिए ।

प्रष्ठिानका अध्यक्ष इन्दिरा रिजाल, कविराज न्यौपाने, विवश पोखरेललगायतले धार्मिक र साहित्य क्षेत्रका विविध पक्षमा चर्चा गरे । सो अवसरमा मुख्यमन्त्री कार्कीले नगेन्द्रप्रसाद आशालता रिजाल धर्म संस्कृति पुरस्कारबाट आबाल ब्रह्मचारी देवराजाचार्य स्वामी महाराजजीलाई नगद रु एक लाख एक हजार एक सय ११ र सम्मानपत्रद्वारा सम्मान गरे । त्यसैगरी उनले नगेन्द्र–आशा साहित्य पुरस्कारबाट साहित्यकार दधिराज सवेदीलाई नगद रु एक लाख एक हजार एक सय ११ एवं सम्मानपत्रद्वारा सम्मान गरेका थिए ।


प्रकाशित मिति: २७ बैशाख २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?