Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
७ कार्तिक २०८३, शुक्रबार
७ कार्तिक २०८३, शुक्रबार

संघीयताले आर्थिक केन्द्रहरु बिस्तार भए: अर्थमन्त्री पौडेल


काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जनताबाट संकलन गरिने कर र त्यसको सही सदुपयोगबाट मात्रै राष्ट्रको समृद्धिको आधार तय हुने बताउनु भएको छ ।राष्ट्रिय कर दिवसका अवसरमा आन्तरिक राजस्व विभागले आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री पौडेलले राज्यलाई कर तिर्नु नागरिकका लागि गौरवको साथै कर्तव्यको विषय भएको उल्लेख गर्दै वास्तविक कर संकलनका लागि कर प्रशासनलाई निर्देशन दिनुभयो ।

कर प्रणालीलाई आधुनिकीकरण गर्न, करदाताको कर सहभागिता लागत घटाउन, प्रविधिमैत्री जनशक्ति विकास गर्न जरुरी रहेको अर्थमन्त्रीको भनाइ छ । अर्थमन्त्रीले करको दायरा बिस्तार गर्न, करदातामैत्री वातावरण सिर्जना गर्ने करदाता सेवाको गुणस्तरमा वृद्धि गर्न, स्वेच्छिक कर सहभागिता अभिवृद्धि गर्न, कर छली र चुहावट रोक्ने लगायतका कार्यमा थप सक्रियता लिन आवश्यक रहेको बताउनभयो ।

उहाँले कार्य प्रक्रिया सरलीकरण गर्न, जोखिममा आधारित कर परीक्षण तथा अनुसन्धान एवं व्यवसायिक संगठन तथा कार्य विशिष्टिकरणको लागि थप सुधारका पहल कदमी लिन निर्देशन दिनुभयो । यसैगरी सूचना प्रविधिको प्रयोगमा विस्तार एवं सोको गुणस्तरीयता र दिगोपना कायम गर्दै समय र लागत न्यून गरी सेवा प्रवाहमा प्रभावकारिताका लागि थप क्रियाशीलता लिन निर्देशन दिनुभयो ।

संघीयताले आर्थिक केन्द्रहरु बिस्तार, खर्चका युनिटहरु एवं आर्थिक गतिविधिहरु बिस्तारित हुँदा अर्थतन्त्रको आकार बढ्दै गएपनि सो अनुपातमा जसरी राजस्व संकलन बढ्नुपर्ने हो सो अनुरुप बढ्न सकेको आफूले नपाएको बताउँदै अर्थमन्त्री पौडेलले जिम्मेवार र जवाफदेही हिसाबले राजस्व संकलनमा केन्द्रित हुन निर्देशन दिनु भयो । जिम्मेवारी दिइएको कार्यसम्पादन सूचकहरुको लक्ष्य र प्रगतिको तुलना गर्दा प्रगतिको अवस्था सन्तोषजनक रहेको पाउन नसकेको उल्लेख गर्दै अर्थमन्त्री पौडेल


प्रकाशित मिति: २ मंसिर २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?