७ वैशाख ,चन्द्रौटा । कपिलवस्तुको विजयनगर गाउँपालिकामा आगलागी हुँदा २६ घरगोठ जलेर नष्ट भएका छन् । गाउँपालिको वडा नं ५ सिसवामा आज बिहान ११ बजेदेखि सुरु भएको आगो तीन घन्टापछि नियन्त्रणमा आएको वडाध्यक्ष अनवर मुसलमानले बताए । फुसका नौवटा घर पूर्ण, १७ वटा आंशिक गरी २६ वटा घरगोठ जलेर नष्ट
७ वैशाख ,चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जिल्लामा सुरु भएका ठूला विकास आयोजना सम्पन्न भएसँगै विकासमा क्रान्ति आउने बताएका छन् । लोकतान्त्रिक–वाम गठबन्धनले आज कालिका नगरपालिकामा आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै उनले काठमाडौँ–चितवन द्रुतमार्ग, शक्तिखोर औद्योगिक क्षेत्र, रङ्गशाला, विमानस्थल विस्तार, नारायणी तटबन्धजस्ता ठूला आयोजना सम्पन्न भएपछि चितवनको विकासमा क्रान्ति
७ वैशाख ,काठमाडौँ । यही वैशाख १२ देखि १५ गतेसम्म काठमाडौँमा अन्तर्राष्ट्रिय गृह श्रमिक सम्मेलन हुने भएको छ । होमनेट इन्टरनेशनलको आयोजनामा हुन लागेको उक्त सम्मेलनमा ३९ वटा देशका करिब दुई सय श्रमिकको सहभागिता रहने आयोजक संस्थाले जानकारी दिएको छ । होमनेट साउथ एसियाको क्षेत्रीय संयोजक सृष्टि जोशी मल्लले अनुसार
७ वैशाख ,लुम्बिनी । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले हरेक निर्वाचन उम्मेदवारको भन्दा पार्टीको मुख्य मुद्दा बन्नुपर्ने बताएका छन् । उनले निर्वाचनमा उम्मेदवारले नभएर पार्टीले उसको अभियानलाई नेतृत्व गर्नुपर्ने उल्लेख गरे । एमाले लुम्बिनी प्रदेशको ‘मिसन ग्रासरुट’ समीक्षा बैठकलाई आज बुटवलमा सम्बोधन गर्दै महासचिव पोखरेलले एमालेको नेतृत्वमा बहुमतको सरकार बनाउन
७ वैशाख, काठमाडाैँ । अर्थमन्त्री डा प्रकाशशरण महतले राजस्व सङ्कलन गर्ने जिम्मेवारी लिएका कर्मचारीले तदारुकता, इमान्दारिता र अनुशासन देखाउन आग्रह गरेका छन् । आन्तरिक राजश्व विभागका प्रमुखको समीक्षा बैठकलाई आज सम्बोधन गर्दै अर्थमन्त्रीले राजश्व सङ्कलनमा कुनै पनि लापरबाही गर्न नहुने बताएका हुन् । बैठकमा उनले भने, “नेपाल सरकारको विभिन्न मन्त्रालय
७ वैशाख, बारा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणलाई सरकारले प्राथमिकता दिएको बताएका छन् । यही वैशाख १० गते प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन हुन लागेको बारा क्षेत्र नं २ को महागढीमाई नगरपालिकामा आज पाँचदलीय गठबन्धनद्वारा आयोजित बृहत् आमसभालाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री दाहालले भने, “विमानस्थल निर्माणसम्बन्धी सबै प्रक्रिया सुरु
७ वैशाख, एजेन्सी । मानहानी मुद्दामा दोषी ठहरिएका भारतको विपक्षी दलका नेता राहुल गान्धीको पुनरावेदन खारेज भएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीका कट्टर आलोचक गान्धीलाई गत महिना गुजरातको सुरत अदालतले मानहानी मुद्दामा दोषी ठहर गर्दै पुनरावेदनको अवसर दिएको थियो । अदालतको आदेशसँगै नेता गान्धीले सांसद् पद गुमाएका थिए । सन्
७ वैशाख, काठमाडाैँ । सरकारले नेपाल–भारत पेट्रोलियम तथा ग्याससम्बन्धी संयुक्त कार्यसमूहको चौथो बैठक आयोजना गर्ने निर्णय गरेको छ । यही वैशाख ५ गते बसेको मन्त्रिपरिषद् बैठकले वैशाख १२ गते काठमाडौँमा दुई देशका सहसचिवस्तरीय बैठक आयोजना गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
७ वैशाख, चितवन । वैशाख १० गते हुने उपनिर्वाचनका लागि तनहुँ क्षेत्र नं १ अन्तर्गत खटिएका कर्मचारी मतदान केन्द्रतर्फ जाने तयारीमा छन् । निर्वाचनका लागि खटिएका कर्मचारीले आजदेखि निर्वाचन सामग्री बुझेर मतदान केन्द्रमा जाने तयारी गरेका हुन् । जिल्ला निर्वाचन कार्यालयले मतदान केन्द्रमा आवश्यक पर्ने सबै सामग्री बुझाउन सुरु गरेको छ
७ वैशाख, बारा । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले निजगढ विमानस्थल छिट्टै शिलान्यास गरिने बताएका छन् । बिहीबार दिउँसो बाराको गढीमाईमा सत्ता गठबन्धन दलहरूद्वारा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले निजगढ विमानस्थलको गृहकार्यसम्बन्धी काम सकेर छिट्टै शिलान्यास गरिने बताएका हुन् । उनले भने, 'पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटनका बेला