Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
५ कार्तिक २०८३, बुधबार
५ कार्तिक २०८३, बुधबार

१० महिनामा १२ खर्ब चार अर्ब बराबरको व्यापार घाटा


७ जेष्ठ ,काठमाडौँ । चालु आर्थिक वर्षको १० महिनाको अवधिमा रु १२ खर्ब चार अर्ब ४२ करोड २४ लाख बराबरको व्यापार घाटा भएको छ ।

भन्सार विभागले आज सार्वजनिक गरेको विवरणमा सो अवधिमा मुलुकले रु १३ खर्ब ३५ अर्ब ३२ करोड २४ लाख बराबरको माल वस्तु आयात गरेको छ । दश महिनाको अवधिका कूल रु १४ खर्ब ६६ अर्ब २२ करोड २४ लाख बराबरको व्यापार गरेको छ ।

विभागका अनुसार सो अवधिमा नेपालले रु एक खर्ब ३० अर्ब ९० करोड बराबरको माल वस्तु निर्यात गरेको छ । सो अवधिका वस्तु आयात र निर्यात दुवै घटेको छ ।

आव २०७८/७९ को १० महिनाको अवधिमा नेपालले रु एक खर्ब ७३ अर्ब ३४ करोड बराबरको माल वस्तु निर्यात गरेको थियो । गत वर्षको तुलनामा चालु आवको १० महिनामा वस्तु निर्यात २४ दशमलब ४९ प्रतिशतले घटेको छ ।

विभागका अनुसार आव २०७८/७९ मा रु १६ खर्ब चार अर्ब ६५ करोड २५ लाख बराबरको कूल आयात गरेकामा चालु आवको १० महिनामा रु १३ खर्ब ३५ अर्ब ३२ करोड २४ लाख बराबरको आयात भएको छ ।

कूल कारोबारका आधारमा आव २०७८/७९ रु १७ खर्ब ७८ अर्ब बराबरको व्यापार भएकामा चालु आवको १० महिनामा रु १४ खर्ब ६६ अर्ब २२ करोड बराबरको व्यापार भएको छ ।


प्रकाशित मिति: ७ जेष्ठ २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?