Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१२ माघ २०८२, सोमबार
१२ माघ २०८२, सोमबार

अध्यक्ष झाद्वारा रासस लुम्बिनी प्रदेश कार्यालयको निरीक्षण


७ जेष्ठ ,लुम्बिनी । राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले रासस लुम्बिनी प्रदेश कार्यालय बुटवलको आज निरीक्षण गरेका छन्।

अध्यक्ष झाले बुटवल उपमहानगरपालिका–४ स्थित रासस प्रदेश कार्यालयको निरीक्षण गरेका हुन् । रासस प्रदेश कार्यालयको हालै मर्मतसम्भार सम्पन्न भएको कार्यालय भवनको मर्मतको कामबारे जानकारी लिए ।

उनले रासस मुख्यतया समाचार सेवा प्रवाह गर्ने संस्था भएकाले प्रदेश कार्यालयबाट राससले दिनुपर्ने समाचार खोजी र स्तरीय हुनुपर्नेमा जोड दिए । अध्यक्ष झाले प्रदेश कार्यालयबाट प्रदेशका गतिविधिमा ध्यान दिन र सबै पक्षसँगको समन्वयमा राससका काम कारबाही अगाडि बढाउन निर्देशन दिए ।

त्यस अवसरमा रासस प्रदेश कार्यालयको गतिविधिबारे रासस प्रदेश कार्यालय प्रमुख भरत केसीले अध्यक्ष झालाई जानकारी गराएका थिए ।

उनले रासस भवनको मर्मतसम्भारको गुणस्तरीयताका बारेमा जानकारी गराए । यसका साथै प्रदेश राजधानीमा राससका लागि जग्गा प्राप्तिबारे भएको प्रगति अध्यक्ष झालाई कार्यालय प्रमुख केसीले जानकारी गराएका थिए ।


प्रकाशित मिति: ७ जेष्ठ २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?