Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

अध्यक्ष झाद्वारा रासस लुम्बिनी प्रदेश कार्यालयको निरीक्षण


७ जेष्ठ ,लुम्बिनी । राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले रासस लुम्बिनी प्रदेश कार्यालय बुटवलको आज निरीक्षण गरेका छन्।

अध्यक्ष झाले बुटवल उपमहानगरपालिका–४ स्थित रासस प्रदेश कार्यालयको निरीक्षण गरेका हुन् । रासस प्रदेश कार्यालयको हालै मर्मतसम्भार सम्पन्न भएको कार्यालय भवनको मर्मतको कामबारे जानकारी लिए ।

उनले रासस मुख्यतया समाचार सेवा प्रवाह गर्ने संस्था भएकाले प्रदेश कार्यालयबाट राससले दिनुपर्ने समाचार खोजी र स्तरीय हुनुपर्नेमा जोड दिए । अध्यक्ष झाले प्रदेश कार्यालयबाट प्रदेशका गतिविधिमा ध्यान दिन र सबै पक्षसँगको समन्वयमा राससका काम कारबाही अगाडि बढाउन निर्देशन दिए ।

त्यस अवसरमा रासस प्रदेश कार्यालयको गतिविधिबारे रासस प्रदेश कार्यालय प्रमुख भरत केसीले अध्यक्ष झालाई जानकारी गराएका थिए ।

उनले रासस भवनको मर्मतसम्भारको गुणस्तरीयताका बारेमा जानकारी गराए । यसका साथै प्रदेश राजधानीमा राससका लागि जग्गा प्राप्तिबारे भएको प्रगति अध्यक्ष झालाई कार्यालय प्रमुख केसीले जानकारी गराएका थिए ।


प्रकाशित मिति: ७ जेष्ठ २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?