२२ जेष्ठ ,काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले वातावरण प्रदूषणमा संलग्न सबैलाई कानुनबमोजिम कारबाहीको दायरामा ल्याउन नेपाल सरकारलाई आग्रह गरेको छ । आज विश्व वातावरण दिवसका अवसरमा आयोगले विज्ञप्ति जारी गर्दै स्वच्छ वातावरणीय हक सुनिश्चित गर्न सो आग्रह गरेको हो । स्वच्छ वातावरणीय अधिकारको सुनिश्चितताका लागि आयोगले विगतमा गरेका सिफारिस एवम्
२२ जेष्ठ ,काठमाडौँ । काठमाडौँ महानगरपालिकाले यही शैक्षिक सत्रदेखि सुरु गरेको शिक्षामा सीप कार्यक्रम तीन माध्यमिक विद्यालयमा सञ्चालन हुन सकेको छैन । कामपाले गत वैशाख १२ देखि सुरु गरेको शिक्षामा सीप कार्यक्रम सञ्चालन हुन नसकेको विद्यालयमा केन्द्रीय कारागारमा रहेको जगन्नाथ माध्यमिक विद्यालय, नन्दी रात्रि माध्यमिक र केन्द्रीय बहिरा माध्यमिक विद्यालय
२२ जेष्ठ ,चितवन । भरतपुर महानगरपालिका–१५ जानकी चोकमा बोलेरोको ठक्करबाट एकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक स्थानीय ५० वर्षीय वीरेन्द्र राउत रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ना ३ च ११९ नम्बरको बोलेरोले बा ८५ प ३६२७ नम्बरको मोसालाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर
२२ जेष्ठ ,काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार विरोधी अभियानलाई सरकारले अगाडि बढाएको बताएका छन् । गोरखा सांस्कृतिक समाजको आठौँ वार्षिक साधारणसभा एवं चौथो अधिवेशनको उद्घाटन गर्दै सरकारले भ्रष्टाचार विरोधी अभियान र सुशासनलाई प्राथमिकतामा राखेको उनले बताए । “स्वार्थ, भ्रष्टाचार र व्यक्तिवादी प्रवृत्तिको विरुद्ध अभियानलाई बुलन्द पार्नका लागि
२२ जेष्ठ ,काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले यस वर्षको युगकवि सिद्धिचरण श्रेष्ठका नाममा स्थापित युगकवि सिद्धिचरण पुरस्कार प्राध्यापक डा जयराज आचार्यलाई प्रदान गरेका छन् । युगकवि सिद्धिचरण प्रतिष्ठानले युगकवि सिद्धिचरण श्रेष्ठको ११२औँ जन्मजयन्तीका अवसरमा आज शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले भाषा, साहित्य र कूटनीतिको क्षेत्रमा योगदान पुर्याएवापत डा
२२ जेष्ठ ,काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले विपन्नका लागि कूल शय्याको १० प्रतिशत निःशुल्क नछुट्टाउने अस्पताललाई कारबाही गर्ने बताएका छन् । नेशनल बाथरोग सेन्टरको १०औँ वार्षिकोत्सवको अवसरमा आज आयोजित कार्यक्रममा उनले कानुनअनुसार कूल शय्याको १० प्रतिशत विपन्न, असहाय, बेवारिसे बिरामीको लागि छुट्टाइ निःशुल्क उपचार नगर्ने अस्पतालाई कारबाही गर्ने
२२ जेष्ठ ,काठमाडौँ । भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले गणतन्त्र दिवस, २०८० को सन्दर्भमा भद्रकालीस्थित रासस केन्द्रीय कार्यालयमा प्रदर्शित ‘हाम्रो संस्कृति : हाम्रो सम्पदा’ तस्बिर प्रदर्शनीको आज अवलोकन गरे । तस्बिर अवलोकनपछि मेयर प्रजापतिले आधुनिकताका नाममा धरोहरको रूपमा रहेको हाम्रो सामाजिक तथा सांस्कृतिक पहिचान गुम्ने अवस्था सिर्जना भएकोप्रति चिन्ता व्यक्त
२२ जेठ, काठमाडाैँ । प्रतिनिधिसभामा आर्थिक वर्ष २०८०/८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल प्रारम्भ भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले वक्तव्यसहित आव २०८०/८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए । बैठकमा उक्त छलफलमाथि सांसदहरूले दलीय
२२ जेठ, काठमाडाैँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले विधान अधिवेशनका लागि केन्द्रीय प्रचारप्रसार उपसमिति गठन गरिएको छ । ललितपुरको बालकुमारीस्थित जसपाको केन्द्रीय कार्यालयमा आज बसेको बैठकले विधान अधिवेशनलाई सफल बनाउन राजनीतिक समिति सदस्य अर्जुन थापाको संयोजकत्वमा १६ सदस्यीय केन्द्रीय प्रचारप्रसार उपसमिति गठन गरिएको हो । जसपाको राजनीतिक समिति सदस्य न्हुच्छेलाल
२२ जेठ, काठमाडाैँ । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका नेता नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नागरिकता विधेयक फेरि संसद्मा ल्याउनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उनले अघिल्लो संसदले पारित गरेको विधेयक मन्त्रिपरिषद्को अनुरोधमा अहिले राष्ट्रपतिले प्रमाणीकरण गर्नु विधिसम्मत नभएको र त्यसलाई पुनः संसदमा ल्याउनुपर्ने आफ्नो पार्टीको