Trending
>>   रवि लामिछानेको अभियोगपत्र संशोधनसम्बन्धी मुद्दा ‘हेर्दाहेर्दै’ मा मंगलबारका लागि सारियो >>   विश्वविद्यालयमा तालाबन्दी अन्त्य र ‘सेन्ट्रल स्कलरसिप पोर्टल’ नेविसंघको नयाँ एजेण्डा >>   नेपाली चलचित्र पहाडको ‘मोहनी लगाउने’ सार्वजनिक >>   रवि लामिछाने विरुद्ध मुद्दा फिर्ता गर्ने निर्णयसम्बन्धी रिटमाथि आज सर्वोच्च अदालतमा बहस हुँदै >>   पुरानै राजनीतिक संस्कार बोकेर हिँड्यौँ भने जनताले पाँच वर्ष भन्दा टिक्न दिँदैनन्ः सांसद पोखरेल >>   शिक्षामा ५५ बुँदे सुधार र वडा तहमा बजेटको विकेन्द्रीकरण, वडा अध्यक्षहरूलाई शक्तिशाली बनाइयो : मेयर… >>   आठौं अन्तर्राष्ट्रिय जुडोमा पाम र एमएमएसी च्याम्पियन >>   निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश >>   शतक प्रेरित आर्मी र एपिएफ विजयी >>   सुक्दै गएका ढुंगेधारा र काकाकुल काठमाडौंको ‘मौन चित्कार’ (फोटो फिचर)
Logo
१० चैत्र २०८२, मंगलवार
१० चैत्र २०८२, मंगलवार

कामपाको तीन विद्यालयमा सञ्चालन हुन सकेन शिक्षामा सीप कार्यक्रम


२२ जेष्ठ ,काठमाडौँ । काठमाडौँ महानगरपालिकाले यही शैक्षिक सत्रदेखि सुरु गरेको शिक्षामा सीप कार्यक्रम तीन माध्यमिक विद्यालयमा सञ्चालन हुन सकेको छैन । कामपाले गत वैशाख १२ देखि सुरु गरेको शिक्षामा सीप कार्यक्रम सञ्चालन हुन नसकेको विद्यालयमा केन्द्रीय कारागारमा रहेको जगन्नाथ माध्यमिक विद्यालय, नन्दी रात्रि माध्यमिक र केन्द्रीय बहिरा माध्यमिक विद्यालय रहेका छन् ।

जगन्नाथका विद्यार्थीलाई विद्यालय बाहिर लैजान नमिल्ने, नन्दी रात्रि माविका विद्यालय रातिको समयमा सञ्चालन हुँदा समय अपुग हुनाले र केन्द्रीय बहिरा विद्यालयमा विद्यार्थीको आवश्यकताअनुसार शिक्षक उपलब्ध गराउन नसक्दा ती विद्यालयमा शिक्षामा सीपअन्तर्गत अतिरिक्त कार्यक्रम सञ्चालन हुन नसकेको कामपा शिक्षा विभाग प्रमुख सीताराम कोइरालाले जानकारी दिए ।

कामपाले यही शैक्षिक सत्रदेखि सामुदायिक विद्यालयको माध्यमिक तह कक्षा ९ देखि १२ सम्म सीपमूलक कार्यक्रम थालनी गरेको छ । कामपामा ८९ वटा सामुदायिक विद्यालय छन् । त्यसमा ५९ माध्यमिक विद्यालय र ३० प्राथमिक विद्यालय छन् । उन्साठ्ठी माध्यमिक विद्यालयमध्ये ५६ वटामा मात्र शिक्षामा सीप कार्यक्रम सञ्चालन भइरहेको छ ।

पाठ्यपुस्तकबाट प्राप्त हुने सैद्धान्तिक ज्ञानसँगै जीवन उपयोगी, सीपमूलक तथा व्यावहारिक शिक्षा प्रदान गर्ने उद्देश्यसहित कामपाले उक्त कार्यक्रम सुरु गरेको हो । उक्त कार्यक्रमका लागि चालु आवका लागि रु एक लाख विनियोजन गरिएको थियो भने आगामी आवका लागि प्रत्येक विद्यालय रु दुई लाखका दरले बजेट विनियोजन गर्ने कामपाको तयारी छ ।

कार्यक्रमअन्तर्गत ९० घण्टे तालिमका लागि कृषि तथा सहरी खेती, सौन्दर्य कला र कपाल शैली, काष्ठकला, पाक कलालगायत १० क्षेत्र निर्धारण गरिएका छन् । फेसन डिजाइन र कपडा निर्माण, घरमा तार र बिजुली जडान वायरिङ एण्ड इलेक्ट्रिकल, विपद् पूर्वतयारीका लागि भवन निर्माणको रैथाने परम्परागत कला, मोबाइल र विद्युतीय सामान, पाइप जडान तथा मर्मत, कला र मूर्तिकला विधालाई पाठ्यक्रममा समावेश गरिएको छ ।

सम्बन्धित विषयमा स्नातक तह उत्तीर्ण गरेर मान्यता प्राप्त संस्था र निकायबाट प्रशिक्षण प्रशिक्षक तालिम लिएका व्यक्ति उक्त कार्यक्रमको प्रशिक्षक भएका छन् । दक्ष जनशक्ति उत्पादन गर्न कामपाले ११औँ नगरसभाबाट बाल शिक्षा, आधारभूत शिक्षा र माध्यमिक शिक्षालाई थप जीवनोपयोगी र व्यावसायिक बनाउँदै लैजाने नीति लिएको छ ।


प्रकाशित मिति: २२ जेष्ठ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?