Trending
>>   संविधान र लोकतन्त्र धरापमाः पुष्पकमल दाहाल >>   ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ >>   जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना >>   ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन >>   हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा >>   सम्पदा र संस्कृति संरक्षणका लागि आवश्यक कानून निर्माणमा पहल गर्छुः सभामुख अर्याल >>   कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ >>   काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा >>   सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा >>   हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी
Logo
१८ आश्विन २०८३, आईतवार
१८ आश्विन २०८३, आईतवार

समाचार


शरणार्थी प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै प्रदर्शन

१४ जेठ, काठमाडाैँ । नक्कली भुटानी शरणार्थी प्रकरणका मूल दोषीलाई कानुन बमोजिम कारबाहीको माग गर्दै सिंहदरबारको दक्षिण मूल ढोकाअघि प्रदर्शन गरिएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणका मूल दोषीलाई कारबाही गर, तीन तहको सरकार : सुशासन, पारदर्शीता र जवाफदेहीता सुनिश्चित गर, लोकतान्त्रिक गणतन्त्रको मूल्य अनुरुप आचरण गर भन्ने आह्वानसहित मानव अधिकार

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु

१४ जेठ, काठमाडाैँ । जनता समाजवादी पार्टी नेपाल, (जसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु भएको छ । जसपाका केन्द्रीय कार्यकारिणी समिति सदस्य शिवलाल थापाका अनुसार केही बेरअघि जसपाको केन्द्रीय कार्यालयमा बैठक सुरु भएको हो । उनका अनुसार आजको बैठकमा विधान अधिवेशन, समसामयिक राजनीतिलगायतका विषयमा छलफल गरिनेछ ।

तमोर आयोजनाबारे पावर चाइनालाई पत्राचार गर्ने निर्णय

१४ जेठ, काठमाडाैँ । तमोर जलाशययुक्त जलविद्युत् परियोजना अघि बढाउने जिम्मा पाएको चिनियाँ कम्पनी कम्पनी पावर कन्स्ट्रक्सन कर्पोरेसन अफ चाइना लिमिटेड (पिसिसीएल)लाई पत्राचार गर्ने निर्णय गरिएको छ । प्रधानमन्त्री कार्यालयमा आज बसेको लगानी बोर्डको ५४औँ बैठकले सात सय ५६ मेगावाट उत्पादन क्षमताको परियोजनालाई पत्राचार गर्ने निर्णय गरेको हो । आयोजनाको विस्तृत

मध्यमर्स्याङ्दीमा बढ्दै बिजुली

१४ जेठ, लमजुङ । यहाँ उत्पादिन मध्यमस्र्याङ्दी जलविद्युत् आयोजनाबाट उत्पादित  बिजुली वृद्धि हुन थालेको छ । मस्र्याङ्दी नदीमा पानीको बहाव बढ्न थालेसँगै बेँसीसहर नगरपालिका–१ दलालमा रहेको ७० मेगावाट क्षमताको मध्यमस्र्याङ्दी जलविद्युत् आयोजना केन्द्रबाट  बिजुली उत्पादन वृद्धि हुन थालेको हो । केही दिन यता बेलाबेलामा वर्षा हुनाका साथै हिउँ पग्लिएर मस्र्याङ्दी नदीमा

सुदूरपश्चिमका १२५ एम्बुलेन्समा जिपिएस जडान

१४ जेठ, कैलाली । सरकारले देशैभरका एम्बुलेन्सलाई जिपिएस प्रणालीमा दर्ता गर्न सुरु गरेपछि सुदूरपश्चिममा अहिलेसम्म एक सय २५ एम्बुलेन्स जिपिएस प्रणालीमा दर्ता भएका छन् । सुदूरपश्चिममा सञ्चालनमा रहेका सबै एम्बुलेन्सलाई जिपिएस प्रणालीमा दर्ता गर्न निर्देशन दिइएको छ । सुदूरपश्चिम प्रदेश सरकारले सबै स्थानीय तहलाई परिपत्र गरेर स्थानीयस्तरमा रहेका एम्बुलेन्स जिपिएस प्रणालीमा

अस्पताल पुर्‍याए बाँच्छन् सर्पदंशका बिरामी

१४ जेठ, बाँके । कामको खोजीमा भारत जान हिँडेका दैलेख दुल्लुका माधव आचार्यलाई गत वैशाख ३१ गते बाँकेको कोहलपुरमा सर्पले डस्यो । कोहलपुरस्थित आफन्तकामा बन्दै गरेको नयाँ घरमा सुतेका बेला राति आचार्यलाई सर्पले डसेको थाहा भएन । बिहान जिब्रो बाक्लो हुँदै गएको र केही पनि निल्न सक्ने अवस्था नभएपछि स्वास्थ्य उपचारका

इजाजत बिना सवारी साधान चलाउनेमाथि यातायात व्यवस्था कार्यालयको निगरानी

१४ जेठ, रूकुम । भेरी करिडोर तथा अन्य सडकमा इजाजत बिना यातायात सेवा सञ्चालन गरेको पाइएपछि यातायात व्यवस्था सेवा कार्यालयले निगरानी बढाएको छ । रुकुमपश्चिम, जाजरकोट, सल्यान र डोल्पालाई केन्द्रमा राखी चौरजहारीमा यातायात व्यवस्था कार्यालय स्थापना भएपछि तीव्ररुपमा सेवा दिन थालिएको हो । भेरी करिडोरको जाजरकोट–डोल्पा खण्ड, जाजरकोट खलङ्गा हुँदै

संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति नियमावली पारित

१४ जेठ, काठमाडाैँ । संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०८० पारित भएको छ । संघीय संसदको आज बसेको संयुक्त बैठकले बहुमतले नियमावली पारित गरेको हो । नियमावली मस्यौदा समितिका सभापति ध्रुवबहादुर प्रधानले आजको संयुक्त बैठकमा उक्त नियमावली पारित गरियोस् भनी प्रस्ताव गरेका थिए । आजै संघीय संसदको

गणतन्त्र विशेष : हाम्रो न्याय कहाँ अड्कियो ?

१४ जेठ, रुपन्देही । मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको भोलि १५ वर्ष पूरा हुँदै छ । जनआन्दोलन २०६२\६३ को जगमा भएको निर्वाचनबाट गठित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो । दुई सय ३८ वर्ष लामो शाहवंश राजपरम्परा अन्त्यको घोषणा भएको उक्त दिनलाई प्रत्येक

भारत तस्करी गर्न लागिएको मदिरासहित मोटरसाइकल बरामद

१४ जेठ, महोत्तरी । महोत्तरी प्रहरीले गएराति नेपालबाट भारततर्फ तस्करी गर्न लागिएको ठूलो परिमाणको मदिरा र भारतीय नम्बरको मोटरसाइकल बरामद गरेको छ । जिल्लाको पश्चिमी सीमावर्ती मनरासिस्वा नगरपालिका–९ स्थित दशगजा क्षेत्रबाट भारततर्फ तस्करी गर्न लागिएको अवस्थामा प्रहरीले २२ कार्टुन मदिरा र एक थान मोटरसाइकल बरामद गरेको प्रहरी नायब उपरीक्षक दिलीपकुमार

सम्वन्धित समाचारहरु