Trending
>>   सरकारलाई ५ हजार नेपाली नागरिकले गराए मध्यपूर्वमा आफू असुरक्षित रहेको जानकारी >>   विशेष महाधिवेशन अनुचित सिद्ध भयो, सर्वोच्चले विचाराधीन मुद्दा छिटो टुङ्ग्याओस्ः नेता सिटौला >>   कैद भुक्तानपछि दीपक मनाङे जेलमुक्त >>   काँग्रेसका राष्ट्रिय सभाका सांसदहरूबीच परिचयात्मक कार्यक्रम शुरु (तस्बिरसहित) >>   अमेरिका–इजरायल सैन्य आक्रमणमा १३ सय भन्दा बढी इरानी सर्वसाधारणको मृत्यु >>   प्रत्यक्षतर्फ ५ प्रतिशतभन्दा बढी मत बदर, मतदाता शिक्षाको शैली नै बदल्ने निर्वाचन आयोगको तयारी >>   समाजमा कुष्ठरोगलाई हेर्ने दृष्टिकोण अझै नकरात्मकः कानूनमन्त्री सिन्हा >>   समानुपातिकतर्फको सिट बाँडफाँड कसरी हुन्छ ? यस्तो छ निर्वाचन आयोगले प्रयोग गर्ने ‘सेन्ट लग’ विधि >>   एनआरएनएको नयाँ नेतृत्वका लागि मनोनयन दर्ता शुरु >>   जमानत जफत हुनेमा २,८९० उम्मेदवार , ३५० जनाले एक भोट पनि पाएनन्
Logo
२८ फाल्गुन २०८२, बिहीबार
२८ फाल्गुन २०८२, बिहीबार

इजाजत बिना सवारी साधान चलाउनेमाथि यातायात व्यवस्था कार्यालयको निगरानी


१४ जेठ, रूकुम । भेरी करिडोर तथा अन्य सडकमा इजाजत बिना यातायात सेवा सञ्चालन गरेको पाइएपछि यातायात व्यवस्था सेवा कार्यालयले निगरानी बढाएको छ ।

रुकुमपश्चिम, जाजरकोट, सल्यान र डोल्पालाई केन्द्रमा राखी चौरजहारीमा यातायात व्यवस्था कार्यालय स्थापना भएपछि तीव्ररुपमा सेवा दिन थालिएको हो । भेरी करिडोरको जाजरकोट–डोल्पा खण्ड, जाजरकोट खलङ्गा हुँदै कुशे, नलगाड हुँदै बारेकोट, सल्लीबजार कैनकाँडा हुँदै चौरजहारी, मुसिकोट राडीज्यूला सडक, मध्यपहाडी लोकमार्गलगायत आधा दर्जन सडकमा गुड्ने यातायातका साधनमा निगरानी गर्न थालिएको छ । ठाउँठाउँमा कार्यालयको टोली पुगेर सडकसम्बन्धी सचेतना जगाउने कामसमेत गरिरहेको कार्यालय प्रमुख आनन्द चपाइँले बताए ।

कार्यालय स्थापना भएपछि चौरजहारीबाट सबै खालका सेवा सञ्चालन हुन लागेको उनको भनाइ थियो । कार्यालय प्रमुख चपाइँका अनुसार भेरी करिडोरभित्र रहेको जाजरकोट खलङ्गाबाट तल्लुसम्म ६५ किलोमिटरमा चल्ने सवारीसाधनमा चालकले अनुमति नलिइ चलाएको अवस्था छ । तल्लुबाट डोल्पासम्म चल्ने सवारीसाधनसमेत अनुमति बिनानै सञ्चालन भएको उनले बताए ।

सवारीसाधनमा आलोपालो लगाएर यात्रुलाई हैरान बनाएको अवस्था छ । कार्यालय प्रमुख चपाइँ डोल्पा जाँदा उनकै गाडीलाई समेत निगरानी गरिएको थियो । कसको अनुमतिमा डोल्पा आएको भन्दै युवाले धम्की दिएका थिए । अहिले पछिल्लो समय चारै जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग छलफल गरेर यातायातमा देखिएको मनोमानी रोक्ने अभियानमा आफू लागेको कार्यालय प्रमख चपाइँले बताए ।

इजाजतपत्र नै नलिएर अधिकांश ठाउँमा सवारीसाधन चलिरहेको उनको भनाइ थियो । योभन्दा अगाडि सुर्खेत गएर सवारीसाधन दर्ता, नामसारी, लाइसन्स नवीकरणका काम गर्ने गरिएकामा अब चौरजहारीबाटै सबै काम हुने गरेको छ । भेरी करिडोर र पुष्पलाल मध्यपहाडी लोकमार्गको बीचमा रहेको चौरजहारीमा कार्यालय सञ्चालनमा आएपछि सेवा लिनेको ठूलो भीड लागेको छ । अब ट्रायल दिने कामसमेत छिटै सञ्चालन हुने बताएको छ ।

नयाँ सहर निर्माण कार्य जारी रहेको चौरजहारीबाट यातायात व्यवस्था कार्यालय स्थापनासँगै सबैलाई सेवा लिन सहज भएको छ । धेरै खर्च गरेर सुर्खेत जानुपर्ने अवस्था अन्त्य भएको छ । यातायात सेवामा जथाभावी गर्नेविरुद्ध निगरानी बढिरहेको छ ।


प्रकाशित मिति: १४ जेष्ठ २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?