Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

सुदूरपश्चिमका १२५ एम्बुलेन्समा जिपिएस जडान


१४ जेठ, कैलाली । सरकारले देशैभरका एम्बुलेन्सलाई जिपिएस प्रणालीमा दर्ता गर्न सुरु गरेपछि सुदूरपश्चिममा अहिलेसम्म एक सय २५ एम्बुलेन्स जिपिएस प्रणालीमा दर्ता भएका छन् ।

सुदूरपश्चिममा सञ्चालनमा रहेका सबै एम्बुलेन्सलाई जिपिएस प्रणालीमा दर्ता गर्न निर्देशन दिइएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारले सबै स्थानीय तहलाई परिपत्र गरेर स्थानीयस्तरमा रहेका एम्बुलेन्स जिपिएस प्रणालीमा दर्ता गर्न निर्देशन दिएको छ ।

सुदूरपश्चिममा एक सय ७६ एम्बुलेन्स सञ्चालनमा छन् । त्यसमध्ये एक सय २५ एम्बुलेन्समा जिपिएस जडान गरिएको छ ।

एम्बुलेन्सलाई व्यवस्थित गर्न एम्बुलेन्स सेवा सञ्चालन निर्देशिका, २०७३ सञ्चालनमा ल्याएपछि देशैभरिका एम्बलेन्सलाई एउटै नेटवर्कमा समेट्न खोजिएको छ ।

एम्बुलेन्सलाई व्यवस्थित गर्न जिपिएस प्रणाली जडान गरिने व्यवस्थाअनुसार दर्ता भइरहेका छन् । प्रादेशिक एम्बुलेन्स केन्द्रका स्रोतव्यक्ति उत्तम उपाध्याय आपतकालीन स्वास्थ्य सेवा प्रदान गर्ने राज्यको दायित्व पूरा गर्न देशभरका एम्बुलेन्सलाई एउटै ट्र्याकबाट सञ्चालन गर्न जिपिएस प्रणालीमा ल्याउने प्रक्रिया अगाडि बढाइएको बताउछन् ।

“प्रणालीमा जोडिएका एम्बुलेन्स कुन अवस्थामा र कहाँ छन् भन्ने जानकारी सहजै प्राप्त हुनेछ”, उपाध्याय भन्छन्, “कुनै बिरामीलाई एम्बुलेन्स चाहिए १०२ मा फोन गरेपछि नजिकै रहेको एम्बुलेन्स सो बिरामीलाई लिन जान्छ, जिपिएसमा जडान भएपछि कुनै पनि एम्बुलेन्सले खाली छैनौँ, टाढा छाँंै भनेर बिरामीलाई झुक्याउन सक्दैनन् ।”

एम्बुलेन्समा जिपिएस प्रविधि जोडिएपछि सेवाग्राहीले कन्ट्रोल रूममा फोन गरेर आफ्नो नजिकमा रहेका एम्बुलेन्सबाट तत्काल सेवा पाउन सक्नेछन् । जिपिएस नेटवर्किङमा आएपछि सेवाग्राहीले १०२ नम्बरमा फोन गरे नजिकमा रहेको एम्बुलेन्सबारे जानकारी प्राप्त गर्ने छन् । सुदूरपश्चिममा १०२ मा फोन उठ्न सुरु भइसकेकाले अबका केही दिनमा यो प्रणाली शुरु हुने उपाध्याय बताउछन् ।

“बाँकी रहेका एम्बुलेन्सलाई पनि यही महिनाभित्र प्रणालीमा दर्ता गर्ने गरी काम भइरहेको छ, पहिले तोकेको समयमा नआएकाहरु छुटेका हुन्, फेरि पाँच दिनको समय दिदैँछौ”, उनि भन्छन्, “यसबाट बिरामीलाई स्वास्थ्य संस्थासम्म पुर्याउन छिटोछरितो एम्बुलेन्स सेवा प्राप्त हुनेछ, साथै बिरामीले सहज उपचार सेवा पाउनसमेत सहयोग पुग्नेछ ।”

एम्बुलेन्सलाई सुुविधाका आधारमा ‘क’, ‘ख’ र ‘ग’ गरेर तीन समूहमा वर्गीकरण गरिएको छ । कैलालीको टीकापुर क्षेत्रमा मात्रै ख र ग वर्गमा ११ एम्बुलेन्स सञ्चालनमा छन् ।

टीकापुर अस्पतालका एम्बुलेन्स चालक कृष्णबहादुर शाही लामो समयदेखि एम्बुलेन्स चालकका रुपमा कार्यरत छन् ।

विगतमा आफू चालक हुँदा एक्लैले धेरै टाढासम्मका बिरामी बोक्नुपरेको अनुभव रहेका कृष्ण आजभोलि धेरै सहज भएको बताउछन् ।

“मैले चालकको काम गर्न थालेको दशक बढी भयो, विगतमा म एक्लैले बर्दिया जिल्ला, सुदूरपश्चिमका धेरै जिल्लाका बिरामी बोक्नुप¥यो”, शाह भन्छन्, “आजभोलि एम्बुलेन्स धेरै भएपछि सहज भएको छ, धेरै टाढाका बिरामी बोक्नुपर्दैन ।”

नेपाल रेडक्रस सोसाइटी टीकापुरले सञ्चालन गरिरहेको एम्बुलेन्स आठ महिनाअघि नै जिपिएस प्रणालीमा दर्ता भएको छ । प्रणालीमा दर्ता भए पनि लागू नभएको चालक मुक्तिभट्ट चन्द बताउछन्। “भनेकै समयमा दर्ता भयौँ, तर प्रणाली सुरु भएको छैन”, उनि भन्छन्, “सबैलाई प्रादेशिक एम्बुलेन्स केन्द्रले कन्ट्रोल गर्ने बताइएको छ, नियममा बाधिनु राम्रै हुन्छ ।”

एकता बचत समाज टीकापुरले सञ्चालन गरेको एम्बुलेन्स भने जिपिएस प्रणालीमा अझैँ दर्ता भएको छैन । दुई पटकसम्म दर्ताका लागि धनगढी गए पनि दर्ता हुन नसकेको चालक दीपक बोहरा बताउछन् ।

“दर्ता गर्ने समय घर्किएकाले जडान हुनसकेको छैन”, उनि भन्छन्, “अब जडानका लागि खबर गर्छौँ भनेका छन् ।” जिपिएस प्रणालीमा एम्बुलेन्स जडान कार्यले १० वर्ष पूराना एम्बुलेन्स र काजगात बिना चलिरहेका एम्बुलेन्सलाई कडाइ गर्न सहयोग पुग्ने बताइन्छ ।


प्रकाशित मिति: १४ जेष्ठ २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?