२७ ,श्रावण ,काठमाडौँ । आज अगस्ट १२ तारिख । विश्वभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै छ । नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाउन लागिएको छ । सरकारले बर्षेनि विभिन्न कार्यक्रम गरी युवा दिवस मनाउने गरे पनि युवाका मुद्दा कार्यान्वयनमा भने जहिल्यै समस्या देखिने गरेको जानकारहरु बताउँछन् । युवा लक्षित
२६ ,श्रावण ,काठमाडौँ । अर्थ मन्त्रालय र अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआईडी) बीच अमेरिकी सहायतामा सञ्चालित आयोजनाहरुको प्रगती समीक्षा बैठक सम्पन्न भयाे । बैठकको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले शिक्षा, स्वास्थ्य, कृषि, विपद् व्यवस्थापन, लोकतन्त्र र सुशासनका क्षेत्रमा अमेरिकाले निरन्तरता दिइरहेको द्विपक्षीय सहयोगको प्रशंसा गर्दै वर्षौंदेखिको
२६ ,श्रावण ,काठमाडौँ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सातौं एपीएफ कमाण्ड तथा स्टाफ कोर्षको प्रधान कार्यालय हल्चोक स्वयम्भूमा आयोजित दिक्षान्त समारोहका बीच साउन २६ गते समापन गर्नुभएको छ । समारोहका प्रमुख अतिथि सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र समारोहका विशेष अतिथि त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्र संकायका डिन प्रोफेसर
२६ ,श्रावण ,काठमाडौँ । दशौँ भारत–नेपाल लाइन अफ क्रेडिट (एलओसी) समीक्षा बैठक सम्पन्न भएको छ । बैठकमा नेपालका तर्फबाट नेपाल सरकार अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र नेपालस्थित भारतीय राजदूतावास र एक्जिम बैंकका प्रतिनिधि सम्मिलित टोलीको नेतृत्व गर्दैै भारतीय विदेश मन्त्रालय (विकास साझेदारी प्रशासन) सहसचिव ए अजय कुमारले सहभागिता जनाए
२६ ,श्रावण ,काहुलुई, संयुक्त राज्य अमेरिका । हवाईको ऐतिहासिक शहरमा लागेको डढेलोका कारण कम्तीमा ५५ जनाको मृत्यु भएको अधिकारीहरूले बिहीबार बताएका छन् । नजिकैको आँधीबेहरीबाट आएको तीव्र हावाहुरीका कारण माउईमा मङ्गलबार लागेको डढेलोले समुन्द्री किनारको लाहैना सहरलाई तीव्र गतिमा प्रभावित पारेको थियो । आगोको लप्का यति छिटो सर्यो, जसका कारण
२६ ,श्रावण ,बेरुत । युद्धग्रस्त सिरियाको पूर्वी क्षेत्रमा इस्लामिक स्टेट (आइएस) जिहादी समूहले गरेको आक्रमणमा परी कम्तीमा २३ सैनिकको मृत्यु भएको छ । सन् २०१९ मा सिरियामा आफ्नो अन्तिम भू–भाग गुमाएपनि आइएसले सिरियाको विशाल मरुभूमिमा लुकेर बसेको स्थानबाट अक्कल झुक्कल आफ्नो उपस्थिति देखाउँदै आएको छ । ‘सिरियन अब्जरभेटरी फर ह्युमन
२६ ,श्रावण ,कृष्णनगर । खानेपानी मन्त्री महिन्द्राराय यादवले कपिलवस्तुमा भएको खानेपानी समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका छन् । बहादुरगञ्ज खानेपानी संस्थानको आज अनुगमन गर्दै मन्त्री यादवले खानेपानीको समस्या समाधान गर्ने काम केन्द्र सरकारको भएको स्पष्ट पारे । कपिलस्तुको कृष्णनगर बजारको खानेपानी पाइप लाइन विस्तारका लागि चालु आर्थिक वर्षका लागि रु
२६ ,श्रावण ,काठमाडौँ । कुवेतमा बेचिएकी एक नेपाली महिलाको उद्धार गरिएको छ । युवराज सफलको संयोजकत्वमा गठित नेपाल समाजवादी मोर्चाले सिन्धुपालञ्चोक बाँडेगाँउ स्थायी ठेगाना भएकी २६ वर्षीय महिलाको कुवेतको जाराबाट उद्धार गरी यही साउन २४ गते काठमाडौँ ल्याएको हो । पीडित महिलालाई नेपालमा रहेका भतिज राज श्रेष्ठ र दलाल उमेश
२६ ,श्रावण ,मोरङ । कोशी प्रदेश सरकारको स्वास्थ्य मन्त्रीमा निर्मला लिम्बु नियुक्त भएकि छिन् । प्रदेश प्रमुख परशुराम खापुङले सरकारको सिफारिसमा लिम्बूलाई स्वास्थ्य मन्त्रीमा नियुक्त गरेका हुन् । नवनियुक्त मन्त्री लिम्बुले आजै नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम पद तथा गोपनीयताको शपथ लिएकि छिन् । मुख्यमन्त्री थापाले यही
२६ ,श्रावण ,कास्की । पोखरा महानगरपालिकाले बजार क्षेत्रका मुख्य चोकमा रहेका सबै सालिक स्थानान्तरण गर्ने भएको छ । सालिकका कारण ट्राफिक व्यवस्थापनमा समस्या बढ्दै गएको भन्दै सालिक स्थानान्तरण गर्न लागिएको हो । पोखरा बजार क्षेत्रमा राष्ट्रिय विभूतिलगायत सबैका सालिक एक महिनाभित्रमा पोखरा–१८ जामुनबोटस्थित विभूति पार्कमा राख्ने महानगरको योजना छ ।