Trending
>>   मङ्गोलियामा भालुको उपद्रोः मानव बस्तीमा बढ्दो जोखिमसँगै अधिकारीद्वारा शतर्कताको आग्रह >>   देशभर अनलाइन सपिङ ठगीको बिगबिगीः सामाजिक सञ्जालमा नअल्झिन प्रहरीको चेतावनी >>   आईपीयू महासभाः जलवायु विपद्विरुद्ध नेपालको प्रश्ताव दुई–तिहाई बहुमतले पारित >>   नेपाली काँग्रेसमा विभाजनको औपचारिक घोषणाः विमलेन्द्र निधीले भने, ‘नयाँ घर बनाउने बेला आयो’ >>   कांग्रेस महाधिवेशनमा पदाधिकारीसहित ४० जनाले लिए उम्मेदवारी फिर्ता >>   नेपाली कम्युनिस्ट आन्दोलन ध्रुविकरणबाट एकीकरणको चरणमाः शक्ति बस्नेत >>   काँग्रेसले धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्रको एजेण्डा बोक्नुपर्छः शुक्रराज शर्मा >>   जनताको असन्तुष्टि बुझ्न नसक्दा वामपन्थी आन्दोलन रक्षात्मक बन्योः महासचिव पोखरेल >>   प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना शुरु, ५० हजारभन्दा बढी प्रहरी परिचालन >>   पार्टी विवादबारे सर्वोच्चको फैसला कुर्नेकुरा समयको बर्बादी मात्र होः सभापति थापा
Logo
२२ आश्विन २०८३, बिहीबार
२२ आश्विन २०८३, बिहीबार

मानव बेचबिखन नियन्त्रणमा उत्कृष्ट कार्य गर्ने व्यक्ति र संस्थालाई पुरस्कार तथा सम्मान


२० ,भाद्र ,काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणको क्षेत्रमा उत्कृष्ट कार्य गरेका तीन विधाका चार व्यक्तिलाई पुरस्कृत गरेको छ भने चार संस्थालाई सम्मान गरेको छ ।

मानव बेचबिखनविरुद्धको १७ औँ राष्ट्रिय दिवसका अवसरमा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणको क्षेत्रमा उत्कृष्ट कार्य गरेका विभिन्न सङ्घसस्था तथा विधालाई पुरस्कृत तथा सम्मान गरेको हो ।

जसमा नेपाल प्रहरीतर्फ नेपाल प्रहरी प्रधान कार्यालय, मानव बेचबिखन अनुसन्धान ब्यूरोका प्रहरी हवल्दार दलबहादुर घिसिङ पुरस्कृत हुनुभएको छ भने नेपाल प्रहरी प्रधान कार्यालय, मानव बेचबिखन अनुसन्धान ब्यूरोलाई सम्मान गरेको हो ।

सञ्चारमाध्यमतर्फ छापा माध्यमबाट जनआन्दोलन डट कम, घटना र विचारका झापाकी रेजिना गौतम पुरस्कृत हुनुभएको छ भने नागरिक दैनिक पत्रिकालाई सम्मान गरिएको छ ।

त्यस्तै विद्युतीय माध्यमबाट सवल न्यूज डट कम पाल्पाकी सीतादेवी डोटेल पुरस्कृत हुनुभएको छ भने रेडियो मुक्ति ९५ दशमलव ५ रुपन्देहीलाई सम्मान गरेको हो ।

सङ्घसंस्थातर्फ शक्ति समूह, काठमाडौँबाट उर्मिला श्रेष्ठ पुरस्कृत हुनुभएको छ भने महिला आत्मनिर्भरता केन्द्र, सिन्धुपाल्चोक सम्मान भएको छ ।

मानव बेचबिखनविरुद्धको १७ औँ राष्ट्रिय दिवस ‘सामाजिक न्याय र आर्थिक सशक्तीकरण : मानव बेचबिखनको निर्मूलन’ भन्ने राष्ट्रिय नारासहित मनाइएको छ ।


प्रकाशित मिति: २० भाद्र २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?