Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

नेविसंघले माग्यो गृहमन्त्रीको राजीनामा


 

२० भदाै, काठमाडाैँ । नेपाली काँग्रेसका सहमहामन्त्री, नेपाल तरुण दलका पूर्व केन्द्रीय अध्यक्ष एवम् नेपाल सरकारका पूर्व मन्त्री आदरणीय नेता महेन्द्र यादव ज्यू माथि भएको सांघातिक हमला प्रति नेपाल विद्यार्थी संघ केन्द्रीय कार्यसमितिको गम्भीर ध्यानाकर्षण भएको छ ।

नेपाल सरकारको पूर्व मन्त्री जस्तो व्यक्तिलाई दिनदहाडै सार्वजनिक स्थलमा ज्यान मार्ने उद्देश्यका साथ धारिलो हतियार प्रहार हुनु निन्दनीय छ । यस घटनाको घोर भत्सना गर्दछौं । देशमा आम नागरिकको जिउ ज्यानको रक्षा र शान्ति सुरक्षा कायम गर्ने जिम्मेवारी प्राप्त गृहमन्त्री पूर्ण रुपले असफल भएको यस घटनाले पुष्टी गरेको छ ।

यस घटनाको सम्पूर्ण जिम्मेवारी नेपाल सरकार र गृह मन्त्रालयले लिनु पर्ने स्पष्ट छ । तर्सथ राजधानीको सार्वजनिक स्थलमा पूर्व मन्त्री जस्तो व्यक्तिको सुरक्षा गर्न नसक्ने नालायक गृह मन्त्रीको राजीनामा समेत माग गर्दछौं । अन्तमा आक्रमणमा परी घाइते हुनुभएका आदरणीय नेता महेन्द्र यादव ज्यूको शिघ्र स्वास्थ्य लाभको कामना समेत गर्दछौं । साथै आक्रमणमा संलग्न अपराधी र जोडिएका पक्ष बारे सुक्ष्म अनुसन्धान गरी कडा भन्दा कडा कारवाहीको माग गर्दछौं ।

जय नेपाल ।

दुजाङ शेर्पा •अध्यक्ष नेपाल विद्यार्थी संघ केन्द्रीय कार्यसमिति


प्रकाशित मिति: २० भाद्र २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?