Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

नेविसंघले माग्यो गृहमन्त्रीको राजीनामा


 

२० भदाै, काठमाडाैँ । नेपाली काँग्रेसका सहमहामन्त्री, नेपाल तरुण दलका पूर्व केन्द्रीय अध्यक्ष एवम् नेपाल सरकारका पूर्व मन्त्री आदरणीय नेता महेन्द्र यादव ज्यू माथि भएको सांघातिक हमला प्रति नेपाल विद्यार्थी संघ केन्द्रीय कार्यसमितिको गम्भीर ध्यानाकर्षण भएको छ ।

नेपाल सरकारको पूर्व मन्त्री जस्तो व्यक्तिलाई दिनदहाडै सार्वजनिक स्थलमा ज्यान मार्ने उद्देश्यका साथ धारिलो हतियार प्रहार हुनु निन्दनीय छ । यस घटनाको घोर भत्सना गर्दछौं । देशमा आम नागरिकको जिउ ज्यानको रक्षा र शान्ति सुरक्षा कायम गर्ने जिम्मेवारी प्राप्त गृहमन्त्री पूर्ण रुपले असफल भएको यस घटनाले पुष्टी गरेको छ ।

यस घटनाको सम्पूर्ण जिम्मेवारी नेपाल सरकार र गृह मन्त्रालयले लिनु पर्ने स्पष्ट छ । तर्सथ राजधानीको सार्वजनिक स्थलमा पूर्व मन्त्री जस्तो व्यक्तिको सुरक्षा गर्न नसक्ने नालायक गृह मन्त्रीको राजीनामा समेत माग गर्दछौं । अन्तमा आक्रमणमा परी घाइते हुनुभएका आदरणीय नेता महेन्द्र यादव ज्यूको शिघ्र स्वास्थ्य लाभको कामना समेत गर्दछौं । साथै आक्रमणमा संलग्न अपराधी र जोडिएका पक्ष बारे सुक्ष्म अनुसन्धान गरी कडा भन्दा कडा कारवाहीको माग गर्दछौं ।

जय नेपाल ।

दुजाङ शेर्पा •अध्यक्ष नेपाल विद्यार्थी संघ केन्द्रीय कार्यसमिति


प्रकाशित मिति: २० भाद्र २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?