Trending
>>   बालेनलक्षित ओलीको टिप्पणी :‘देशमा चर्चित भनिएकाहरु नै नसामा भेटिन्छन्’ >>   नेपालको न्यायपालिका विकास विरोधी छैनः न्यायाधीश ढुंगाना >>   कुहिरो र हुस्सुले जनकपुरको जनजीवन प्रभावितः स्थानीय सरकारले चासो नदिएको गुनासो >>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा
Logo
११ पुष २०८२, शुक्रबार
११ पुष २०८२, शुक्रबार

सर्पको टोकाइबाट सुत्केरीसहित दुई महिलाकोे मृत्यु


२० ,भाद्र ,रुकुम पश्चिम । रुकुम पश्चिममा सर्पको टोकाइबाट सुत्केरीसहित दुई महिलाको मृत्यु भएको छ ।

जिल्लाको चौरजहारी नगरपालिका–१३ रातामाटाकी २२ वर्षीया सुत्केरी विनिता ओली विष्ट र जिल्लाको सानीभेरी गाउँपालिका–१ जगल गाउँकी ६१ वर्षीया गङ्गी पुनको मृत्यु भएको हो ।

सुत्केरी २२ वर्षीया विष्टलाई मङ्गलबार दिउँसो बारीमा गाईवस्तुलाई घाँस काट्ने क्रम सर्पले टोकेको थियो । सोही दिन राति विष्टले छोरीलाई जन्म दिनुभएको थियो तर सुत्केरी आमाको रक्तश्राव नरोकिएपछि उपचारका लागि चौरजहारी अस्पताल लगिएको थियो ।

सर्पको विष शरीरमा फैलिएको र रक्तश्रावका कारण आज बिहान मुत्यृ भएको चौरजहारी अस्पतालका प्रशासक डिलबहादुर गिरीले बताए ।

शिशुको पनि अवस्था गम्भीर रहेकाले रेफर गर्न लागिएको अस्पतालले जनाएको छ । शिशु जन्मने अवधि कात्तिक महिना भए पनि समय नपुग्दै शिशुको जन्म मङ्गलबार नै भएको थियो ।

गङ्गी पुनलाई भने सर्पले भदौ ४ गते नै टोकेको थियो । सर्पले टोकेपछि पुनलाई चौरजारी अस्पताल हुँदै प्रादेशिक अस्पताल सुर्खेत पुर्याइएको थियो ।

अस्पतालबाट गाउँमै उपचार गर्ने भनेर घर परिवारले घर ल्याएको चार दिनपछि पुनको हिजो घरमै मृत्यु भएको वडाध्यक्ष टेकबहादुर पुनले बताए ।


प्रकाशित मिति: २० भाद्र २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?