Trending
>>   आठौं अन्तर्राष्ट्रिय जुडोमा पाम र एमएमएसी च्याम्पियन >>   निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश >>   शतक प्रेरित आर्मी र एपिएफ विजयी >>   सुक्दै गएका ढुंगेधारा र काकाकुल काठमाडौंको ‘मौन चित्कार’ (फोटो फिचर) >>   लघुवित्त संस्थाहरुमा सुशासनको कमीः उपाध्यक्ष श्रेष्ठ >>   ‘उत्पादनशील योजनामा मात्रै ऋण परिचालन गर्नू’ >>   तत्कालीन पर्यटन सचिव अधिकारीसहित २१ जना व्यक्ति र २ कम्पनी विरुद्ध मुद्दा दायर >>   भक्तपुरको दुवाकोटमा पनि काठमाडौं मेडिकल कलेज (केएमसी) अस्पताल >>   विशेष महाधिवेशनको नाममा भएको ५ महिने झगडा नै काँग्रेस पराजयको मुख्य कारकः नेता घिमिरे >>   राष्ट्रिय परिचय पत्र र नागरिकता प्रणालीबीच अन्तरआवद्धता शुरु, अब छुट्टाछुट्टै फारम भर्नु नपर्ने
Logo
९ चैत्र २०८२, सोमबार
९ चैत्र २०८२, सोमबार

लोमान्थाङमा ‘गल्फ च्यालेन्ज’


२० ,भाद्र ,कास्की । हिमाल पारिको जिल्ल्ला मुस्ताङको उपल्लो क्षेत्र लोमान्थाङ गाउँपालिकाको लोवथाङमा रहेको ‘मुस्ताङ गल्फ कोर्स’लाई ‘वल्र्ड रेकर्ड’ कायम गराउने उद्देश्यले ‘गल्फ च्यालेन्ज’ आयोजना हुने भएको छ ।

समुद्री सतहदेखि चार हजार छ सय ४५ मिटर (१५,२३९.५ फिट) को उचाइमा अवस्थित सो गल्फ कोर्समा यही भदौ ३० गते दोस्रो संस्करणको गल्फ प्रतियोगिता गर्न लागिएको आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

गण्डकी प्रदेश गल्फ सङ्घले लोमान्थाङ गाउँपालिकासँगको सहकार्यमा प्रतियोगिता आयोजना गरेको गण्डकी प्रदेशसभाका पूर्वसदस्य एवं प्रदेश गल्फ सङ्घका संयोजक इन्द्र धारा विष्टले जानकारी दिए ।

उनका अनुसार मुस्ताङ गल्फ कोर्सको थप प्रचारप्रसार र प्रवद्र्धन गर्ने उद्देश्यले गरिएको प्रतियोगिताको विश्वस्तरमा प्रचार गरी उच्चस्तरीय पर्यटन प्रवद्र्धनमा सघाउ पुग्ने विश्वास लिइएको छ ।

प्रतियोगितामा पोखरा, काठमाडौँ, धरान, बुटवललगायतका सहरका ४० गल्फ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । जसमा चार जना महिला खेलाडीसमेत सहभागी बन्नेछन् ।

यस वर्ष राष्ट्रिय खेलाडीमा सीमित प्रतियोगितामा आगामी वर्ष विदेशी खेलाडीसमेत सहभागी बन्ने विश्वास आयोजकको छ । आयोजकका अनुसार इभेण्ट नौ होलमा तीन/चार ह्याण्डी क्यापको साथ स्थिर फोर्ड ढाँचामा खेलाइनेछ । प्रतियोगितामा ‘होल इन वन’को विजेतालाई घोडा वा सो बराबरको रु एक लाख नगद पुरस्कार प्रदान गरिने छ ।

यसैगरी विजेता, उपविजेता, महिला विजेता, वेष्ट ग्रस, नियर टु दि होल, लङ ड्राइभ र वर्डिजका विजेतालाई ट्रफी प्रदान गरिने छ । ‘मुस्ताङ गल्फ कोर्स’ विश्वकै सर्वाधिक उचाइमा रहेको छ । यद्यपि यो ‘गिनिज बुक्स अफ वल्र्ड रेकर्ड’मा दर्ज हुन बाँकी छ ।

यसअघि भारत सिक्किमको याक गल्फ कोर्सलाई सर्वाधिक उचाइको गल्फ कोर्ष मानिन्छ । सो गल्फ कोर्ष तीन हजार नौ सय ७० मिटरको उचाइमा छ । “गत वर्षको प्रतियोगिताले नै विश्वका गल्फ प्रेमीको ध्यान खिचिसकेको छ”, विश्वस्तरमा प्रचार भएको छ ।

एक पटक मुस्ताङको गल्फ कोर्समा गएर खेल्छु भन्ने गल्फरमा रहर जाग्नेछ । यसलाई निरन्तरता दिएर प्रचारप्रसार हुनसके मुस्ताङमा गल्फ पर्यटनको ढोका खुल्नेछ । विष्टले भने ।


प्रकाशित मिति: २० भाद्र २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?