Trending
>>   ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ >>   उतारचढावमा बित्यो गत साता, आज सेयर बजार कता? >>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह
Logo
१२ आश्विन २०८३, सोमबार
१२ आश्विन २०८३, सोमबार

राष्ट्रिय सभाको गरिमा बढाउन जरुरी:सांसद पदमबहादुर परियार


काठमाडौँ। नेपाली काँग्रेसका सांसद पदमबहादुर परियारले राष्ट्रिय सभाको गरिमा बढाउन जरुरी रहेको बताए ।

उनले सरकारले बजेट तथा कार्यक्रम ल्याउँदा प्रतिनिधि सभाले पास नगरी राष्ट्रिय सभामा छलफल गराउनसके केही हदसम्म गरिमा बढ्ने बताए ।

उनले यसका लागि सभामुख र प्रधानमन्त्रीसँग आवश्यक छलफल गर्न राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालको ध्यानाकर्षण गराएका छन् । उनले राष्ट्रिय सभा सदस्यहरुलाई मतदातासँग अन्तरक्रिया गर्न सहज वातावरण मिलाउन जरुरी रहेको समेत बताएका छन् ।

उनले भने , ‘राष्ट्रिय सभाको गरिमा भएन भनेर जताततै टिप्पणीहरु भइरहेका छन् । गरिमा बढाउनको लागि अध्यक्षज्युले एउटा काम चाँही गर्नुपर्यो त्यो के भने जब सरकारले बजेट र कार्यक्रम प्रश्तुत गर्छ । त्यो बजेट र कार्यक्रम प्रतिनिधि सभाले पास गरिसकेपछि राष्ट्रिय सभामा छलफल गराउने होइन । यसले हाम्रो इज्जत गएको छ । सभामुख र प्रधानमन्त्रीसँग छलफल गरेर प्रतिनिभि सभामा छलफल गराइयो भने अलिकति भएपनि इज्जत बँच्थ्यो कि । दोस्रो कुरा, हामीले विकासको संवाहक बन्नको लागि कस्को आवश्यक्ता पर्ने यसमा सबैको ध्यानाकर्षण गराउन चाहन्छु । अनि, राष्ट्रिय सभाले सभाका सदस्यहरुलाई आफ्नो क्षेत्रमा मतदातालाई भेटाउने भन्ने विषयमा आफ्नो योजनामा राखेको रहेछ । सबैलाई एकै ठाउँमा राखेर दुई दिनको कार्यक्रम गरेर हामी मतदातसँग प्रभावकारी ढंगले अन्तरक्रिया गर्न सक्छौं भन्ने मलाई लाग्दैन । सांसदहरुले आफ्नो आफ्नो तरिकाले गएर मतदातासँग समन्वय गर्ने वातावरण बनाउनुपर्छ जस्तो मलाई लाग्छ ।’

अन्तरक्रिया कार्यक्रममा सांसदहरुले पर्याप्त कानून र विज्ञताको अभावले आफ्नो अधिकारको प्रयोग गर्न नपाएको बताएका छन् ।


प्रकाशित मिति: ९ पुष २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?