Trending
>>   भारत सरकारले बनाइदियो वैद्यनाथ देवनारायण जनता नमूना माध्यमिक विद्यालयको भवन >>   आठ खेलका १४ खेलाडीलाई छात्रवृत्ति >>   नेपाली महिला फुटबलमा उपाधि खडेरी तोड्ने एपिएफको लक्ष्य >>   एमाले केन्द्रिय कमिटी बैठक पुस २६, २७ र २८ गते बोलाइयो >>   एमाले राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली पार्टी होइनः ओली >>   १५ औं महाधिवेशनमा सहमहामन्त्री माग्छु, नदिए महामन्त्रीमा लड्छुः काँग्रेस नेता शर्मा >>   राज्यले निर्माण व्यवसायीमाथि आतंक बढायोः मुख्यमन्त्री बानियाँ >>   कुलमानले निर्माण व्यवसायीको मान मर्दन गरे : अध्यक्ष सिंह >>   जेन–जी आन्दोलनको रिपोर्टिङका क्रममा घाइते पत्रकारहरुको उपचार खर्च सरकारले व्यहोर्ने >>   पार्टी नेता, कार्यकर्तालाई ओलीको निर्देशनः आर्मीले मार्च गरेजस्तो ताल मिलाएर हिँड्नू
Logo
६ पुष २०८२, आईतवार
६ पुष २०८२, आईतवार

राष्ट्रिय सभाको गरिमा बढाउन जरुरी:सांसद पदमबहादुर परियार


काठमाडौँ। नेपाली काँग्रेसका सांसद पदमबहादुर परियारले राष्ट्रिय सभाको गरिमा बढाउन जरुरी रहेको बताए ।

उनले सरकारले बजेट तथा कार्यक्रम ल्याउँदा प्रतिनिधि सभाले पास नगरी राष्ट्रिय सभामा छलफल गराउनसके केही हदसम्म गरिमा बढ्ने बताए ।

उनले यसका लागि सभामुख र प्रधानमन्त्रीसँग आवश्यक छलफल गर्न राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालको ध्यानाकर्षण गराएका छन् । उनले राष्ट्रिय सभा सदस्यहरुलाई मतदातासँग अन्तरक्रिया गर्न सहज वातावरण मिलाउन जरुरी रहेको समेत बताएका छन् ।

उनले भने , ‘राष्ट्रिय सभाको गरिमा भएन भनेर जताततै टिप्पणीहरु भइरहेका छन् । गरिमा बढाउनको लागि अध्यक्षज्युले एउटा काम चाँही गर्नुपर्यो त्यो के भने जब सरकारले बजेट र कार्यक्रम प्रश्तुत गर्छ । त्यो बजेट र कार्यक्रम प्रतिनिधि सभाले पास गरिसकेपछि राष्ट्रिय सभामा छलफल गराउने होइन । यसले हाम्रो इज्जत गएको छ । सभामुख र प्रधानमन्त्रीसँग छलफल गरेर प्रतिनिभि सभामा छलफल गराइयो भने अलिकति भएपनि इज्जत बँच्थ्यो कि । दोस्रो कुरा, हामीले विकासको संवाहक बन्नको लागि कस्को आवश्यक्ता पर्ने यसमा सबैको ध्यानाकर्षण गराउन चाहन्छु । अनि, राष्ट्रिय सभाले सभाका सदस्यहरुलाई आफ्नो क्षेत्रमा मतदातालाई भेटाउने भन्ने विषयमा आफ्नो योजनामा राखेको रहेछ । सबैलाई एकै ठाउँमा राखेर दुई दिनको कार्यक्रम गरेर हामी मतदातसँग प्रभावकारी ढंगले अन्तरक्रिया गर्न सक्छौं भन्ने मलाई लाग्दैन । सांसदहरुले आफ्नो आफ्नो तरिकाले गएर मतदातासँग समन्वय गर्ने वातावरण बनाउनुपर्छ जस्तो मलाई लाग्छ ।’

अन्तरक्रिया कार्यक्रममा सांसदहरुले पर्याप्त कानून र विज्ञताको अभावले आफ्नो अधिकारको प्रयोग गर्न नपाएको बताएका छन् ।


प्रकाशित मिति: ९ पुष २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?