Trending
>>   ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ >>   उतारचढावमा बित्यो गत साता, आज सेयर बजार कता? >>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह
Logo
१२ आश्विन २०८३, सोमबार
१२ आश्विन २०८३, सोमबार

संविधानको कार्यान्वयनमा गम्भीर बनौँः अध्यक्ष दाहाल


काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संविधानमा गरिएका व्यवस्थालाई कार्यान्वयन गर्नुपर्ने ठाउँमा अपुग भएको भन्दै अन्य कुराहरु खोज्न भौंतारिन नहुने बताएका छन् ।

मंगलवार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताएका हुन् । उनले पहिला संविधानमा भएका विषयहरु कार्यान्वयन गर्नेकुरामा जोड दिन जरुरी रहेको बताएका छन् ।

उनले संविधानको कार्यान्वयनमा गम्भीर बन्न सुझाव दिएका छन् । उनले संविधान कार्यान्वयनका क्रममा आएका अफ्ठ्याराहरुको विकल्पमा जान सकिने बताएका छन् ।

अध्यक्ष दाहालले केही कानून बन्न नसक्दा संघीयता कार्यान्वयन गर्न कतै न कतै असहज भएको महशुस गरेको बताए । राष्ट्रिय सभाको समिति र सभाको बैठकमा गणपूरक संख्या नपुगेर बैठक स्थगित गर्न नपरेको बताएका छन् ।

उनले भने , ‘संविधानमा गरिएका व्यवस्थालाई कार्यान्वयन गर्नुको सट्टा अपुग भए भनेर अरु नै चिज खोज्न हामी भौंतारिएका छौँ । यो अलि गम्भीर विषय हो । पहिला संविधानमा भएका विषयहरु कार्यान्वयन गर्नेकुरामा हामी गम्भीर बन्नसकौँ । तिनलाई कार्यान्वयन गर्न जाँदा समस्या भयो भने अन्य विषय खोज्ने हो । भएका विषय कार्यान्वयन नगरीकन हामी अन्त भड्किन थाल्यौँ भने राम्रो हुँदैन । हामीले हाम्रा कार्यभार पूरा गर्न संविधानमा उल्लेख भएका कुराहरु कार्यान्वयन नभएको हुनाले प्रदेशबाट आएका विषयहरु त्यही छन् ।’

अध्यक्ष दाहालले प्राप्त उपलब्धिहरुको रक्षा र संप्रेषणहरु गर्न जरुरी रहेको बताए । उनले उपलब्धिहरुको संप्रेषण राम्रोसँग नहुँदा समस्याह पैदा भइरहेको जिकिर गरेका छन् ।


प्रकाशित मिति: ९ पुष २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?