Trending
>>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा >>   सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत, छिटो सक्न मन्त्री घिसिङको निर्देशन >>   अमेरिकी सेनाद्वारा भेनेजुएलाको तटमा दोस्रो तेल ट्याङ्कर कब्जा >>   प्रधानमन्त्री कार्की र लामिछानेबीच भेटवार्ता: निर्वाचनको सुनिश्चितता र ‘जेन-जी’ को माग सम्बोधन गर्न आग्रह >>   फागुन २१ मा निर्वाचन अनिवार्य, संवैधानिक राजसंस्थाले केही फरक पर्दैनः गगन थापा >>   जेन–जी पुस्ताका मागहरु सम्बोधन नभए निर्वाचन हुन दिँदैनौँः दुर्गा प्रसाईं >>   बङ्गलादेशमा हिन्दु युवकको कुटपिट गरी हत्या गरेर शव जलाएको घटनाविरुद्ध जनकपुरधाममा प्रदर्शन >>   योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

प्रशासनिक र राजनीतिक संघीयताको बहस नहुँदा प्रदेश र स्थानीय सरकार अलमलमा:सांसद शेर्पा


काठमाडौँ । कार्यक्रममा बोल्दै नेकपा (एमाले) का सांसद सोनाम गेल्जेन शेर्पाले प्रशासनिक र राजनीतिक संघीयताको विषयमा प्रयाप्त बहस हुन नसकेको बताए ।

उनले पछिल्लो समय वित्तीय संघीयतातिर मात्र बहस केन्दित भएको बताए । प्रशासनिक र राजनीतिक संघीयताको बहस नहुँदा प्रदेश र स्थानीय सरकार अलमलमा परेको उनले बताएका छन् ।

उनले काम गर्दै जाँदा आउने बेजुरुलाई फछ्र्यौट गर्ने मेकानिजम प्रदेश र स्थानीय सरकारले अझै नबुझेको बताए। उनले एउटै संरचनामा रहेपनि प्रदेशले गर्ने खर्चमा बेरुजु नदेखिनु र स्थानीय तहले गर्ने खर्चमा बेरुजु देखिनुले संघीयतामाथि प्रश्न खडा गरेको बताएका छन् ।

उनले भने , ‘पछिल्लो समय बहस वित्तीय संघीयतातिर केन्द्रित भएको देखिन्छ । स्थानीय तहमा होस् कि प्रदेश तहमा होस् हामीलाई बजेट आएन भन्नेतिर मात्र केन्द्रित भएको छ । राजनीतिक संघीयतामा पनि केही कुरा भएको छ । तर प्रशासनिक संघीयतातिर राम्रोसँग बहसहरु हुन सकेको छैन । त्यसकारण आफ्नो अधिकार क्षेत्र कसरि प्रयोग गर्ने ? भन्ने सवालमा प्रदेश र स्थानीय सरकार दुलमुल छ । बेरुजुको सवालमा पनि स्थानीय तह र प्रदेश सरकारलाई के चाहीँ छ भन्दाखेरि समिति बनाएर फ्छ्र्यौट गर्ने भन्ने मेकानिजम नै उहाँहरुले बुझ्नुभएको छैन । त्यसमा पनि जनप्रतिनिधिले गरेको खर्च बेरुजु र कर्मचारीले गरेको खर्च चाहीँ फछ्र्यौट भएको छ । यसले पनि केही न केही प्रश्नवाचक चिन्ह छ कि भन्ने देखिन्छ । एउटै संरचनामा खर्च गर्दा एउटा तहको सरकारमा खर्च गर्दा बेरुजु देखिँदैन । स्थानीय तहले उही संरचनामा खर्च गर्दा बेरुजु देखिन्छ । त्यसमा पनि हामीले अध्ययन विश्लेषण गर्न जरुरी छ ।’


प्रकाशित मिति: ९ पुष २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?