Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

संघीयताको सन्तुलित कार्यान्वयन नभएको:सांसद पूजा चौधरी


काठमाडौँ। कार्यक्रममा बोल्दै जनता समाजवादी पार्टी जसपा नेपालकी सांसद पूजा चौधरीले संघीयताको सन्तुलित कार्यान्वयन नभएको गुनासो गरेकी छिन् ।

उनले मधेस प्रदेश बजेट र व्यवहारमा सधैँ विभेदमा पर्ने गरेको बताईन् । उनले संघीयताले जनतालाई सुशासन र नैतिकताको अनुभुति नगराएको बताएकी छिन् ।

संघीयतासँगै भौगोलिक भेदभावका घट्ना समेत बढ्दै गएको भन्दै सुशासन र नैतिकताको विषयमा सबैले सोच्न जरुरी रहेको उनको भनाइ छ ।

उनले भनिन् ,‘हामी राष्ट्रिय गान गाउँदा ‘सयौं थुंगा फूलका हामी एउटै माला नेपाली भन्छौं’ तर मधेस प्रदेश सधैं विभेदमा पर्छ । सबैभन्दा बढी बढी जनसंख्या र मिश्रित समुदाय भएको प्रदेश पनि यही हो । चाहे त्यो बजेटको कुरा होस् चाहे व्यवहारको कुरा जहिले पनि मधेस प्रदेश विभेदमा पर्ने गरेको छ । एनपीएलको सन्दर्भ जोड्छु, धोति र टोपी त नेपालको सान होनि । तर संघीयताले सुशासन र नैतिकताको अनुभुति नभएको मलाई महसुस भइरहेको छ । संघीयता त हामीले ल्यायौं । तर सुशासन र नैतिकताको अनुुभुति दिएको छ त ?’


प्रकाशित मिति: ९ पुष २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?