Trending
>>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत >>   नेपाल सुरक्षित रहेको सन्देश फैलाउनसके धेरै पर्यटकीय बजार गुमाउनुपर्दैनः हान अध्यक्ष शाह >>   विपद् व्यवस्थापन कोषको नाम परिवर्तन गर्न र अधिकारसम्पन्न प्राधिकरण गठन गर्न सांसद खरेलको माग
Logo
१३ आश्विन २०८३, मंगलवार
१३ आश्विन २०८३, मंगलवार

संघीयताको सन्तुलित कार्यान्वयन नभएको:सांसद पूजा चौधरी


काठमाडौँ। कार्यक्रममा बोल्दै जनता समाजवादी पार्टी जसपा नेपालकी सांसद पूजा चौधरीले संघीयताको सन्तुलित कार्यान्वयन नभएको गुनासो गरेकी छिन् ।

उनले मधेस प्रदेश बजेट र व्यवहारमा सधैँ विभेदमा पर्ने गरेको बताईन् । उनले संघीयताले जनतालाई सुशासन र नैतिकताको अनुभुति नगराएको बताएकी छिन् ।

संघीयतासँगै भौगोलिक भेदभावका घट्ना समेत बढ्दै गएको भन्दै सुशासन र नैतिकताको विषयमा सबैले सोच्न जरुरी रहेको उनको भनाइ छ ।

उनले भनिन् ,‘हामी राष्ट्रिय गान गाउँदा ‘सयौं थुंगा फूलका हामी एउटै माला नेपाली भन्छौं’ तर मधेस प्रदेश सधैं विभेदमा पर्छ । सबैभन्दा बढी बढी जनसंख्या र मिश्रित समुदाय भएको प्रदेश पनि यही हो । चाहे त्यो बजेटको कुरा होस् चाहे व्यवहारको कुरा जहिले पनि मधेस प्रदेश विभेदमा पर्ने गरेको छ । एनपीएलको सन्दर्भ जोड्छु, धोति र टोपी त नेपालको सान होनि । तर संघीयताले सुशासन र नैतिकताको अनुभुति नभएको मलाई महसुस भइरहेको छ । संघीयता त हामीले ल्यायौं । तर सुशासन र नैतिकताको अनुुभुति दिएको छ त ?’


प्रकाशित मिति: ९ पुष २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?