Trending
>>   एसिडिटी के हो ? यस्ता छन् सजिलै निवारण गर्ने उपायहरु >>   रास्वपालाई अमेरिकाले चीन विरोधी शक्तिको रुपमा प्रयोग गर्छः राष्ट्रिय जनमोर्चा >>   मध्यपूर्वको तनावलाई अर्थ मन्त्रालयले कसरी हेरेको छ ? >>   हिम्मत भए प्रधानमन्त्रीको कार्यकक्षमा र संसद भवनमा ग्रेटर नेपालको नक्शा राख्न बालेनलाई चुनौती >>   सर्वोच्च अदालतको फैसला नआई काँग्रेसको नियमित महाधिवेशन हुन सक्दैनः देउवा पक्ष >>   नेपाली काँग्रेसको १५ औं महाधिवेशन आगामी भदौ २४ देखि २६ सम्म काठमाडौंमा हुने >>   हतार र हतास मनस्थितिमा आएर राजीनामा दिएको थिइनँः सभापति थापा >>   मुलुकमा सुशासन कायम तथा शासकीय सुधारका सन्दर्भमा सरकारसँग सहकार्य गर्छौंः सभापति थापा >>   राष्ट्रिय स्वतन्त्र पार्टीको उदय हुनुमा प्रवासी नेपालीको ठूलो भुमिका छ : सोमनाथ सापकोटा >>   नेपाली तयारी पोशाकलाई विश्व बजारमा पुर्‍याउन ‘ऊलमार्क’ सँग सहकार्य, उच्च मूल्यका उत्पादनमा जोड
Logo
१० चैत्र २०८२, मंगलवार
१० चैत्र २०८२, मंगलवार

प्रदेश सरकारसँग समेत राष्ट्रिय सभाको कडी टुटेको:सांसद रेणु चन्द


काठमाडौँ। राष्ट्रिय सभासँग प्रदेश र स्थानीय सरकारको सम्बन्धको कडी टुट्दै गएको सांसदहरुले टिप्पणी गरेका छन् ।

मंगलवार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै राष्ट्रिय सभाका सांसदहरुले यस्तो टिप्पणी गरेका हुन् । प्रतिनिधि सभाभन्दा जनताको बढी विश्वास राष्ट्रिय सभासँग रहेकोले प्रदेश र स्थानीय सरकारसँग राष्ट्रिय सभाले समन्वयकारी भुमिका खेल्न जरुरी रहेको बताएका छन् ।

कार्यक्रममा बोल्दै नेकपा (माओवादी केन्द्र) की सांसद रेणु चन्दले राष्ट्रिय सभाले गर्ने कामहरुको वर्णन कम हुने गरेको बताईन् । उनले सभाले गर्ने कामहरुको बारेमा जनता र निर्वाचन मण्डललाई जानकारी गराउन कार्ययोजना नै बनाउन जरुरी रहेको बताएकी छिन् ।

उनले प्रदेश सरकारसँग समेत राष्ट्रिय सभाको कडी टुटेको बताईन् । संसदीय समितिहरु निश्चित विषयको अध्ययन गर्न प्रदेशतिर गएको भएपनि यसले संघीयतालाई थप मजबुत बनाउन नसकेको उनको भनाइ छ ।

उनले भनिन् , ‘हामीले गरेका कामहरुको वर्णन एकदमै कम भइरहेको छ । हामीले मिडिया आएको बेला आफूले गरेका कामहरुबारे पनि आफ्नो छुट्टै च्याप्टर राख्न जरुरी छ । प्रतिनिधि सभाका आफ्नै दुःख छन् । प्रतिनिधि सभाभन्दा बढी विश्वास राष्ट्रिय सभासँग छ । त्यसकारण हामीले गर्ने कामका बारेमा जनता र निर्वाचन मण्डललाई जानकारी दिने विषयमा हामी गम्भिर रहने कुरा राख्न चाहन्छौं । प्रदेश सरकारसँग पनि हाम्रो कडि टुटेकै देखिन्छ । समितिहरु निश्चित विषयवस्तु लिएर गएको त देखिन्छ । तर आफ्नो निर्वाचन मण्डलसँग सभाको कडि जोड्ने विषयमा अध्यक्षज्यु र कर्मचारी साथिहरुले ध्यान दिनुहुनेछ । र सार्वजनिक सुनुवाई कुरामा समेत गम्भिर हुन आवश्यक छ ।’


प्रकाशित मिति: ९ पुष २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?