Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

प्रदेश सरकारसँग समेत राष्ट्रिय सभाको कडी टुटेको:सांसद रेणु चन्द


काठमाडौँ। राष्ट्रिय सभासँग प्रदेश र स्थानीय सरकारको सम्बन्धको कडी टुट्दै गएको सांसदहरुले टिप्पणी गरेका छन् ।

मंगलवार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै राष्ट्रिय सभाका सांसदहरुले यस्तो टिप्पणी गरेका हुन् । प्रतिनिधि सभाभन्दा जनताको बढी विश्वास राष्ट्रिय सभासँग रहेकोले प्रदेश र स्थानीय सरकारसँग राष्ट्रिय सभाले समन्वयकारी भुमिका खेल्न जरुरी रहेको बताएका छन् ।

कार्यक्रममा बोल्दै नेकपा (माओवादी केन्द्र) की सांसद रेणु चन्दले राष्ट्रिय सभाले गर्ने कामहरुको वर्णन कम हुने गरेको बताईन् । उनले सभाले गर्ने कामहरुको बारेमा जनता र निर्वाचन मण्डललाई जानकारी गराउन कार्ययोजना नै बनाउन जरुरी रहेको बताएकी छिन् ।

उनले प्रदेश सरकारसँग समेत राष्ट्रिय सभाको कडी टुटेको बताईन् । संसदीय समितिहरु निश्चित विषयको अध्ययन गर्न प्रदेशतिर गएको भएपनि यसले संघीयतालाई थप मजबुत बनाउन नसकेको उनको भनाइ छ ।

उनले भनिन् , ‘हामीले गरेका कामहरुको वर्णन एकदमै कम भइरहेको छ । हामीले मिडिया आएको बेला आफूले गरेका कामहरुबारे पनि आफ्नो छुट्टै च्याप्टर राख्न जरुरी छ । प्रतिनिधि सभाका आफ्नै दुःख छन् । प्रतिनिधि सभाभन्दा बढी विश्वास राष्ट्रिय सभासँग छ । त्यसकारण हामीले गर्ने कामका बारेमा जनता र निर्वाचन मण्डललाई जानकारी दिने विषयमा हामी गम्भिर रहने कुरा राख्न चाहन्छौं । प्रदेश सरकारसँग पनि हाम्रो कडि टुटेकै देखिन्छ । समितिहरु निश्चित विषयवस्तु लिएर गएको त देखिन्छ । तर आफ्नो निर्वाचन मण्डलसँग सभाको कडि जोड्ने विषयमा अध्यक्षज्यु र कर्मचारी साथिहरुले ध्यान दिनुहुनेछ । र सार्वजनिक सुनुवाई कुरामा समेत गम्भिर हुन आवश्यक छ ।’


प्रकाशित मिति: ९ पुष २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?