झापा । कोशी प्रदेशका किसानले विदेशी सुपारीका कारण स्वदेशी सुपारीले उचित मूल्य नपाएको गुनासो गरेका छन् । झापा, इलाम, मोरङ, उदयपुर र सुनसारी जिल्लाका सुपारी किसानले सरकारले निर्यातलाई भन्दा आयातलाई प्राथमिकतामा राखेकाले स्वदेशी सुपारीले उचित मूल्य नपाएको आज पत्रकार सम्मेलनमार्फत जानकारी गराएका हुन् । नेपालको सुपारी खेती किसान पहल समितिका
काठमाडौं । एसिसी उन्नाईस वर्षमुनि यू–१९ प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले साउदी अरेबियालाई ३०१ रनको फराकिलो अन्तरले पराजित गरेको छ । मलेसियाको युएसडी–युकेएम ओभल क्रिकेट मैदानमा भएको खेलमा नेपालले साउदी अरेबियालाई ३४८ रनको विशाल लक्ष्य दिएको थियो । जवाफमा साउदी अरब १९ दशमवल १ ओभरमा सबै विकेट गुमाउँदै ४६ रनमा
बेइजिङ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी विषयमा सहकार्य गर्न नेपाल र चिनियाँ अधिकारीबीच छलफल भएको छ । चीन भ्रमणमा रहेको नेपाली प्रतिनिधिमण्डल र चीनको आपत्कालीन व्यवस्थापनसम्बन्धी निकायका अधिकारीबीचको छलफलमा जोखिमका पूर्वानुमान गर्ने, खोज तथा उद्धार टोलीको क्षमता अभिवृद्धि गर्नेलगायत विषयमा कुराकानी भएको थियो । नेपाल र चिनियाँ अधिकारीबीच जोखिमको
काठमाडौं। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार यसपालीको दसैँमा मौसम सामान्यतया सफा रहने जनाएको छ । महाशाखाका मौसमविद् रोजन लामिछानेले दसैँमा मौसम सफा रहने बताएका छन् । महाशाखाले आज साँझ या भोलि शुक्रबार दसैँको विशेष बुलेटिन जारी गर्ने तयारी गरेको छ भने मौसमी अवस्थाबारे विज्ञहरुबीच छलफल भइरहेकाले
खोटाङ । साकेला गाउँपालिकाले दसैँको मुखमा सबै वडामा पुगेर बैङ्किङ प्रणालीमार्फत सामाजिक सुरक्षाभत्ता रकम वितरण गरेको छ । गाउँपालिकाले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकअन्तर्गत लक्षित वर्गले पाउने सो भत्ता प्रत्येक वडामै पुगेर वितरण गरिएकोे हो । नजिकिँदै गरेको चाडपर्वलाई लक्ष्य गरेर गाउँपालिकाले नेपाल एसबिआई बैङ्कसँगको सहकार्यमा छ स्थानमा भुक्तानी शिविर
ललितपुर । ललितपुरका खेतीयोग्य जमिनमा धान पहेंलै भएको छ । गत वर्षकोभन्दा यस वर्ष धान दसैँअघि नै भित्रयाउनुपर्ने भएकाले किसान खेतमा व्यस्त छन् । दसैँअघि नै धान भित्र्याउनु परेकाले किसानले कात्तिक सुरु हुनेबित्तिकै धान काट्न सुरु गरेका छन् । यस वर्ष पानी धेरै परेकाले गत वर्षकोभन्दा धान उत्पादनमा कमी आएको
काठमाडौं। त्रिकोणात्मक ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा हङकङले नेपाललाई जितका लागि ९५ रनको लक्ष्य दिएको छ । माथिल्लो मूलपानी क्रिकेट मैदानमा आज भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङ १९ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै ९४ रनमा समेटियो । हङकङका लागि यासिम मुर्ताजा सर्वाधिक ३६ बनाए । कुशल
महोत्तरी । प्रसिद्ध शक्तिपिठ सोनामाई मन्दिरमा तान्त्रिक मेला सुरु भएको छ । औरही नगरपालिका–७ भोइलस्थित सो मन्दिरमा नवरात्रको पाँचौँ दिन परम्पराअनुसार आज तान्त्रिक मेला सुरु भएको हो । स्थानीयबासी यसलाई ‘भूतमेला’ पनि भन्ने गर्दछन् । नवरात्रको पञ्चमीदेखि नवमी तिथिभर रहने यो मेलामा दुष्टात्माबाट सताइएका भक्तजनले देवीसँग कष्ट निवारणका लागि पुकार्छन्
बेदकोट,कञ्चनपुर । ठूला चाडबाड सुरु भएसँगै कञ्चनपुरका साना ठूला बजारमा चहलपहल बढिरहेको छ । पछिल्लो केही दिनयता बजार क्षेत्रमा किनमेल गर्नेको भीड लाग्ने गरेको छ । अन्य समयको तुलनामा चाडबाडमा किनमेल गर्नेको सङ्ख्या बढी हुनाले व्यापार राम्रो हुने गरेको महेन्द्रनगरका व्यापारी दुर्गादत्त भट्टले बताएका छन् । चाडबाडको समय सुरु भएकाले
काठमाडौं । आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेर रेकर्ड कायम गरेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा एक लाख १३ हजार ७ सय रुपैयाँ कायम भएको छ । यस्तै, तेजावी सुनको मूल्य एक लाख १३ हजार १५० रुपैयाँ कायम हुँदा चाँदीको मूल्य तोलामा १५ रुपैयाँले