Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
२९ मंसिर २०८२, सोमबार
२९ मंसिर २०८२, सोमबार

एकीकृत जनस्वास्थ्य अभियान सञ्चालन


कालिकोट। कालीकोटको पचालझरना गाउँपालिमा सञ्चालन गरिएको एकीकृत जनस्वास्थ्य अभियान तथा विषेशज्ञ स्वास्थ्य शिविरबाट नौ सय ७० ले सेवा लिएका छन् ।

त्यस्तै, स्वास्थ्य सेवा कार्यालय कालीकोटको आयोजना तथा पचालझरना गाउँपालिकाको समन्वय सञ्चालन भएको दुई दिने (सोमबार र मङ्गलबार) निःशुल्क शिविरबाट नौ सय ७० ले सेवा लिएका हुन् भने सेवा लिनेमा छ सय ८५ महिला र दुई सय ८५ पुरुष रहेका छन् । आँखा उपचार सेवा लिनेमा तीन सय २३, स्वास्थ परीक्षण तथा उपचार सेवा लिनेमा चार सय ८४ जना रहेका जिल्ला जनस्वास्थ्य सेवा कार्यालयका प्रमुख कटकबहादुर महतले जानकारी दिए ।

उनका अनुसार दन्तरोग तथा मुख स्वास्थ्य सेवा लिनेमा ९२, क्षयरोगको नमुना सङ्कलन गरिनेमा ७०, तथा स्त्री तथा प्रसूति रोग सेवा लिनेमा दुई सय ३३ रहेका छन् । “नौ जनामा रिङ पेसरी राखेको, ३६ मा भिएलए टेष्ट, प्रयोगशाला सेवा लिनेमा दुई १० छन्”, उनले भने, “भिडियो एक्स–रे दुई सय ८८ ले लिएका छन् ।” प्रमुख महतले १० जना पुरुष बध्याकरण गरिएको, एक महिलाको सामान्य शल्यक्रिया गरिएको, १४ ज्येष्ठ नागरिकलाई वालक्किङ उपचारविधि गरिएको जानकारी दिए ।

उनका अनुसार शिविरमा निःशुल्क औषधि वितरण, मनोसामाजिक परामर्श सेवा, कुष्ठरोगको नमुना सङ्कलन र इसिजी सेवा दिइएको थियो भने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, जिल्ला अस्पताल कालिकोट तथा जिल्ला आँखा उपचार केन्द्र कालीकोटको टोलीले सेवा दिएको थियो ।


प्रकाशित मिति: १३ मंसिर २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?