Trending
>>   नेताहरु केन्द्रीय कमिटी बाहिर रहने अवस्था आउने कुराले चिन्तित छुः गगन थापा >>   काँग्रेस महामन्त्रीमा उदयशमशेर राणाको उम्मेदवारी >>   काँग्रेसको १५ औँ महाधिवेशनः सभापति पदका लागि गगन थापाद्वारा उम्मेदवारी दर्ता >>   काँग्रेसको महिलातर्फको उपसभापतिमा पुष्पा भुषालको उम्मेदवारी >>   काँग्रेस सभापतिमा उम्मेदवारी दिँदै राठौरले भने–पार्टी ठिक ढंगले चलेको छैन, अनुशासित र मर्यादित बनाउँछु >>   चिरीबाबुले दिए काँग्रेस केन्द्रिय सदस्यमा उम्मेद्वारी >>   महामन्त्रीको उम्मेद्वारी दिँदै महालक्ष्मी उपाध्यायले भनिन्, ‘पार्टीभित्र महिलाहरुको अर्थपूर्ण सहभागिता हुन सकेको छैन’ >>   संसदीय सुनुवाई समितिले राजदुतहरूको सुनुवाई दशैँअघि नै गर्ने >>   तातोपानी नाका खोल्न चीनसँग निरन्तर संवाद भइरहेको छः मन्त्री लम्साल >>   दक्षिण एशियाको आर्थिक वृद्धि ६.९ प्रतिशत पुग्ने विश्व बैंकको अनुमान
Logo
२१ आश्विन २०८३, बुधबार
२१ आश्विन २०८३, बुधबार

एकीकृत जनस्वास्थ्य अभियान सञ्चालन


कालिकोट। कालीकोटको पचालझरना गाउँपालिमा सञ्चालन गरिएको एकीकृत जनस्वास्थ्य अभियान तथा विषेशज्ञ स्वास्थ्य शिविरबाट नौ सय ७० ले सेवा लिएका छन् ।

त्यस्तै, स्वास्थ्य सेवा कार्यालय कालीकोटको आयोजना तथा पचालझरना गाउँपालिकाको समन्वय सञ्चालन भएको दुई दिने (सोमबार र मङ्गलबार) निःशुल्क शिविरबाट नौ सय ७० ले सेवा लिएका हुन् भने सेवा लिनेमा छ सय ८५ महिला र दुई सय ८५ पुरुष रहेका छन् । आँखा उपचार सेवा लिनेमा तीन सय २३, स्वास्थ परीक्षण तथा उपचार सेवा लिनेमा चार सय ८४ जना रहेका जिल्ला जनस्वास्थ्य सेवा कार्यालयका प्रमुख कटकबहादुर महतले जानकारी दिए ।

उनका अनुसार दन्तरोग तथा मुख स्वास्थ्य सेवा लिनेमा ९२, क्षयरोगको नमुना सङ्कलन गरिनेमा ७०, तथा स्त्री तथा प्रसूति रोग सेवा लिनेमा दुई सय ३३ रहेका छन् । “नौ जनामा रिङ पेसरी राखेको, ३६ मा भिएलए टेष्ट, प्रयोगशाला सेवा लिनेमा दुई १० छन्”, उनले भने, “भिडियो एक्स–रे दुई सय ८८ ले लिएका छन् ।” प्रमुख महतले १० जना पुरुष बध्याकरण गरिएको, एक महिलाको सामान्य शल्यक्रिया गरिएको, १४ ज्येष्ठ नागरिकलाई वालक्किङ उपचारविधि गरिएको जानकारी दिए ।

उनका अनुसार शिविरमा निःशुल्क औषधि वितरण, मनोसामाजिक परामर्श सेवा, कुष्ठरोगको नमुना सङ्कलन र इसिजी सेवा दिइएको थियो भने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, जिल्ला अस्पताल कालिकोट तथा जिल्ला आँखा उपचार केन्द्र कालीकोटको टोलीले सेवा दिएको थियो ।


प्रकाशित मिति: १३ मंसिर २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?