Trending
>>   सुनसरीमा ५९ मतदान स्थल अति संवेदनशीलः खुला सीमा र सद्भाव बनाई राख्नु प्रमुख सुरक्षा चुनौति >>   निर्माण व्यवसायीलाई ‘रुखमा बाँध्ने’ बालेनको अभिव्यक्तिप्रति महासंघको आपत्तिः माफी माग्न आग्रह >>   बालेनलक्षित ओलीको कटाक्षः बच्चाबच्चीलाई सोध्यो भनेपनि प्रधानमन्त्री बनिदिन्छु भन्नसक्छ >>   स्थानीय जनप्रतिनिधिले निर्वाचनमा प्रसारप्रसार गर्न पाइँदैनः सूचना अधिकारी घिमिरे >>   घण्टी बजाउँदै प्रचार गर्न नपाइने: निर्वाचन आयोगको स्पष्ट आदेश >>   नेपाल पर्यटन बोर्ड ऐन संशोधन गरिने >>   समाजिक सुरक्षा कोषमा १ खर्ब २ अर्ब जम्मा, कहाँ भइरहेको छ लगानी ? >>   पूर्वराजाबाट नभई राष्ट्रिय स्वतन्त्र पार्टीबाट लोकतन्त्र खतरामा छः एमाले >>   ‘बनेको बाटोमा हिँड्ने भन्दा पनि नयाँ बाटो खन्ने मान्छे हुँ’: अध्यक्ष ओली >>   ‘सही कुराका लागि मात्रै मेरो जिद्दी हो’: एमाले अध्यक्ष ओली
Logo
११ फाल्गुन २०८२, सोमबार
११ फाल्गुन २०८२, सोमबार

छ थान नक्कली नोटसहित एकजना पक्राउ


१३ ,मङ्सिर ,काठमाडौँ । काठमाडौँ महानगरपालिका–३१ शङ्खमुलबाट एक हजार दरको नोट पाँच थान र पाँच सय दरको नोट एक थान गरी जम्मा छ थान नक्कली जस्तो देखिने नोटसहित एकजना पक्राउ परेका छन् ।

धादिङ गजुरी गाउँपालिका–४ घर भई काठमाडौँ शङ्खमुल बस्ने २३ वर्षीय सन्तोष चेपाङलाई मङ्गलबार राति प्रहरीले पक्राउ गरेको छ ।

शङ्खमूलस्थित खाजा घरमा नक्कली जस्तो देखिने नोट बोकेको मानिस रहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरीले चेपाङलाई तलासी गर्दा उनको साथबाट उक्त नोट फेला पारी पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मिति: १३ मंसिर २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?