Trending
>>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता
Logo
१३ माघ २०८२, मंगलवार
१३ माघ २०८२, मंगलवार

कुटपिटबाट एकको मृत्यु, सात जना प्रहरी नियन्त्रणमा


सुदूरपश्चिम। कैलालीको लम्कीचुहा नगरपालिका–९ घोराघाट गाउँमा भएको विवाह समारोहमा अपरिचित व्यक्तिको कुटपिटबाट घाइते भएका २६ वर्षीय मोहन अधिकारीको आज मृत्यु भएको छ ।

घोराघाट बस्ने डिल्ली कोइरालाको बिवाहमा सहभागी भएका घोडाघोडी नगरपालिका–२ का अधिकारी गएराति अपरिचित व्यक्तिको कुटपिटबाट गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता कुलदीप चन्दले बताए । उपचारका लागि टीकापुर अस्पताल पुर्‍याइएका अधिकारीलाई चिकित्सकले मृत घोषणा गरेका थिए । यसअघि घटनालगत्तै बेहोस अवस्थाका अधिकारीलाई उपचारका लागि लम्की चुहाको लालरत्न अस्पताल र त्यसपछि कोहलपुरको मेडिकल कलेज पुर्‍याइएको थियो ।

त्यस्तै, कुटपिटको घटनामा संलग्न भएको आशङ्कामा प्रहरीले लम्कीचुहाका विवेक भुल, विशाल भुल, सन्तोष परियार, गणेश भुल, पिन्टु चौधरी, दिलबहादुर चौधरी र पुरन सार्की सहित सातजनालाई नियन्त्रणमा लिएको छ ।


प्रकाशित मिति: १३ मंसिर २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?