Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

जसपाले तीन महिने अभियानलाई निरन्तरता दिने


काठमाडौं। जनता समाजवादी पार्टी, (जसपा) नेपालले पार्टीको तीन महिने अभियानलाई निरन्तरता दिने भएको छ । उक्त अभियान गत कात्तिकमा सकिए पनि त्यसलाई पुनः निरन्तरता दिने भएको हो ।

औपचारिक रुपमा अभियानको समय नथपिए पनि अनौपचारिक रुपमा अभियानलाई निरन्तरता दिइने पार्टीका केन्द्रीय प्रचारप्रसार तथा प्रकासन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । उनले भने, “पार्टी अध्यक्ष उपेन्द्र यादव काठमाडौं बाहिर रहेकाले बैठक तय भएको छैन । उनी काठमाडौं फर्केपछि बैठक बसेर अभियानको म्याद थपिने छ ।” विधान अधिवेशनबाट नयाँ विधान ल्याइसकेपछि सोहीअनुसार पार्टी पुनःगठन गर्न जसपाले तीन महिने अभियान सञ्चालन गरेको थियो ।

उक्त अभियानबाट प्रदेश र राष्ट्रिय समिति तथा केही जिल्ला र पालिका समिति पुनःगठन गरेको केन्द्रीय प्रचार-प्रसार तथा प्रकासन विभाग प्रमुख बस्नेतले बताए । उनका अनुसार मधेश प्रदेशबाहेक अन्य छ वटै प्रदेश समिति र राष्ट्रिय समिति पुनःगठन भइसकेका छन् ।

त्यस्तै, कार्यकारिणी समितिको बैठक बसेर अभियानको म्याद थपेपछि सङगठनको गठन तथा पुनःगठनलाई थप तीव्रता दिइने पार्टीले जनाएको छ ।


प्रकाशित मिति: १३ मंसिर २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?