Trending
>>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की >>   मदन पुरस्कार र जगदम्बा–श्री पुरस्कार प्रदान >>   पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो, यसमा धेरै लफडा गरिराख्न पर्दैनः अध्यक्ष ओली >>   मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ >>   दशैँघरमा जमरा राखियो >>   गलौँदीमा भासिएको सडक आजबाट खुलाउने तयारी
Logo
२७ आश्विन २०८३, मंगलवार
२७ आश्विन २०८३, मंगलवार

स्तनपान कक्षले महिला कर्मचारीलाई सहज


रामपुर,पाल्पा। रामपुर नगरपालिकाभित्र रहेको स्तनपान कक्ष प्रभावकारी बनेको छ । यहाँका महिला कर्मचारी र सेवाग्राहीको सहजताका लागि कार्यालयभित्र स्तनपान कक्ष राखिएको छ ।

त्यस्तै, स्तनपान कक्षको सुविधा भएसँगै बच्चालाई कार्यालयमा नै ल्याएर स्तनपान गराउन धेरै सजिलो भएको पञ्जीकरण शाखाका फिल्ड सहायक सिम्पल रानाले बताइन् । “कार्यालयभित्र स्तनपान कक्षको व्यवस्था भएपछि बच्चालाई साथमा ल्याउने गरेको छु”, उनले भनिन्, “काममा व्यस्त हुँदा स्तनपान कक्षमा सुताउन मिल्छ । बच्चालाई खेल्ने वातावरण मिलेको छ भने समयसमयमा स्तनपान गराउन पाइएको छ ।”

सानो बच्चा घरमा छाडेर कार्यालयमा आउँदा मन शान्त नहुने भन्दै आफैँसँग हुँदा मन ढुक्क हुने रानाको भनाइ थियो । स्तनपान कक्षको सुविधा भएपछि उनले चौध महिनाको छोरी कार्यालयमा नै लिएर आउने गरेको बताइन् । त्यस्तै, खुल्ला ठाउँमा बसेर बच्चालाई स्तनपान गराउन आमालाई निकै समस्या हुने, बच्चाले दूध खान नमान्ने, कार्यालयको काममा नियमित खटिरहनुपर्दा सेवाग्राहीको अगाडि बसेर स्तनपान गराउन अप्ठ्यारो हुनेलगायत समस्या रहेकामा स्तनपान कक्ष स्थापना भएपछि आमा र बच्चा दुवैलाई प्रभावकारी भएको महिला तथा बालबालिका शाखा प्रमुख पूजा परियारले बताइन ।

यहाँ सञ्चालित स्तनपान कक्ष महिला कर्मचारी तथा सेवाग्राही महिलाले उपयोग गर्न पाउँदा सन्तुष्ट छन् । कर्मचारी तथा सेवाग्राहीको सहजताका लागि पालिकाको पहिलो तलास्थित महिला तथा बालबालिका शाखा कार्यालयभित्र व्यवस्थित रुपमा कक्ष निर्माण गरी प्रयोगमा ल्याइएको नगर उपप्रमुख बालकुमारी थापा बताएकि छिन् । उनका अनुसार साउन पहिलो हप्तादेखि स्तनपान कक्ष सञ्चालनमा ल्याइएको हो । तीन वर्षअघि रामपुर नगरपालिकाले कार्यालय अगाडि सानो ट्याङ्कीमा स्तनपान कक्षको शुभारम्भ गरेको थियो भने टिनको छानोमुनी रहेको ट्याङ्कीमा कक्ष सञ्चालन गरिए पनि गर्मीयाममा यहाँ बसेर स्तनपान गराउन समस्या थियो ।

कार्यालयमा स्तनपान गराउने स्थान नभएका कारण बच्चालाई घरमै छाड्नुपर्ने बाध्यता धेरै महिला कर्मचारीको रहेको छ । त्यस्तै, स्तनपान गर्नु गराउनु आमा र बच्चाको अधिकार भए पनि अधिकांश कार्यालयमा स्तनपान कक्ष नहुँदा महिला कर्मचारीलाई समस्या छ भने बच्चाको स्वास्थ्य र जीवनरक्षाका लागि सबैभन्दा प्रभावकारी तरिका स्तनपान रहे पनि कामकाजी महिलाले आफ्ना बच्चालाई यो अधिकारबाट वञ्चित गराउनु पर्ने अवस्था रहेको छ ।

बालबालिकाको शारीरिक विकासका लागि आवश्यक पर्ने पौष्टिकतत्व आमाको दूधबाट मात्र पाइने हुँदा समय समयमा स्तनपान गराउनु अति आवश्यक छ ।


प्रकाशित मिति: १३ मंसिर २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?