११ जेठ, हेटाैँडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम यही जेठ १४ गते प्रस्तुत गर्ने भएको छ । प्रदेशसभाको आजको बैठकमा सभामुख भुवनकुमार पाठकले नीति तथा कार्यक्रम प्रदेश सरकारको तर्फबाट प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रस्तुत गर्नुहुने जानकारी दिए । सभामुख पाठकले उक्त दिन प्रदेशसभाका सदस्यलाई
११ जेठ, काठमाडाैँ । ‘सहज च्यालेन्ज फण्ड–तेस्रो’ अन्तर्गत नविनतम ब्रान्डिङ/प्याकेजिङ/वितरण प्रणाली सम्बन्धी सेवा प्रदान गर्ने सेवा प्रदायकलाई आवेदनका लागि आह्वान गरिएको छ । सहज च्यालेन्ज फन्डले आज पत्रकार सम्मेलन गरी तेस्रो चरणको औपचारिक शुभारम्भ गरिएको जानकारी दिएको हो । कार्यक्रममा स्वीस कन्ट्याक्टका तर्फबाट नेपाल कृषि बजार विकास कार्यक्रम (एनएएमडीपी) का समूह
११ जेठ, चितवन । विस्तारको काम सुरु भएको पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायगढ सडकको पूर्वी खण्डमा ३५ प्रतिशत काम सकिएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा पर्ने पूर्वी खण्डमा प्रतिमहिना तीन प्रतिशतभन्दा बढी प्रगति आउने गरी काम भइरहेको हो । नारायणगढ–बुटवल सडक योजना पूर्वी खण्डका सूचना अधिकारी इञ्जिनियर धीरज ढकालका अनुसार पछिल्लो समय सडकमा
११ जेठ, राैतहट । देवाही गोनाही नगरपालिका-१ करुनियामा एक ज्येष्ठ नागरिकको गोली हानी हत्या गरिएको छ । पछाडिबाट गोली हानी ७० वर्षीय शेख तैयबको हत्या गरिएको अवस्थामा आज बिहान शव फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । बुधबार राति १२ बजेसम्म घरमै रहेका तैयब कसरी बाहिर गएको वा कसले
११ जेठ, जुम्ला । जुम्लास्थित कर्णाली प्राविधिक शिक्षालयको भवन लामो समयदेखि मर्मत सम्भार हुन नसक्दा जीर्ण बनेको छ । करिब आधा शताब्दी अघि निर्मित भौतिक संरचना जीर्ण बन्दै गएपछि यहाँका शिक्षक तथा विद्यार्थी जोखिममा छन् । प्राविधिक जनशक्ति उत्पादनको ‘हब’ मानिँदै आएको उक्त शिक्षालयको भौतिक संरचना विद्यार्थी सङ्ख्या अनुसार भरपर्दो
११ जेठ, ताप्लेजुङ । ताप्लेजुङमा भएको सवारी दुर्घटनामा परी पाँच वर्षीय बालकको मृत्यु भएको छ । आज बिहान भएको मे १ च ७३५३ नं को स्कर्पियो दुर्घटनामा परी फुङलिङ नगरपालिका–६ का सागर गुरुङका पाँच वर्षीय छोरा अंशुमन गुरुङको मृत्यु भएको ताप्लेजुङ प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक राजन गुरुङले जानकारी
११ जेठ, चितवन । भूमिहीनलाई जग्गा वितरणका क्रममा देखिएका कानुनी अड्चन फुकाउन राष्ट्रिय भूमि आयोग जिल्ला समितिले प्रधानमन्त्री कार्यालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र राष्ट्रिय भूमि आयोगको ध्यानाकर्षण गराएको छ । कानुनी अड्चन फुकाउन नसकिएमा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीले दिएका निवेदनअनुरुप सुनुवाइ गर्न कठिन
११ जेठ, मनाङ। प्रि–मनसुन सुरुआत भएसँगै पश्चिमी वायुको प्रभावका कारण हिमाली जिल्ला मनाङको सडक सञ्जाल टुट्दै गएको छ । छिमेकी जिल्ला लमजुङमा दैनिक वर्षा भइरहेको छ भने मनाङमा सुक्खा पहिरो खस्न थालेको छ । डुम्रे–बेँसीसहर–चामे सडकअन्तर्गत नासो गाउँपालिका–१ सिरानतालमा सुक्खा पहिरो खसेको छ । सुक्खा पहिराका कारण सडक अवरुद्ध भएको
११ जेठ, हुम्ला । पाँच महिनादेखि अवरुद्ध भएको हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–५ मा पर्ने नारा लेख सडकखण्ड सञ्चालनमा आएको छ । गत पुसको भारी हिमपातले अवरुद्ध भएको उक्त सडकखण्ड केही दिनअघिदेखि सञ्चालन भएको हो । डोजरले नौ दिन लगाएर हिउँ, पहिरो पन्छाएपछि सिमकोट–हिल्सा सडक सञ्चालन आएको हो । नाम्खा–५ को यारीमा
११ जेठ, ललितपुर । निर्माण सुरु भएको लामो समय भइसक्दासमेत सम्पन्न नभएको ललितपुरको नख्खु-भैँसेपाटी सडक यही जेठभित्र सम्पन्न हुने भएको छ । नख्खु सडकमा दुई महिनायता केही प्रगति भइरहेको देख्न सकिन्छ । सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले अहिलेको कामको गति हेर्दा मुख्य सडकमा सम्पन्न हुन लामो समय नलाग्ने देखिएको बताए ।