Trending
>>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद >>   चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए >>   राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो >>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
Logo
४ चैत्र २०८२, बुधबार
४ चैत्र २०८२, बुधबार

गण्डकीमा ३३ अर्ब ४२ करोडको बजेट


१ असार ,गण्डकी । गण्डकी प्रदेश सरकारले आगामी आव २०८०/८१ का लागि रु ३३ अर्ब ४२ करोड ७२ लाखको बजेट सार्वजनिक गरेको छ ।

शुक्रबारको प्रदेशसभा बैठकमा प्रदेश सरकारका आर्थिक मामिलामन्त्री जीतप्रकाश आले मगरले बजेट प्रस्तुत गर्नुभएको हो । चालुतर्फ रु १२ अर्ब ७३ करोड ६७ लाख ३८ हजार र पूँजीगततर्फ रु २० अर्ब १९ करोड चार लाख ६२ हजार विनियोजन गरिएको छ ।

पूँजीगततर्फ कूल बजेटको ६० दशमलव चार र चालुतर्फ ३८ दशमलव एक प्रतिशत बजेट विनियोजन भएको हो । वित्तीय व्यवस्थातर्फ रु ५० करोड विनियोजन गरिएको मन्त्री मगरले जानकारी दिए ।

बजेटको स्रोततर्फ सङ्घ सरकारबाट वित्तीय समानीकरण अनुदानबाट रु सात अर्ब ६२ करोड २५ लाख, राजस्व बाँडफाँटबाट रु नौ अर्ब पाँच करोड ३२ लाख, रोयल्टी बाँडफाँटबाट रु ४० करोड आठ लाख १६ हजार, सःशर्त अनुदानतर्फ रु चार अर्ब ९४ करोड १५ लाख, समपूरक अनुदानतर्फ रु ८४ करोड र विशेष अनुदानतर्फ रु ७० करोड प्राप्त हुने अनुमान गरिएको छ ।

प्रदेशको राजस्व परिचालनबाट आन्तरिक राजस्व रु पाँच अर्ब १६ करोड ९१ लख ८४ हजार प्राप्त हुने अनुमान गरिएको मन्त्री मगरले उल्लेख गरे । चालु आवको वार्षिक कार्यक्रम कार्यान्वयनपछि रु तीन अर्ब नगद मौज्दात बचत हुने र रु एक अर्ब ७० करोड आन्तरिक ऋण उठाउने जनाइएको छ ।

चालु आवमा रु ३५ अर्ब ९० करोड ९० लाखको बजेट ल्याइएकामा आन्तरिक स्रोत र सङ्घ सरकारले दिने अनुदान खुम्चिएका कारण आगामी आवको बजेटको आकार घटेको हो । बजेटमा कृषि, स्वास्थ्य, शिक्षा, पर्यटन, ऊर्जा, पूर्वाधार विकासलगायत क्षेत्रलाई प्राथमिकता दिइएको छ ।


प्रकाशित मिति: १ असार २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?