Trending
>>   राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेतामा बालेन्द्र साह चयन >>   एमाले वैचारिक रूपमा बिग्रेको छैन, सांगठनिक कमजोरी मात्र होः अध्यक्ष ओली >>   जेन–जी आन्दोलनको प्रतिवेदन प्रथम दृष्टिमै अपूर्ण र अधुरोः काँग्रेस >>   जाँदा जाँदै गृहमन्त्री अर्यालले भनेः ‘संविधान सही बाटोमा फर्कियो’ >>   प्रश्न गरेर सरकारलाई सहयोग गर्छौंः हर्कराज राई >>   काठमाडौं महानगर र त्रिवि कानून संकायबीच कानून तर्जुमा र परिमार्जनमा सहकार्य गर्ने समझदारी >>   नवनिर्वाचित सांसदहरुले लिए पद तथा गोपनीयताको शपथ >>   कानून मन्त्रालयमा फाईल अड्किने गरेको गुनासो छ, कार्यतालिका बनाएर काम गर्नूस्ः मन्त्री सिन्हा >>   डिजिटलाइजेशनमार्फत संस्थागत सुदृढीकरणलाई प्राथमिकतामा राख्छौँः रास्वपा सांसद झा >>   बलियो अर्थतन्त्र निर्माण र गरिबी निवारणका विषयमा संसदमा प्रभावकारी भुमिका खेल्छौँः एमाले सांसद थेवे
Logo
१३ चैत्र २०८२, शुक्रबार
१३ चैत्र २०८२, शुक्रबार

कोप २९ विश्वव्यापी जलवायु सम्झौता प्याकेजमा पुग्यो


काठमाडौँ । संयुक्त राष्ट्रसङ्घीय फ्रेमवर्क कन्भेन्सन (कोप २९) का पक्षहरूको सम्मेलनको २९ औँ सत्रमा आईतवार जलवायु परिवर्तनसम्बन्धी सम्झौताको प्याकेजमा हस्ताक्षर भएका छन् ।

पेरिस सम्झौताको धारा ६ अन्तर्गत जलवायु वित्त पोषण र विश्वव्यापी कार्बन बजार संयन्त्रसँग सम्बन्धित मुद्दाहरूको लागि नयाँ सामूहिक क्वान्टिफाइड लक्ष्यमा निर्णयहरू समावेश छन् । सम्झौताहरूले २०२५ पछिको जलवायु वित्त लक्ष्यहरू तय गरेका छन् । जसमा विकसित देशहरूबाट कम्तिमा ३०० बिलियन अमेरिकी डलरको वार्षिक कोष र विकासोन्मुख देशहरूको जलवायु कार्यहरूलाई समर्थन गर्न २०३५ सम्ममा प्रतिवर्ष कम्तिमा १.३ ट्रिलियन डलरको फराकिलो जलवायु वित्तिय लक्ष्य समावेश छ । यस व्यवस्थाले विकासोन्मुख देशहरूलाई जलवायु कार्य सञ्चालन गर्न र अर्को वर्ष राष्ट्रिय स्तरमा निर्धारण गरिएको योगदानको नयाँ चरण पेश गर्नको लागि आधार तयार पार्ने अपेक्षा गरिएको छ ।

पेरिस सम्झौताको धारा ६ अन्तर्गत अन्तर्राष्ट्रिय कार्बन बजार संयन्त्रमा सहमतिमा पुग्न, लगभग २०० पक्षहरूले बहुपक्षीय वार्तामा वर्षौंको गतिरोध तोडेको छ भने यसले धारा ६ अन्तर्गत बजार संयन्त्रको लागि कार्यान्वयन नियमहरू पूरा भएको र पेरिस सम्झौता भित्रको अन्तिम पेन्डिङ मुद्दालाई समाधान गरेको छ ।


प्रकाशित मिति: १० मंसिर २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?